दोहा, प्रवास नेपाली सम्पर्क बिभाग कतारले गत १९ मे शुक्रबारका दिन वर्ल्ड दरबार नज्माको हलमा एक कार्यक्रमको आयोजना गरि भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
बिभागका सभापति अब्दुल करिम मियाँको सभा अध्यक्षतामा बसेको भेटघाट तथा सम्मान कार्यक्रममा प्रमुख अतिथी नेपालबाट आमन्त्रित रास्वपा गण्डकी प्रदेश सदस्य, महिला तथा सामाजिक बिकास प्रमुख एवं मुस्लिम समानुपातिक उम्मेदवार समिउन निशा,बिभागका महामन्त्री विजयराज अधिकारी, कार्यसमिति सदस्यहरु,बिभाग एवं इकाई समितिका प्रमुख तथा सदस्यहरु लगायत रास्वपा समर्थक दाजुभाइ तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।
बिभागका महामन्त्री बिजय राज अधिकारीद्वारा सहजीकरण गरिएको कार्यक्रममा बिभागीय तथा इकाइ समितिका प्रमुख र सदस्यहरु, बिभाग र इकाइ को काम कर्तब्य जिम्मेवारी तथा क्षेत्राधिकारबारे आन्तरिक प्रशिक्षण,छलफल लगायत विविध विषयमा छलफल गरिएको प्रचारप्रसार बिभाग सदस्य सन्जिव कटुवालले मुग्लानी खबरलाई जानकारी दिएका छन।
कार्यक्रममा आमन्त्रित गण्डकी प्रदेश सदस्य समिउन निशालाई सम्मान गरिएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समिउन निशाले देशको आर्थिक अवस्थालाई बलियो बनाउन तथा देश चलाउन युवाहरुले पठाएको रेमिटेन्सले देश चलेको छ।देशको भबिस्यको बारेमा प्रबासमा पनि युवाहरुको यो जोस गाजर र यो सकृय ता प्रति आफू खुशी रहेको बताएका थिइन भने कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष अब्दुल करिम मियाँले उपस्थित सम्पुर्णमा धन्यवाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए।