झापा- (बिरेन्द्र कुमार याक्थुन्बा ) - केरखामा एक दिवसीय महिला फुट्बल प्रतियोगिता केरखाको ग्राउन्डमा सम्पन्न हुनुका साथै खेलाडीलाई खेल सामग्री बितरण गरिएको छ। कमल गाउँपालीका खेलकुद समितीद्वारा आयोजित उक्त प्रतियोगिता मनोज गुरुङको सभापतित्वमा भएको हो।
चार टिमहरु सहभागी रहेको खेलको शुरुवात बिशेष अथिती तथा महिला समाजसेवी सेलिना राई (शसी) ले बल फ्याकी पहिलो चरणको खेल उद्घाटन गरिएको थियो।जसानुसार खेलमा आयोजक भर्सेस माउण्ट एभेरेष्ट चतरा सुनसरीबिच हुदा Maount everst sporting club १-को विरुद्ध आयोजक टिमको २-गोलले फाइनलमा प्रवेश गरेको थियो भने अर्को सिरिजङ्गा स्पोर्टिङ क्लव भर्शेस पथ्री-११ बिच हुदा सिरिजङ्गा स्पोर्टिङ क्लवको जिरोका विरुद्ध पथ्री-११ ले १-गोल गरि फाइनलमा प्रवेश गरेको थियो ।
खेलको फाईनलमा आयोजक VS पथ्री-११बिचहुदा खेल शुरु भएको ५,मिनेटमै आयोजकका टिमबाट १६ नम्बर जर्शी सोनाम राईले एक गोल गरि अग्रता लिएकी थिइन । मध्यन्तर पछी पथ्री-११ कि जर्शी न.२१ नेहा चौधरीले एक गोल र खेल अबधी अन्तिममा ५ मिनेट्मा उनै चौधरीले थप एक गोलगरी दुई गोल गरेर पथ्री-११ लाई प्रथम बिजेता गराउन सफल भएकी थिइन ।
मौसम माघ महिनाको मध्यतिर भएपनी न्यानो न्यानो घामको किरणसंगै खेलाडी र दर्शकहरुमा रमाईलो बाताबरणका बिच खेलको सुरुवातदेखी अन्त्यसम्म बिबाद रहित सौहार्दतापुर्ण रहेको थियो। कोभिडको कारण प्रचार प्रसार नगरिएका कारण सिमित दर्शकका बिच रहेपनी खेल ऎतिहासिक रहेको थियो। केरखामा पहिलो चोटि गरिएको महिला फुट्वल टुर्नामेण्ट फुट्बलप्रेमीहरुका लागि एक उदाहरण बन्यो।
कार्यक्रमका प्रमुख अथिती कमल वडा न. ३ अध्यक्ष नरप्रसाद दङ्गाल, कमल खेलकुद सह- सम्योजक तेज कुमार राई र सभापती मनोज गुरुङको हातबाट बिजेता उप बिजेता टीमका खेलाडीहरुलाई मेडल प्रशंसा-पत्र र ट्रफिक/सिल प्रदान गरिएको थियो । कार्यक्रममा कमल वडा नँ.३ को तर्फबाट नरप्रसाद दङ्गालले खेलकुद सामाग्रीहरु १०-थन फुटबल, भलिबल-५थान, भलिबल२-थान कृकेट ब्याटिङ -२थान, कृकेट बल १२ ओटा,कर्नर-झण्डा-४ थान र पोल पिल्लर-५० र १८ पिस स्पोर्ट टि-स्शर्ट कमल वडा न ३, खेलकुद समिती अध्यक्ष मनोज गुरुङको हातमा प्रदान गरेका थिए ।
वडा अध्यक्ष नरप्रसाद दङ्गालले खेललाई सम्बोधन गर्दै खेलमा वडाको बजेट्बाट दिनुको कारण बिकासको नाममा बाटो घाटो र पुल मात्रै बनिनु समग्र बिकाश हुन सक्दैन कला साहित्य र खेलकुद जस्ता कुराहरुमा पनि फड्को मार्न सक्नुपर्छ भन्दै महिला खेलाडीहरुलाई धन्यबाद दिएका थिए ।त्यस्तै बिशेष अथिती कमल गाउँपालीका खेल उपसम्योजक तेजकुमार राईले युवा जगतमा लोकप्रिय खेल फुटबल एकदिवशिय महिला टुर्नामेण्ट केर्खामा भएको सकारात्मक भएको बताउदै बिजेता र उपबिजेता दुई टिमलाई शुभकामना ब्यक्त गरेका थिए । खेलमा प्रायोजन गरेका सुदन राई वालिफ फाउण्डेशन झापा शुरुङ्गाका प्रोप्राईटर सुदन राईलाई पनि आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
अथितिहरुमा वडा न.३ जनप्रतिनिधि तथा समाजसेबि चक्र गुरुङ, त्यस्तै अर्का जनप्रतीनिधी लालसिङ बोखिम,समावेशी महिला शसक्तिकरण केरखाकी अध्यक्ष गौरा चापागाई, युवा सामाज सेवि प्रकाश आङ्बो, मावोहाङ अमर लिम्बू ,अशोक लिम्बू , छत्रपती खनाल देबुव दाहाल लगायत उपस्थित रहेका थिए । बिरेन्द्र कुमार याख्थुम्बा(शुवास)द्वारा सञ्चालित कार्यक्रममा सस्थाकी सदस्य मिक्की योङ्हाङ्ले सवागत मन्तब्य राखेकी थिइन भने अन्तमा: खेल सभापती मनोज गुरुङ्ले प्रतियोगीतामा सहभागी टिम र खेल सम्पन्न गर्न सहयोगी सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए ।