दाङ,(सुरेशकुमार पान्डे) - के ओलीको एमाले पार्टीमा प्रतिगमन आंशिक सच्चियो त?
हिंजो प्रचण्ड र ओलीको दुइतिहाई बहुमतको सरकार थियो तर उनिहरूको आपसी बिवादकै कारण त्यो सरकार पतन भयो,
ओली र प्रचण्डको बिचमा घमासान भयो ओलीले प्रतिगामी पाइला चाल्न कुनै कसर छाडेनन् र त्यो उनको प्रतिगामी कदमलाई रोक्न पाँचदलिय गठबन्दन भयो।
अहिलेको चुनावमा ओलीलाई हराउन पाँच दलले अभियान चलायो तरपनि ओलीको पार्टीलाई जनताले सबैभन्दा धेरै मत दिएको देखियो।
अहिलेको आम निर्वाचनमा कुनैले पनि पूर्ण बहुमत नपाएपछि सरकार बनाउन दलहरूको लागि अप्ठ्यारो भयको त पक्कै पनि छ।यही सन्दर्भमा माओवादी केन्द्रले प्रचण्ड पथको काड फ्याक्दै छ।
हिंजो एमाले प्रतिगामी हो ओली गणतन्त्र र संविधानकै लागी खतरा छ भनेर पाँच दलिय गठबन्धनमा सामिल भएको प्रचण्डको लागी प्रधानमन्त्री पाएपछि प्रतिगमन गौण बन्ने सम्भावना छ।
अहिले राष्ट्रपती एमालेबाट र प्रधान मन्त्री प्रचण्डको भागमा परेपछि उनिहरूको फेरी अपबित्र गठबन्धन हुनसक्छ।
कांग्रेस बाट देउवाले गगनलाई हराएर संसदिय दलका नेता हातपारे तर पनि प्रधानमन्त्री पाउन गाह्रै देखिन्छ।
अहिले जुन प्रधानमन्त्री भएपनि जस्को सरकार भएपनि जनताको भागमा केही आउनेवाला छैन तर देशभित्र दुईवटा खतरा अहिलेपनि ज्युका त्यु नै रहेका छन।
एउटा साम्राज्यवादी खतरा अर्को देशको संविधानमा उल्लेखित धर्म निरपेक्षता र गणतन्त्रको लागी वा सिंगो संबिधानको लागी खतरा।
लेख्दा लेख्दै उनिहरूको बिचमा छलफल सकिएको समाचार आयो।
प्रसङ्ग बदल्नै पर्ने भयो किन कि सरकार बन्ने पराय निश्चित भयो।
एमाले-७८,माओवादी केन्द्र-३२,राष्ट्रिय स्वतन्त्र पार्टी-२०,राप्रपा-१४,जसपा-१२,जनमत-६,नागरिक अन्मुक्ती-४ स्वतन्त्र ३,यसरी पाँचदलिय गठबन्धन तोडेर ७ दलिय र अन्य स्वतन्त्र तिन गरी महागठबन्धन तयार गरिएको छ।जस्को कार्यकाल साढेदुई बर्षको हुने आलोपालो सम्झदारी बनाए पनि यो स्थिर सरकार हो।
सबैभन्दा बढी सत्तामा बनिरहन प्रचण्डले भोली फेरी कुनै षड्यन्त्र यही गठबन्धन सँग पनि गर्दैनन भन्न सकिदैन।
प्रचण्डको राजनीतिक व्यवहार ओलीको भन्दापनि खतरनाक र प्रतिगामी हुनसक्छ।
अहिले सम्म उनिहरूले ओलीलाई प्रतिगामी बताउँदै आएका थिए,त्यो मात्रै होइन प्युठान बाट निर्वाचित शूर्य थापाले यदी प्रचण्डलाई प्रधानमन्त्री कुनैपनि हालतमा स्विकार नगर्ने,यदी पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउँन राजि भयो भने एमाले पार्टीलाई आफुले त्याग्ने भन्दै आएका छन्।अब उनले के गर्छन त्यो हेर्न बाँकी नै छ,आउँनेदिनमा प्रष्ट हुँने छ उनि कत्तिको बचनबद्ध छन्।
अहिले प्रचण्डको नेतृत्वमा सरकार बन्छ भने एमाले प्रचण्डको दृष्टीकोणमा प्रतिगमन आंशिक सच्चिएको हुँने प्रष्ट छ।
उनिहरू बिच जे होस् तर सवाल देश र जनताको हो!जब सबै राजनीति पार्टीहरूको एउटै निती सिद्धान्त हो भने यती धेरै राजनीतिक पार्टी बनाएर जनतालाई किन भ्रम दिएको?सबै मिलेर आलोपालो सरकार चलाए त भैगो।
हुँन त डिलाराम आचार्यले भन्दै पनि आएका थिए सरकार बनाउँन जब समर्थन दिन्छौ तब उनिहरूले प्रचण्डलाई प्रधानमन्त्री बनाउन राजी हुन्छन्।
यसरी उनिहरूको योजना अहिले सार्थक हुने सम्भावना देखियो।
जनताको आँखामा छारो हालेर सत्ताको रस्वादमा रम्नेहरूको कुनैपनि नैतिकता हुन सक्दैन।
किन कांग्रेस,कम्युनिष्ट,राप्रपा फलाना फलाना बनाउँनु पर्यो?आखिर जनतालाई छक्काउँने षड्यन्त्र नै प्रमुख रहेछ।
अहिले कता हरायो प्रतिगमन? कसैले माओवादी केन्द्रका नेताहरू सँग यो सवाल गरौं त, एमाले कती सच्चियो?एमाले उही हो ओली उनै हुँन तर सत्ता समिकरण भयो।
अब यो रातो सेतो झण्डा छाडेर यहाँहरू सबैले एउटै कालो झण्डा बनाउँनुपर्छ।