काठमाडौ, महानगरपालिका मेयर बालेन साहले सामाजिक संजाल मार्फत राजा फर्काउछु,राजा चाहिन्न र राजा मार्छु भन्ने तिनवटै सरकारमा रहेको जनाएका छन।
मेयर साहले सात दलको सहमती पश्चात् नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' प्रधानमन्त्री बन्ने र सात दल सहित केही स्वतन्त्र हरु द्वारा सरकार बन्ने भएपछी उक्त अभिव्यक्ति दिएका हुन।
उनले तिनवटा फरक फरक बिचार बोकेका राजनितिक शक्तिहरु सरकारमा भए पनि जनता सधै सास्तिमा रहेको समेत उल्लेख गरेका छन।
उनको स्टाटस जस्ताको तस्तै:
राजा फर्काउछु भन्ने,
राजा चाहिन्न भन्ने,
र ,
राजा मार्छु भन्ने तीनटै सरकारमा ।
हामी प्रजा सधै सास्तीमा ।