काठमाण्डौ,साउन १८। मनास्लु वर्ल्ड कलेजले यहि शैक्षिकसत्र देखि नै खेलकुद बिज्ञान विषयलाई समाबेश गर्ने बताएको छ।
"राष्ट्रका लागी खेलकुद, स्वास्थ्यका लागी खेलकुद" भन्ने नेपाल सरकारकाे मुल नारालाई आत्मसाथ गर्दै मनास्लु वर्ल्ड कलेजले खेलकुद बिज्ञानलाई समाबेश गर्ने निर्णय गरेको हो। कलेजले यसै शैक्षिक शत्र देखी प्लस टु तहमा (Sports Science) खेलकुद विज्ञान विषयलाई समावेश गरिएकाे आम विद्यार्थीहरुलाई जानकारी गराएको छ ।
व्यक्तिकाे सर्वाङ्गीन एवं समाज र राष्ट्रकाे समग्र विकासका लागी विध्यालयमा आधारित खेलकुदका कृया कलापहरू आयाेजना र संचालन गर्न आवश्यक पर्ने आधारभुत र व्यवस्थापकिय पक्षहरू संग विध्यार्थीहरूलाई परिचित गराउने उद्देश्य रहेकाे कलेजले बताएको छ। यस पाठ्यक्रमलाई यस कलेजमा संलग्न गराउँन पाउँदा उत्साहित रहेकाे कलेजका प्रिन्सिपल राजन श्रेष्ठले मुग्लानी खबरलाई जानकारी दिएका छन।