दोहा, कतारले फिफा विश्वकप समयाअबधी भरीमा भिजिट भिसा अस्थायी रूपमा बन्द गर्ने भएको छ।
मन्त्रालयले २० नोभेम्बर २०२२ मा सुरु हुने फिफा विश्वकप कतार २०२२ को समयाबधिमा कतारमा प्रवेश र प्रस्थान गर्नको लागि केहि जनाकारी सम्बन्धी पत्रकार सम्मेलन गरि सबैमा सार्बजनिक गरेको छ।
कतारको गृह मन्त्रालयले १ नोभेम्बर २०२२ देखि कतारमा आउने हवाई, स्थल र सामुद्रिक सिमानाबाट सबै आगन्तुकहरूलाई १ नोभेम्बर २०२२ देखि २३ डिसेम्बर २२ सम्म भिजिट भिसा पुर्ण रुपमा स्थगित गरि हया कार्ड बाहक मात्र कतार प्रवेश गर्न पाउने नियम ल्याउने भएको छ। उकता अबधिमा कतार भिजिट भिसामा जान पुर्ण प्रतिबन्ध लगाएको आज गृह मन्त्रालयले पत्रकार सम्मलेन गरि सम्पुर्णमा सार्बजनिक गरेको छ।त्यसैगरी मन्त्रालयले हया कार्डवाहकहरूलाई २३ जनवरी २०२३ सम्म कतारमा बस्ने अनुमति दिईने समेत बताएको छ।
यहि आउदो नोभेम्बर १ तारिख देखि लागू हुने गरि २३ डिसेम्बर २०२२ को बीचमा कतारमा प्रवेश गर्नको लागि केहि पालना गर्नुपर्ने नियमहरु समेत सार्बजनिक गरेको छ।जसनुसार-
१) कतारी नागरिक, बासिन्दा र कतारी आईडी कार्ड भएको जिसिसि नागरिकहरू।
२) व्यक्तिगत भर्ती भिसा र कार्य प्रवेश अनुमतिहरू।
३) एयरपोर्ट मार्फत मानवीय मामिलाहरू (आधिकारिक आवेदन प्लेटफर्मबाट स्वीकृतिमा आधारित।मात्र सहजै कतार प्रवेश गर्न पाउनेछन।
त्यसैगरी मन्त्रालयले पत्रकार सम्मेलनमा पुन कतारमा २३ डिसेम्बर २०२२ देखि भ्रमण भिसाहरू सुचारु गर्ने समेत जनाएको छ।