काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका र युवा खेलकुद विकास समितिको आयोजना तथा तोयाकान नेपाल बादो-रियो करांते संघको संयोजकत्वमा गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित लर्ड्स लाइट एकेडेमीको प्रांगणमा दोस्रो मेयर कप खुल्ला कराँते प्रतियोगिताको शुभारम्भ भएको छ।

काठमाडौं निर्वाचन क्षेत्र नं ३ का संघिय सांसद सन्तोष चालिसे, शान्ती श्रेष्ठ र प्रदेश सभा सदस्य छिरिंग दोर्जेलामाको बाहुलीबाट पानसमा दिप प्रज्वलन तथा खेलकुद सामग्री हस्तान्तरण गर्दै प्रतियोगिताको समुद्घाटन गरिएको हो। उक्त प्रतियोगितामा तोयाकान नेपाल बादो-रियो करांते संघका अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिकार युवा खेलकुद विकास समितिका संयोजक संजय लामाको अध्यक्षतामा भएको हो।त्यसैगरि कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा ,वडा सदस्य बच्चुराम शर्मा कुइकेल, पुर्व वडा अध्यक्ष रमेश अर्याल, गोकर्णेश्वर नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख दण्डपाणी शर्मा, अधिकृत टेकेन्द्र ढकाल, राम नारायण शाह ,नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय अध्यक्ष साम्देन लामा, लोकतान्त्रिक खेलकुद संघका फुर्साङ लामा तामाङ ,तोयाकान नेपाल बादो-रियो करांते संघका प्रमुख सल्लाहकार शम्भु प्रसाद अधिकारी,तोयाकन नेपाल बादो- रियो कराते –डो संघ का महासचिब एबं प्रमुख प्रशिक्षक अरुण कुमार कार्की, लर्ड्स लाइट एकेडेमीका प्रिन्सिपल निराजन आचार्य ,नगर खेलकुद विकास समिति मुवाथाई संयोजक सानुकान्छा श्रेष्ठ ,तोयाकान नेपाल बादो-रियो कराते डो एसोसिएसनका उपाध्यक्ष अजय भक्त श्रेष्ठ सहित खेलाडी रेफ्री र खेल प्रेमी दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ संचालित प्रतियोगिता यहि पौष ८ शुक्रबार शुभारम्भ भैई ९ गते शनिवार सम्पन्न हुने भएको छ।
दुईदिने उक्त प्रतियोगितामा बिभिन्न नगरपालिका बाट करिब ५५० जना खेलाडीहरुले कुमिते र काता विधामा कुल ३० स्वर्ण पदकको लागि प्रतिस्पर्धा गराईने आयोजकले बताएको छ। कार्यक्रम तोयाकान नेपाल बादो-रियो कराते संघका सचिव ओम प्रसाद ढकालद्वारा सहजीकरण गरिएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नेहरुमा तोयाकान नेपाल बादो-रियो करांते संघका प्रमुख सल्लाहकार शम्भु प्रसाद अधिकारी,नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको केन्द्रीय अध्यक्षमा साम्देन लामा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा लगायतले खेलकुदको महत्वलाई स्पष्ट पार्दै कार्यक्रम पुर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए।त्यसैगरी प्रतिनिधि सभा सदस्य शान्ती श्रेष्ठले खेलकुदको बिकासमा आफ्नो सहयोग हर हमेसा रहने बताउदै भने प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै प्रतीनिधि सभा सदस्य सन्तोष चालिसेले आफु नगरपालिका प्रमुख हुँदा देखिनै खेलकुदको बिकासका लागि ठूलो योगदान गरिसकेको बताउदै नगरबाट प्रतिनिधित्व गरेर विदेशमा खेल्न जाने खेलाडीहरुको खर्च समेत ब्यहोर्ने ब्यबस्था गरिने बताए।
उनले यस्ता प्रतियोगिताले खेलाडी भित्र रहेको प्रतिभा प्रष्फुटन गर्न सहयोग मिल्ने भन्दै खेलकुदको बिकासमा आफुले सकेको थप सहयोग गर्ने प्रतिबद्धता समेत गरेका थिए। कार्यक्रमको अन्त्यमा सभापती तोयाकान नेपाल बादो-रियो करांते संघका अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिका युवा खेलकुद विकास समितिका संयोजक संजय लामाले उक्त प्रतियोगितालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु उपस्थित सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै उद्घाटन कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए।