जिन्दगी" महान हुनुपर्छ ! लामाे हुन आवस्यक छैन ।
तिमी भित्रकाे पुरुषार्थ जगाऔं ! कसैले दमन गर्ला र कसैले विभेद गर्ला तर बिचलित नबन ती सत्रु हाेइनन् ! हाेइनन् ! सत्रु । तिम्रो क्षमताको परीक्षा लिने वा तिमिलाई सार्थक जिन्दगी दिने भाग्यबिधाता सम्झ । म पनि मान्छे तिमी नि मान्छे विभेद किन ? भनेर गाेहिकाे जस्तो आँशु नदेखाउ ! तिम्रो आँशुकाे कुनै मुल्य हुने छैन । तिम्रो मूल्य त्यति बेला हुनेछ 'जति तिमी थिचिदै छाै त्यतिनै मजबुत भएर उभिदै छाै' । "जसरी एउटा बिउ जति माटाेमा पुरिन्छ त्यतिनै मजवुत भएर उम्रिन्छ ।" सम्भावना बाेकेकाहरु जति दवाव पर्छ तेतिनै मजवुत हुन्छन् तर कायरहरु दवाव पर्नु भन्दा पहिला नै समाप्त भइसक्छन् !
तसर्थ अरुलाई दाेस नदेउ आफुलाई चिन । या तिमी आफुलाई यति मजवुत बनाउ दमनकारीले पनि हात जाेड्दै भनाेस् "म हारे" । परिस्थिति सँग घुडा टेकेर आफुलाई र आफ्नाे अस्तित्वलाई पाउमा चढाएर हैन झनभन्दा झन कठिन परिस्थिति सामना गरेर आफुलाई "म" सिद्ध गरेरै छाेड्ने प्ररण गराै ! याे निर्दयी दुनियाँ झुक्ने छ एकदिन ।
फुर्सदको समयमा कहिलेकाहीँ इतिहासको अध्ययन गराै ! जुन बेला याे सारा दुनियाँ पराइ भएको हुन्छ तर इतिहास आफ्नाे भैदिने छ । जब हारेर जीवन समाप्तिको याेजना बुनिदै गर्दा इतिहासले जीवन बाँच्ने हाैसला दिनेछ ! हामीले समय बेर्थै खर्चेका हुन्छौं तर त्यहीँ समयलाई सदुपयोग गरेर "सिद्धपुरुष" बन्न सक्छौ । जसले याे संसारमा आफ्नाे नाम स्वर्णिम अक्षरले लेखाएर गए ! तिनिहरुकाे धरातल तिम्रो भन्दा फरक थिएन ! सायद तिम्रो भन्दा दयनीय थियाे । जस्तै पढ्न जादा पुस्तक सँगै घरबाट सुकुल समेत बाेकेर जानू पर्थ्याे । याे मान्छेलाई स्कुलकाे काेठाभित्र छिर्ने अनुमती थिएन । किनकि उनी तथाकथित तल्लो जातकाे अरे । कुवामा पानी पिउन जादा ढुंगा बर्साइयाे ! समाजले घृणा गरे तिरस्कार गरे ! गर्न बाँकी केही नराखि गरे ! तर उनकाे पुरुषार्थलाई छुन सकेन ! हल्लाउन सकेन ! उनै अछुत, हेपिएकाे, थिचिएकाे र तिरस्कार गरिएको केटा स्वतन्त्र भारतकाे पहिलाे कानुनमन्त्रि भए । जसकाे नाम डा. भीमराव अम्बेडकर हाे ।
हिजाे जसले तिरस्कार गर्थे अाज समयले उनिहरुलाई ढाेग्नु पर्ने ठाउँमा उभ्यायाे । के हामी सँग पीडा दिनेलाई र घृणा तिरस्कार गर्नेलाई "धन्यवाद" दिने हिम्मत छ ? छैन ! किनकि हामी मान्छे भएर पनि मान्छे हुन सकेका छैनौं । यी महान ब्यक्तिबाट हामीले लिनुपर्ने प्रेरणा "अरुले थिच्नु भनेको समाप्त हुनु हाेइन ! म भित्रकाे शक्तिलाई निकाल्ने वातावरण बन्नु हाे ! त्यसकारण अरुलाई गाली गर्नु पर्दैन ! आफुलाई उठाए पुग्छ ।"
जय स्वाभिमान
लेखक : धुर्व महता ICB project अन्तरगत पि.आर.एल् कुमार कम्पनीका, ल्याब म्यानेजर तथा एक बौद्धिक युवा तथा बिभेद बिरुद्ध का अभियन्ता पनि हुन ।