काठमाडौं, पौष १९ । गोकर्णेश्वर नगरपालिकामा प्रथम मेयर कप नगर स्तरीय रनिंङ शिल्ड फ़ुटसल प्रतियोगिता हुने भएको छ । गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिकोआयोजना तथा उर्जावान युवा क्लब गोकर्णेश्वर ८को संयोजकत्वमा पौष २५ गते देखि गोकर्णेश्वर फुटसल तथा फिटनेस क्लबमा हुने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो। उर्जावान युवा क्लब गोकर्णेश्वर ८का अध्यक्ष सरोज श्रेष्ठले खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा नगरपालिका भित्र रहेका क्लबमा रहेका फुटसलप्रेमी खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको उनले जानकारी गराए ।


उक्त प्रतियोगितामा प्रथम दितीय हुनेहरुलाई क्रमश नगद रु २५ हजार र १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनुको साथै उत्कृष्ट खेलाडीलाइ ट्रफी प्रदान गरिने अध्यक्ष सरोज श्रेष्ठले जानकारी गराए । पौष २२ गते सम्म टिम दर्ता गर्न सकिने जानकारी गराउदै प्रति टिम दर्ता शुल्क रु ३५ सय रहेको जानकारी गराए । पत्रकार सम्मेलनमा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, छहारी युवा क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठ, रेफ्री प्रदिप लामा, उर्जावान युवा क्लब गोकर्णेश्वर ८का सदस्य लियो श्रेष्ठ, हरि श्रेष्ठ लगायत पत्रकार र आयोजक सदस्यहरुको उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामाले नगरपालिकाका युवाहरूको प्रतिभा र खेलप्रतिको रुचिलाई मध्यनजर गर्दै नगर खेलकुद समिति मार्फत प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता सफलताको शुभकामना दिदै यस्ता खालका प्रतियोगिताले नै प्रतिभावान खेलाडी जन्मने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा छहारी युवा क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्दै खेलकुदको बिकासको लागि खेल मैदान आवश्यक रहेको हुँदा खेल मैदान निर्माणको लागि दवाब दिनुपर्नेमा जोड दिएका थिए। अभ्यासका लागि खेल मैदान नभए पनि पछिल्लो समय गोकर्णेश्वर नगरपालिकामा हुने यस्प्रता तियोगिताका कारण खेलाडीहरुले प्रतिभा प्रष्फुटन गर्ने अवसर पाएको बताउदै पौष २५ गते बाट संचालन हुने उक्त प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए ।