सुरेशकुमार पान्डे
दाङ, सरकार जुनसुकैको आएपनि न त हाम्रो देशको अवस्थामा आंशिक शुधार भयो नत जनताको आधारभूत समस्याको समाधान भयो।
नेपाली युवाहरू बिदेशी बजारमा रोजगारका लागि तल्लो स्तरको कार्य गर्न बाध्य छन्।उनिहरूले एउटा अतिरिक्त मोवाइल लिएर आउँदा भन्सार लाग्ने,जिरा मरिचमा भन्सार लगाउँने सरकारले उनैको लाशमाथी कारोबार गर्दै छ।उनिहरूको ज्यान जोगाइदिन नसकेर बाह्र फ्लाइट बाट हाम फालेर मर्छन् होनहार युवा उनैको पसिनाको रिमिट्यान्सले देश चलेको छ र देशमा ऐयासी गरेका हुन्छन मन्त्रीहरू।
देशमा रोजगार दिनुको साटो पढे डिग्रि पाए पछि उनिहरू भारत लगायत बिभिन्न देश- कतार,कुवेत,मलेसिया साउदि अरब, लगायतका खाडी मुलुकहरूमा मजदुरिका लागी रिण,सापट वा जमिन बन्दकी राखेर बेचेर भयपनि आ आफ्ना छोराहरूलाई बिदेश पठाउंन आमा बा स्वयंम बाध्य भयका छन्।
अली-अली हुंनेखाने निम्न वा मध्यम वर्गले आफ्ना छोराछोरी पढ्ने बहानामा जापान,अमेरीका अष्ट्रेलिया पठाएपनि उनिहरूको योजना पनि त्यहाँ गएर धन कमाउँने नै हुन्छ।
छोराले केही दाम कमाएर आयो भने आफ्नो घरको अवस्था सुध्रियला भनेर छोरा बिदेशमा पठाएका बा आमा,श्रीमतीलाई जब धनको ठाउँमा छोरा वा श्रीमानको (डैथ बोर्डी)लाश प्राप्त हुंन्छ बन्द बाकसमा त्यो एक्लो मुर्दा हुंदैन पुरापरिवार नै जिउँदो लाशमा परिणित हुन्छन्।पुरा गाउँ सोकमय हुन्छ,त्यो मात्र होइन देशले एउटा होनहार नागरिक गुमाउँछ।
हाम्रो देशमा यस्तो परमपरा नै बनेको छ।बिदेशमा न जाँदा सम्म घरको अवस्थामा सुधार आउँदैन घर खर्च चलाउँन गारो हुन्छ,छोरा-छोरीलाई राम्रो शिक्षा दिन सकिदैन विदेश गएपछि केही अपबाद बाहेक तुच्छ र जोखिमयुक्त काम गर्नुपर्छ।
नगरेर के गर्ने?बिदेशमा जाँदा लागेको रिण त्यसको व्याज र पारिवारीक समस्याले बिदेश पसिसके पछि दलालहरूले एकथोक भनेर अर्को काम दिएपनि उनिहरूले गरेका हुन्छन त्यो गर्न बाध्यता बन्छ।
दिनहु दिन बिदेश स्थित नेपालीहरू कुनै न कुनै घटनाको सिकार बनेका हुन्छन् देशभित्र उनिहरूको परिवारमा रूवाबास हुन्छ।आखिर कहिले सम्म यो दर्दनाक अबस्था रहिरहनेहो?हामी नेपाली नागरिकहरूमा।जहिले पनि देशभित्र बिकासका बिषय बस्तु हरूमा छलफल हुनुको सट्टा कुर्सीको खिचलो हुन्छ।
आखिर उनिहरूले गरेको राजनीति के र कस्का लागी हो?जनताले यस्को बारेमा ठिक संग बुझ्न सकिरहेका हुंदैनन्।उनिहरूले यो भन्दा त्यो अलि ठिक छ की हाम्रो समस्या कालेले बुझेन रातेले बुझ्छ की? वा सेते पो ठिक छ कि?' भन्दै प्रत्येक पटक नेताको पछि लाग्छन्।आफ्ना सबै कामहरू छाडेर उनिहरूको चुनाव प्रचार गर्ने र उनैलाई जिताउँनमा आफु जस्तै वर्गिय मित्र समेतलाई कुटपिट गर्न पछि पर्दैनौं।
जो जसले विकासका चर्का नारा लगाउँछ र क्रान्तीका गफ लगाउँछ उसैको पछि बन्दुके बनेर समेत हिंड्छन तर जनतालाई सधै माछो माछो भेगुतो हुंदै आएको छ।अवसरबादीहरूले लगातार उनिहरूको रगत र पसिनामा पौडि खेलेर शिखरमा पुग्छन् तर न त कुनै गरिबको समस्या समाधान हुन्छ न देशको बिकास हुन्छ।
अहिले सम्म लडेका लडाईहरू बाट जनता र देशको नोक्सान नै भयो फाइदा उठायो अवसरबादले र बिदेशीका दलाल ठुलाठुला तस्कर ठेकेदार,भूमाफिया र बिदेशी साम्राज्यवादी शक्तिहरूले देशलाई नाङ्गेझार बनाउँदै आएकाछन्।
हिंजो देशभित्र राजनीतिक दलहरूले जस्लाई प्रतिगामी भनेर त्यसको बिरोध गरे अहिले उनै मध्यका केही मौकाप्रस्तले उनैलाई आफैले प्रतिगामी भनेर धार्ने हात लगाउँंदै आएकाहरूले साथ दिएर साझा सरकार बनाएका छन्।आखिर जनता र कार्यकर्तालाई किन र केका लागी उनिहरूले लडाएका हुंन?अहिले सिङ्गो देशले यि ठुला भनाउदा राजनीतिक दलहरू सँग यो प्रश्न गर्दैछ।
देशमा राणाहरूको एक सए चार वर्ष हालिमुहाली थियो त्यो व्यवस्थाको बिरूद्धमा लामो समय सम्म जनताले बलिदानी पूर्ण शंघर्षगरे,व्यवस्था फेरे तर राजालाई मौका मिल्यो।राजन्त्रले उनैको पदचिन्हमा उस्तै व्यवस्था बत्तिस वर्ष सम्म चलाए।त्यस्को बिरूद्धमा जनताले उस्तै बलिदानी पूर्ण शंघर्ष गरे अनि बहुदलिय व्यवस्था ल्याय तर जनताको व्यवस्था आउँन सकेन।पटक पटक जनताले रगत बगाए फाइदा मौका ढुकेर बसेकाहरूले उठाउँदै उनै जनतामाथि रजाई गर्दै आएकाछन्।
आखिर जनताले कुन व्यवस्थामा आफ्नो अधिकार सुनिश्चित गर्न सक्छ?के बन्दुककै भाषा मात्र सम्झिन्छन यि शासकहरू वा जनाधिकार बहाल गर्ने शान्तिप्रिय विजन ल्याउँन सक्छन?
समय रहँदै नियतमा सुधार गर।
के साँच्चै यो देशका जनताहरू अर्कैको लागी लडेर मर्न जन्मिएका हौँ?नागरीकहरूको यही प्रश्नमा वादबिवादले देश रन्किएको छ।
खबरदार अवसरबादीहरू जनता सचेत र संगठित हुँदादिनको क्षण तिम्रो अन्तिम हुँन सक्छ।अबको शंघर्ष निश्चित रूपमा आरपार को हुन्छ।