दाङ, सुरेशकुमार पान्डे।
अहिले प्रचण्ड देशका ४४औं प्रधानमन्त्री भए।उनले तिन जना उप प्रधान मन्त्री र चार जना मन्त्रीहरू सहित हिजो मात्र सपथ लिएका छन्।
एमाले का बिष्णु पौड्याल,माओवादी केन्द्रका नारायण काजी श्रेष्ठ,राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछाने उप प्रधान मन्त्रीको सपथ लिएका छन्।
मन्त्रीमा ज्वालाकुमारी शाह,दामोदर भण्डारी,राजेन्द्र राई, अब्दुल खान रहेका छन्।
पौड्यललाई अर्थ मन्त्रालय,श्रेष्ठ भौतिक पूर्वधार,लामीछानेलाई गृहमन्त्रालय मिलेको छ।
राप्रपाका राजेन्द्र लिङ्गदेलले भने सरकारलाई समर्थन गर्नु अहिलेको आफ्नो बाध्यता भएको बताएका छन।उनले सरकारमा आफ्ना माग सम्बोधन नहुने भन्दै सरकारमा नजाने तर सरकारलाई आफ्नो समर्थन रहने जनाएका छन्।
यो व्यवस्था अन्तर्गतका जुनसुकै अनुहार फेरीए पनि आमूल परिवर्तनको कुनै आस छैन।देशका जनताको प्रमुख समस्या कसैले पनि समाधान गर्न सक्तैन।मात्र मक्कि सकेको व्यवस्थालाई टालटुल पारेर आफ्नो स्वार्थ पुरा गर्ने जमर्को मात्र हो।
आज इप्तिफाकले कमरेड माओको १३०औं जन्म जयन्ति पनि हो र अर्को आजलाई बृद्धा दिवस पनि भनिन्छ।
आजकै दिन नयाँ सरकारको गठन भयको छ।यतिवेला धेरैको आसाको दृष्टि रवी लामिछाने तिर छ।
उनि देशमा राष्ट्रिय लेवलका पत्रकार थिए र पत्रकारीताको दौरानमा उनले थुप्रै शोषित दमित अन्यायमा परेकाहरूको पक्षमा आवाज उठाएका पनि हुँन।त्यसैले गर्दा उनलाई देशका तमाम युवाहरूले सहयोग र समर्थन गरेका छन त्यसैको परिणाम अहिले जम्मा जम्मि आधा वर्षको राजनीतिक अभियानमै उनले ठुलो सफलता हासिल पनि गरेका छन।यती छोंटो समयमा हाम्रो देशमा यति धेरै सफलता हासिल गर्ने सम्भावित राजनेता उनिनै हुन सक्छन्।
अब प्रचण्डले नेतृत्व गरेको र अहिले मूल बिभागको जिम्मा लिएका यिनै हुँन,देशको अर्थमन्त्रालय बिष्णु पौड्यालको जिम्मा छ।
यिनिहरूलाई देशका जनताले खुबै नजिक बाट चिनेका छन। अहिले यिनिहरूले देशलाई कसरी बलियो अखण्ड र देशबिकासको के- कस्ता पूर्वधारहरू तय गर्छन त्यसपछि जनताले बुझ्ने मौका अवस्य मिल्ने छ।
उनिहरूले देशलाई कुन दिशा तर्फ डोराउँने छन त्यस बारेमा आउँने दिनहरूमा प्रष्ट हुँनेछ।
प्रचण्डले देशमा एमाले बाट प्रतिगमनको खतरा छ भनेर देशका जनताहरू सँग भोट माग्दै हिंडेका थिए तर अहिले उनि आफै एमाले र राप्रपा सँग मिलेर सरकारको प्रमुख पदमा आसिन हुँन पुगेका छन्।उनले अपनाएको व्यवहार जनता सँग गरेको वेइमानी र धोखा भने अवस्य हो।उनि बिस्वासका पात्र होइनन् भन्ने कुरा अहिले पनि प्रष्ट भयो।
सरकारमा जान कुर्सिका लागी यिनिहरूले जुनसुकै हद पनि पार गर्न सक्छन भन्ने कुरा देशमा पटक पटक प्रमाणित हुँदै आएको छ ।तरपनि हाम्रो देशका जनताको हृदय बिसाल भएरै होला पटक पटक माफि दिन्छन र आ-आफ्नो अमूल्य मत उनिहरूलाई नै दिन्छन् यो हाम्रो देशको सबैभन्दा दुःखद् अबस्था पनि हो।
हुन त यो पुँजिवादी संम्सदिय प्रणाली माओले भनेको जस्तै वुजुर्वाहरूको गफ गर्ने थलो नै हो भन्ने कुरा हाम्रो देशको बहुदलिय व्यस्था पछिको अबस्थाको मुल्यांकनले पुष्टी गरिसकेको छ।तरपनि जनतालाई यो भन्दा यो व्यक्तिको हातमा सत्ता आए केही हुन्छ की सुधार भन्ने आस भने रहिरहन्छ।
त्यसैको परिणाम अहिले रवी,राजेन्द्र जस्ता अनुहार संसदमा पुगेकाछन जस्बाट जनतालाई थुप्रै आसाहरू छन्।हेरौँ जनताको आसा आकंक्षा कत्तिको पुरा हुन्छ? त्सपछि जनताले उनिहरूलाई लामो समय सम्म आफ्नो आँखाको नानी बनाउँछन वा आँखाको कसिङ्गर सम्झिएर फ्यांक्छन, त्यो पछिको कुराहो।
वास्तविक कुरा के भने अहिलेको देशको जटिल अबस्थालाई यो सरकारले कसरी त्यो जटिलता बाट पार लगाउछ त्यो नै प्रमुख हुने छ।अमेरिकन साम्राज्यवादी शक्तिको योजना एमसीसी जो पूर्व सरकारले पारित गरिसकेको छ त्यसलाई यो सरकारले कसरी हेर्छ खारिज गर्छ वा लागु गर्छ त्यो पनि जनताले प्रत्यक्ष देख्न पाउने छन।
हिंजोको चुच्चे नक्सा जो पूर्व सरकारले पारित गरेर लागु गर्न सकेको छैन।त्यसलाई यो सरकारले कसरी लिन्छ यि र यस्ता कैयौं राष्ट्रियता संग सम्बन्धित राष्ट्रिय अन्तरराष्ट्रिय बिषयहरूले अहिलेको सरकारलाई बुझ्ने मौका मिल्ने नै छ।
एउटा चाल यि पुराना नेताहरूले चालेकै छन् त्यो के भने जनताको आसाका केन्द्रहरूलाई ठुलाठुला पद दिएर असफल र अशक्षमको बिल्ला भिराउने प्रयत्नमा निरन्तर हुने छन्।
राजाले के आइ सिहंलाई प्रधानमन्त्री बनाएर असफल घोषित गराएका थिए त्यही प्रकारले यि युवाहरू सामन्तहरूको बलिका बोका नबनुन यही कामना गरौं।
राष्ट्रियता गणतन्त्र र संबिधानमा प्रज्वलित जनाधिकारलाई व्यवहारिक दिन सके यो सरकारलाई जनताले बल्ल बधाई दिनेछन् अन्यथा पुरानै रागमा आयो राम गयो राम बिना पत्रको खाम नै हो।