इजराईल-राष्ट्रिय पर्व तथा तामाङ जातिको महान चाड मञ्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार तावर/ कुरि ल्हो( बिरालो) बर्गको अवसरमा बृहत् सांस्कृतिक प्रस्तुति सहित सोनाम ल्होछार भब्य रुपमा मनाईने भएको छ।
तामाङ जातिको धर्म, संस्कार ,संस्कृति, भाषा लिपि लगायतलाई संरक्षण सम्बर्द्धन तथा विश्वभरी प्रबर्द्धन गर्नका लागि नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा यहि आउदो फेब्रुअरी ३,२०२३ का दिन इजरायलको तेल अभिव स्थित यादखरुचिम,१५ को इभ हलमा भब्यताका साथ हुने सोनाम ल्होछारमा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु म्होन्दोमाया गायक हेम वाइबा तामाङ र सेलो गायीका जितु लोप्चन तामाङ पनि आउने भएका छन।कार्यक्रममा बौद्ध परम्परा अनुसार बुद्ध गुरुबाट पुजापाठ,आमन्त्रित कलाकार तथा स्थानिय कलाकारहरुका प्रस्तुती सहित बृहत् सांस्कृतिक कार्यक्रम हुनेछ।ल्होछार कार्यक्रममा इजराइलमा रहदै भएका तामाङ तथा गैर तामाङ नेपाली दाजुभाई तथा दिदिबहिनी सम्पुर्णलाई उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनको लागि हार्दिक अनुरोध गरेको छ।
'तामाङ भाषा,भेषभुषा,धर्म, कला , लिपि,साहित्य, संस्कार संस्कृतिको प्रबर्द्धन र संरक्षण गरौ,ताम्सलिङ प्राप्तिको लागि एक जुट हौ' भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल तामाङ घेदुङ इजरायलले स्थापना कालदेखीबाट सोनाम ल्होछार लगायत अनि कार्यक्रमहरु पनि निरन्तर गर्दै आएको छ।