आजको मौसम तथा जलवायु यस्तो रहने पुर्बानुमान गरिएको छ।
हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ।
हाल पश्चिमी भु-भागहरुमा बदली भई हावाहुरी, मेघ गर्जन र चट्याङ सहित केहि स्थानहरुमा वर्षा भईरहेको छ र बाँकी भु-भागमा सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार आज बैशाख २९ गते सोमबारका दिन दिउँसो तिर देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भु-भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।
त्यसैगरी रातीतिर देशको अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्बानुनान महासाखाले जनाएको छ।