गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री दिपक मनाङे (राजिव गुरुङ)ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम स्थान ल्याउन सफल बिजेता खेलाडी, प्रशिक्षक ब्यबस्थापक तथा खेल संघहरुलाई नगद तथा सम्मान पत्रद्वारा सम्मान गरेका छन।
गत असोज २८ देखि कर्तिक ३ गते सम्म सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले इतिहास कायम गर्दै प्रदेश भरमा प्रथम स्थान प्राप्त गर्न सफल भएको थियो । यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशले हाम्रो गण्डकी प्रदेशका विजेता खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई नगद सहित सम्मान गरेका छौं मन्त्री मनाङेले भने ।
मन्त्री मनाङेले बोल्दै यो हाम्रो लागि गौरव गर्ने दिन हो, खेलाडीहरुको अथक मेहनत र परिश्रमले प्राप्त सफलतामा गण्डकी प्रदेशवासीहरुलाई पक्कै पनि मुहारमा खुसी ल्याउन सफल भएको छ । म मन्त्रालयको तर्फबाट सबै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरु संगै सबै अभिभावक हरुलाई बधाई तथा शुभकामना दिन चाहान्छु भन्दै खुशी ब्यक्त गरे।
त्यसैगरी मन्त्री मनाङेले यो जित हामी सबैको हो । ३९ वर्ष पछि गण्डकी प्रदेशले प्राप्त गरेको सफलताले प्रदेशलाई खेलकुद मार्फत समृद्धि ल्याउन हाम्रो यात्रा सबै जनसमुदायहरु संग संगै हुने समेत प्रतिबद्धता ब्यक्त गरेका थिए।