काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकामा दोस्रो मेयर कप दुईदिने खुल्ला कराँते प्रतियोगिता २०७९ भब्यताका साथ सम्पन्न भएको छ ।
गोकर्णेश्वर नगरपालिकार युवा खेलकुद विकास समितिको आयोजना तथा तोयाकान नेपाल बादो-रियो कराँते संघको संयोजकत्वमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित लर्ड्स लाइट एकेडेमीको प्राङ्गणमा गत पौष ८ गते बिधिबत रुपमा शुरु भैई ९ गते समापन भएको प्रतियोगितामा प्रथम स्थानमा नागर्जुन नगरपालिका, दोस्रो स्थानमा गोदावरी नगरपालिका र तेस्रो स्थानमा काठमाडौं महानगरपालिका भृकुटी समुहले प्राप्त गरेका थिए।कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख दिपक कुमार रिसालद्वारा बिजेता टिमहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
उक्त प्रतियोगिताको समापन कार्यक्रममा प्रमुख अतिथी गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसाल रहेका थिए।अन्य उपस्थितिहरुमा गोकर्णेश्वर नगर प्रवक्ता एवं वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ४ का वडा अध्यक्ष जयराम महत , नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा, लोकतान्त्रिक खेलकुद संघका फुर्साङ लामा तामाङ ,तोयाकान नेपाल बादो-रियो कराँते संघका प्रमुख सल्लाहकार शम्भु प्रसाद अधिकारी, लर्ड्स लाइट एकेडेमीका प्रिन्सिपल निराजन आचार्य, तोयाकन नेपाल बादो- रियो कराते –डो संघ का महासचिब एबम प्रमुख प्रशिक्षक अरुण कुमार कार्की, तोयाकान नेपाल बादो-रियो कराते डो एसोसिएसनका उपाध्यक्ष अजय भक्त श्रेष्ठ, खेलकुद विकास समितिका दिनेश राइ,लगायत खेल प्रेमी दर्शक र खेलाडीहरुको बाक्लो उपस्थिति रहेको थियो।
'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कार्यक्रममा लर्ड्स लाइट एकेडेमीमा अध्यनरत बिद्यार्थीहरुले नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए। उक्त प्रतियोगितामा बिभिन्न नगरपालिकाबाट करिब ५५० जना खेलाडीहरुले कुमिते र काता विधामा कुल ३० स्वर्ण पदकको लागि प्रतिस्पर्धा भएको थियो। गोकर्णेश्वर नगरपालिका र युवा खेलकुद विकास समितिका संयोजक संजय लामाको सभापतित्वमा भएको कार्यक्रममा तोयाकान नेपाल बादो-रियो कराते संघका सचिव ओम प्रसाद ढकालले सहजीकरण गरेका थिए।
कार्यक्रममा नगर प्रमुख दिपक कुमार रिसालले आफ्नो मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकालाई खेलकुद हबको रुपमा स्थापित गर्न बिभिन्न कार्यक्रम निरन्तर रुपमा संचालन गर्दै आएको बताएका थिए। उनले एक वडा एक खेल मैदान बनाउने नीति नगरपालिकाको रहेको जानकारी दिदै खेलकुदको बिकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै खेलमैदान निर्माणको लागि सार्वजनिक जग्गा खोजि कार्य र डीपी आर बनाउने कार्य अघि बढेको समेत बताएका थिए।
अन्त्यमा गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समिति कराँते बिभागका संयोजक एबं तोयाकान नेपाल बादो-रियो कराते डो एसोसिएसनका प्रमुख प्रशिक्षक अरुण कुमार कार्कीले कार्यक्रमलाई सफल वनाउन सहयोग गर्नुहुने समस्त दाजुभाइ तथा दिदिबहिनिहरु लगायत सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका थिए।