काठमाडौं, गोकर्णेश्वर नगरपालिकाबाट प्रतिनिधित्व गर्दै बंगलादेशमा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पियनशिप -२०२३ मा सहभागी हुने खेलाडीहरुलाई जितको अग्रिम शुभकामना सहित मंगलबार बिदाई गरिएको छ।
गोकर्णेश्वर नगरपालिका वडा नं ५ को कार्यालय जोरपाटीमा नगर प्रमुख दिपक कुमार रिसाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा , समाज सेवी शम्भु अधिकारी फुर्साङ लामा लगायतको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरिएको थियो।
अन्तर्राष्ट्रिय खुल्ला कराँते च्याम्पियनशिप -२०२३ मा गोकर्णेश्वर नगरपालिकाको तोयाकान नेपाल बादोरियो कराँते डो संघ बाट सहभागी हुने खेलाडीहरुलाई जितको अग्रिम शुभकामना सहित बिदाइ गरिएको हो। गोकर्णेश्वर नगरपालिकाबाट ५ जना अफिसियल सहित १२ जना खेलाडीहरुले उक्त प्रतियोगितामा प्रतिनिधित्व गरेका छन।बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रिसालले खेलाडीहरुलाई उच्च मनोबलका साथ प्रतियोगितामा उत्कृष्ट र रचनात्मक प्रस्तुति दिई विजयी हासिल गर्नेमा बिश्वस्त रहेको बताएका थिए।जितको अग्रिम शुभकामना दिदै बिदाई गरेका थिए।