राजनितिक ब्यवस्थाको नाममा आफ्नो देशको कमजोर जनतालाई सफेद झुट बोल्दै आफ्नो दुनो सोझ्याउनेहरुको भ्रष्ट सत्ता र ब्यवस्थालाई अपरिवर्तनिय सत्ता र शक्ति हो भन्ने ठान्नु जस्तो घातक कुरा अरु केही हुन् सक्दैन ।
ठिक छ माहाराज भन्दै राणा भगाउनेहरु- सबै ठिक ठाकछ सरकार भन्दै राजा भगाउनेहरु र सबै ठिक ठाक छ ( कमरेड ) दाजु भन्दै दलका नेतालाई सत्ताबाट जेल सम्म पुगाउनेहरुको सम्बन्ध बिचित्रको हुँदो रहेछ भन्ने कुरा हामिले बुझेकाछौं ।
अब देश पक्कै पनि प्रगतिको मार्गमा जान्छ । राजा र राजसस्थाले बाह्य राजनितिक शक्तिहरु समक्ष हामिलाई आफ्नै तरिकाले अगाडि बढ्नका लागि सहज बताबरण बनाईदिने सम्मको भुमिका खेलिदिनुपर्छ ।
बिगत राजनितिक दलका नेताहरुले धोका दिएका नेपाली लाखौं युवाहरु बाहिरबाट फर्किदैछन् र देशभित्र पनि दलका नेताहरुका पछि लागेर पनि स्वार्थ लिन नचाहँने लाखौं युवाहरु अलपत्र जीवन बाँचिरहेका छन् । यो दुईथरी युवाहरुलाई नेपालको राजसस्थाले खुलम खुल्ला काँध हाल्नका लागि तयार हुनुपर्छ ।
त्यसपछि हेरौला- यो देशमा शान्ती कसरी नहुँदो रहेछ- देश बिकास कसरी नहुँदो रहेछ र जनताले सुखको जीवन बाँच्न कसरी नपाउँदा रहेछन् ।
नेपालिले एउटा महत्वपूर्ण बिषयमा होसियारी गर्नुपर्छ- त्यो के भने- बिदेशिले राजसस्थालाई फर्काइ दिने सर्तमा आफ्ना दलालहरुलाई नै सत्तामा राखेर जानका लागि राजालाई बाध्य पार्न सक्ने खतरा देखिन थालेकोछ । यस तर्फ आम देशभक्त नेपालिहरु अत्यन्तै सजक हुन जरुरिछ र खबर्दारी गर्दै जानुपर्छ ।
किन कि जनताको साथ कमजोर भयो भने- राजाले बिदेशिका सामु झुक्नुपर्ने अबस्था आउन सक्छ- त्यसैले आम देशभक्त नेपालिहरुले राजा र राजसस्थालाई नेपाल राष्ट्र र नेपाली जनता अनुकुल बन्नका लागि निरन्तर खबर्दारी गर्नुपर्छ ।
बिदेशिले सजिकै फर्किन दिने गरि नेपालको राजा र राजसस्थालाई राष्ट्रिय राजनितिबाट जबर्जस्ती षडयन्त्रपुर्ण तरिकाले बाहिर पारेका हुँदै होईनन् । हरेक राजनितिक बिचारका देशभक्त नेपाली जनताले राजसस्थालाई हटाउनुको मुख्य कारण बारे जानकारी पाएको हुँनाले र फर्किनुपर्छ भन्न थालेको हुँनाले बिदेशिहरुको कालो मन फर्किएको हुनुपर्छ ।
अबको राजसस्था र राजा राष्ट्रवादी मात्र होईन- जनवादी समेत हुनुपर्छ । कस्तो राजा र राजसस्था बनाउने भन्ने अधिकार हामी नेपाली जनताकै बिचारका तागतमा निर्णय गरिनुपर्छ ।
लाखौ नेपालिहरु बिश्वमा कामका शिलशिलामा यात अध्यनका लागि बाहिर देशमा गएका छन् । फार्न्स- जापान- अमेरिका- कोरिया- बेलायत लगायतका देशमा रहे बसेका नेपालिलाई त्यहाको राज्य ब्यवस्था र सरकारले आफ्नै देशका नागरिक स्वसरह खाने- बस्ने सुरक्षा लगायतका ब्यवस्था मिलाएकोछ भन्ने कुरा त्यहाँ रहेका नेपालिले हामिलाई सुनाउने गरेका छन् ।
खाडी मुलुकमा रहे बसेका नेपालिहरुलाई त्यहाँको सरकारले खासै कुनै ब्यवस्था गर्न नसकेको र नचाहेको भन्ने सुनिदैछ । यस्तो बेलामा त्यहाँ स्थित नेपाली दूतावास मार्फत आफ्नो देशको जनतालाई नेपाल फिर्ता ल्याउनका लागि नेपालको दलिए सरकारले के कस्तो पहल गरेकोछ ? यस बारेमा कुनै जानकारी नेपाली जनतालाई यो सरकारले दिन सकेको छैन ।
अराजनीतिक चरित्र भएका नेपालका नेताहरुको विकल्प समयमै खोज्नका लागि नेपालिहरु मानसिक रूपमा अब पनि तयार नहुने हो भने- देशमा अस्वभाविक राजनितिक मात्र होईन-आर्थिक संकट समेत आईलाग्नेछ भन्दैछन् बिज्ञहरु ।
जनतालाई लकडाउन भन्दै घरभित्र बन्धक बनाईएका बेला माक्स लगाएर षडकमा आन्दोलन गर्न जाने र माक्स लगाउँदै बालुवाटार भित्र सत्ताको राजनिती गर्ने पाखन्डतालाई लोकतान्त्रिक राजनितिक अभ्यास हो कसैले भन्छ भने- त्यो जस्तो मूर्ख अरु कोही हुन सक्दैन ।
नेपालका नेताहरुले मान्न नपर्ने लकडाउनको औचित्य समाप्त भएकोछ । अब्यवस्थित र अस्वभाविक तरिकाले बिदेशिको सिको गर्दै गरिएको लकडाउनका कारण नेताहरु र मुठ्ठीभर तिनका वरिपरि घुम्ने कार्यकर्तालाई बाहेक- नेकपाकै आम कार्यकर्तालाई समेत बिपदको कारण बनेकोछ ।
सत्ताका लागि बिवेक गुमाउँदै जुधी रहेका नेताहरुले आफै जानेर यो लकडाउनलाई सुरक्षित रहने सर्त सहित आफै नखोल्ने हो भने- नेपाली जनताले आफै उलंघन गर्दै बाहिर निस्किन बाध्य हुनेछन् । त्यो अबस्था आयो भने- नत बालुवाटार नत कुनै टार- कतै पनि नेताहरु सुरक्षित बस्न सक्ने अबस्था छैन ।
यस्तो अबस्था आउनु भनेको राष्ट्रिय सुरक्षा खतरामा पर्नु हो । भोकमरीमा परेका जनता- दलका नेताहरुका रबैयाका कारण अन्याय र अत्याचारमा परेका जनता एकै पटक लकडाउनको ब्यवास्था गर्दै आफै बाहिर निस्किए भने- समाल्न सक्ने यो राज्य संग तागत छैन ।
यदी त्यस्तो हुन गयो भने- राज्यको रहल पहल सुरक्षा अंगहरुलाई बन्दुक सहित षडकमा निकाल्नुपर्ने हुन्छ । गृहयुद्धका लागि राज्यका सुरक्षा अंगहरुले आफै आयोजना गरेको त्यो नै पहिलो रिहलशल हुनेछ ।
जुन देशका साशक प्रसाशकहरु बिवेकहिन हुन्छन् त्यहाँ त्यहाँ यस्तै यस्तै असाबधानिका कारण देश युद्धमा जाने गरेका छन् । आजको यस्तो बिकराल अबस्थामा पनि बालुवाटारमा अर्को को प्रधान मन्त्री हुन्छ त्यसैलाई सलामी दिउला भनेर कुरेर बस्ने नालायक सुरक्षा अंगका माथिल्लो स्तरका बडाकाहिमहरुको जति भत्सर्ना गरे पनि कमै हुनेछ ।
फेरि पनि एक पटक देश बनाउने र बचाउने अन्तिम जिम्मा नेपाली जनताकै काँधमा आएकोछ ।
जता ततै जनताले दुख बेहोर्नु परेको यस्तो बेलामा नेपालमा सत्ताशिन दलका नेताहरुको सत्ता र शक्तिको खेल सुरु भएकोछ । यस्तो अबिवेकी साशक र सत्ताले नेपाली जनतालाई कसरी बचाउन सक्छ ? यो निकै गम्भीर र पेचिलो प्रश्न हो ।
बिकशित राष्ट्रमा भएका जनतालाई नेपाल ल्याउन नसकिए पनि खाडिमा अलपत्र परेका नेपालीलाई नेपाल सरकारले फिर्ता ल्याउनका लागि पहल कदमी किन गर्दैन ? यस तर्फ संसारमा रहे बसेका नेपालिले बिवेकहिन साशकहरु र सत्तालाई खबर्दारी गर्नुपर्छ ।
बिदेशमा गएका नेपालिले तिरेको रेमिट्यान्शबाट बाँच्ने साशक प्रसाशकहरुले दुखमा परेका नेपाली युवा युवतिलाई आफ्नो देशमा फिर्ता ल्याउनका लागि उनका बाउको सम्पती बेच्नुपर्दैन- बिदेशिएका युवा युवतिले बुझाएको रेमिट्यान्शबाट नै खर्च गरेर ल्याउने हो । सबैले यस बिषयमा आवाज बुलन्द गर्नुहोस् ।