काठमाडौंमा चौथो बास्केटबल ल्होछार कप हुने बौद्ध स्थित बज्रबल क्याफेमा एक कार्यक्रमको आयोजना गरि खेलतालिका सहित सार्वजनिक गरिएको छ।
उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका संयोजक सञ्जय लामा,ल्होछार कपका आयोजक , सहभागी टिमकाप्रतिनिधिहरु,खेलप्रेमी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
बौद्ध युथ फाउण्डेसनको आयोजना रहेको चौथो ल्होछार कप बास्केटबल प्रतियोगिता सिमल्टार स्थित डंकमाण्डुमा माघ १२ गते श्रीपञ्चमी अर्थात सरस्वती पूजाको शुभ दिनमा उद्घाटन गरिने छ।
करिब एक साता सम्म चल्ने प्रतियोगितामा कुल १४ वटा टिमले सहभागिता जनाएका छन।प्रतियोगितामा ल्होछारलाई विशेष रुपमा मनाउने समुदायका खेलाडीहरुबाट मात्र प्रतिनिधित्व गरिएको छ।
प्रतियोगितामा बिजेताले नगद रु. १ लाख र उपविजेताले ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक फुर्वा लामाले मुग्लानी खबरलाई जानकारी गराएका छन।