दोहा कतार,साउन १३। तामाङ चलचित्र 'काख्रे'को विशेष प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम-२०२२ कतार दोहा स्थित सालिमार इस्तानबुल सभाहलमा हुँदै छ।
नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष सुवास तामाङको सभापतित्व तथा नेपाल आदिबासी जनजाती महासंघ कतारका अध्यक्ष पुरुषोत्तम सुनुवारको प्रमुख आतिथ्य ता तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,तामाङ तथा गैर तामाङ दाजुभाई दिदिबहिनीहरुको उपस्थितिमा भब्य रुपमा कार्यक्रम भैइरहेको छ।
कार्यक्रमका संयोजक समाजका सांस्कृतिक बिभाग प्रमुख कुमार ओख्रेली र सह संयोजक गणेश रुम्बा रहेका छन।