नेपाली राष्ट्रिय क्रिकेट टिमकाे नयाँ कप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन्।
राष्ट्रिय टिमका निवर्तमान कप्तान सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो।
रोहितले अब सन्दीप लामिछानेको स्थान लिनेछन् । केन्या टुरमा रोहितले ५० ओभरको खेलमा नेपालको कप्तानी गरिसकेका छन् । यसअघि सन्दीप कप्तान हुँदा रोहित उपकप्तान थिए ।