काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकामा दुई दिने दोस्रो मेयर कप खुल्ला कराते प्रतियोगिता हुने भएको छ।
गोकर्णेश्वर नगरपालिका र युवा तथा खेलकुद विकास समितिको आयोजना तथा तोयाकान नेपाल वादो रियो कराते डो संघको संरक्षकत्वमा दुईदिने दोस्रो मेयर कप खुल्ला कराँते प्रतियोगिता गोकर्णेश्वर वडा नं ६ स्थित लर्डस लाईट एकाडिमिको प्राङ्गणमा हुने पत्रकार सम्मेलन गरि आयोजकले जनाएको छ।
तोयाकान नेपाल वादो रियो कराते डो संघले राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा विभिन्न खेलकुद प्रतियोगिता हरु आयोजना गर्दै आईरहेको छ।यसै प्रतियोगितालाई निरन्तरता दिदै यहि औदो पौष ८ र ९ गते प्रतियोगिता हुने भएको छ।
कार्यक्रमको उद्घाटन यहि आउदो पौष ८ गते शुक्रबार काठमाडौ क्षेत्र नं ३ का संघिय सांसद सन्तोष चालिसेको हातबाट भब्य रुपमा उद्घाटन र समापन गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक रिसालको हातबाट पौष ९ गते सनिवार ठिक 2 बजे दिउसो गर्ने कार्यक्रम रहेको छ।यसैगरी कार्यक्रममा करुब ३५ जना अफिसियल रेफ्री र ५५० खेलाडीहरुको उपस्थिति रहने समेत जनाएका छन।