काठमाडौँ , मंसिर १९। काठमाडौं उपत्यका अन्तर्गत रहेका बिधालयहरुबाट 'अन्तर बिधालय फुटसल कप-२०२२' भाटभटेनी फुटसलमा हुने भएको छ।
निजी तथा आवासिय विद्यालयको संगठन काठमाडौँ (प्याब्सक)को आयोजनामा हुने अन्तर विद्यालय ‘फुटसल कप–२०२२’ काठमाडौँ भित्रका विभिन्न विद्यालयहरुबाट करिब ३२ वटा टिमले सहभागी जनाउने आज एक पत्रकार सम्मेलन गर्दै बताएको हो।
भाईचाराको सम्बन्ध ,खेल क्षेत्रमा बिकास, खेलाडीमा हुनुपर्ने अनुसासन लगायतका उदेश्य अनुरुप आयोजना गरिएको प्रतियोगिता सातौ फूटसल प्रतियोगिता हुन लागेको प्याब्सक अध्यक्ष गेन्द्र लामाले बताए।त्यसैगरी अध्यक्ष लामाले २०६१ सालमा स्थापना भएको यस संस्थाले स्थापना कालदेखि नै विभिन्न किसिमका शैक्षिक कार्यक्रम संचालन गर्दै आएको बताएका थिए।
विद्यार्थीहरुको वौद्धिक क्षमतामा अभिवृद्धि,उपत्यका अन्तर्गत सम्पुर्ण विद्यालयबीच आत्मियता,भाईचारा, समन्वय सहकार्य, विद्यार्थीहरुमा आत्मिय भावनाको बिकास, खेल सम्बन्धि विभिन्न नियमको ज्ञान,मनोरञ्जन लगायतका उदेश्य अनुरुप फुटसल कप -२०२२को आयोजना गरिएको प्याब्सक महासचिव राजन श्रेष्ठले बताएका थिए।
यहि आउदो मंसिर २० र २१ गते हुने ब्वाईज फुटसल प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टिमलाई नगद सहित मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ । साथै वेस्ट प्लेअर, म्यान अफ दि म्याच लगायतका पुरस्कार वितरण गरिने कार्यक्रम संयोजक राजु पुडासैनीले पत्रकार सम्मेलन मार्फत जनाएका छन।