मुग्लानी खबर- १६ चैत्र आइतबार
कोरोना भाईरस नियन्त्रण र रोकथामका लागि राज्यका सुरक्षाकर्मिहरु यो समयमा जसरी खटेका छन् त्यसरी बिगतको युद्धमा समेत खटेका थिएनन् भन्दा हुन्छ । खटेका त थिए तर स्वयम आत्मरक्षाका लागि मात्र खटेको जस्तो व्यवहार र स्वभाव देखाउने गरेका थिए ।
लकडाउनका बेला कोरोना भाईरसबाट जनतालाई सुरक्षित राख्नका लागि सुरक्षाकर्मिले राजधानिमा जुन काम गरेका छन् यसले नेपालका सुरक्षाकर्मिहरु जनता प्रती पुर्ण रूपमा जिम्मेवार छन् भन्ने कुरा देखाएकोछ ।
नेपालका सुरक्षाकर्मी पनि यही समाजका उत्पादन भएको हुनाले उनिहरुका एकाध कमि कमजोरी होलान् यस्तो संकटका समयमा त्यो महत्वपूर्ण मानिदैन ।
नेपालका सुरक्षाकर्मिको जनता बचाउने उदेश्य
सहितको जुन सकृयता देखिएकोछ- यस कार्यबाट म
निकै आशाबादी भएकोछु र नेपालका समग्र सुरक्षा
अंगका प्रमुखहरु र सकल दर्जाका सुरक्षाकर्मिलाई के
कुरा भन्न मन लागेकोछ ।
नेपालका राजनितिक दलका नेता,कार्यकर्ता,उनिहरुका विभिन्न जन बर्गिय संगठनहरु यस्ता बिषयमा कतै उपस्थिती देखिदैन र देखाउन सक्दैनन् । बन्द कोठामा बसेर जनताका नाममा उधारा सन्देश दिने फटाहा नेताहरुको अराजनीतिक धन्दालाई सदाका लागि अन्त्य गर्ने हो भने,नेपालका सुरक्षाकर्मिका लागि यो उपयुक्त समय हो जस्तो लाग्दैछ ।
अरु सुरक्षा अंगहरु संग नहोला-नेपाली सेना संग ठूलो आर्थिक धनराषि छ र उसले त्यो सम्पतिलाई कल्याण कोषका नाममा र अन्य धन्दाका नाममा व्यापार गरेर हाकिम साहबहरुको भुँडी भर्ने काम गरेकोछ । यदी नेपाली सेनाले भोलिको नेपालको बिकराल राजनितिक अबस्थालाई जान्न सकेकोछ भने र नेपाल राष्ट्र र नेपाली जनताको जीवन सुरक्षित राख्नु आफ्नो धर्म हो भन्ने ठान्दछ भने यही मौकामा आपतकालीन अबस्थाको घोषणा गर्दै राज्यको सारा साधन स्रोत नेपाली जनताको जीवन रक्षामा लगाउन सक्छ ।
भ्रष्ट नेताहरुलाई सुरक्षित राखेर जनतालाई मात्र लकडाउनको भार थोपर्नु भन्दा आपतकालीन अबस्थाको घोषणा गर्दै भ्रष्ट नेताहरुलाई क्वारेन्टाइनमा राखेर अगाडि जाने हो र जनतालाई खानपानको बन्दोबस्ती मिलाई दिने हो भने नेपाली जनता महिनौ घर बाहिर नजाने अबस्था आफै सृजना हुनेछ ।
त्यसो गर्दा सुरक्षाकर्मिलाई पनि सन्चो हुनेछ र नेपाली जनतालाई पनि सन्चो हुनेछ ।
ॐ जय गोरख ।