काठमाडौ,१४ मंसिर।गोकर्णेश्वर नगरपालिकाको गोकर्णेश्वर मन्दिर प्राङ्गणमा मुवाँथाई प्रोफेसनल फाईट प्रतियोगिता यहि आउदो मंसिर १७ गते शनिवार हुने भएको छ।
गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद शाखाको आयोजना तथा गोकर्णेश्वर मुवाँथाइ नगर कमिटिको संयोजनमा हुने प्रतियोगिता बुधबार गोकर्णेश्वर मुवाँथाई नगर कमिटिले पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताको बारेमा जानकारी गराएको छ।
उक्त प्रतियोगिता यहि आउदो मंसिर १७ गते शनिबार गोकर्णेश्वर मन्दिर प्रांगणमा बिहान ठिक ११ बजेबाट शुरु हुने समेत आयोजकले मुग्लानी खबरलाई जानकारी गराएको छ।
उक्त प्रतियोगितामा बिजेता खेलाडीहरुलाई २० हजार नगद,मेडल ,प्रमाणपत्र र बेल्ट पुरुस्कार प्रदान गरिने छ भने सम्पुर्ण खेलाडीहरु रु. एकलाखको बिमा गरिने समेत बताईएको छ।
गोकर्बेश्वर नगर कमिटीका अध्यक्ष सानू कुमार श्रेष्ठको सभापतित्वमा शुरु भएको कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष सञ्जय लामा,बिशेष अतिथी राजकृष्ण श्रेष्ठ,कमिटिका पदाधिकारी,खेलाडीहरु शुभेच्छुहरु पत्रकार लगायतको बाक्लो उपस्तिथि रहेको थियो।