मुग्लानी खबर- बिस्वभरी डढेलोसरह फैलिएको महामारी नोभल कोरोना भाईरस ( COVID-19)को लाई मध्यनजर गर्दै यतिबेला बिश्वका विभिन्न देशहरुले लकडाउन घोषणा गरे सङै नेपालले पनि गत चैत्र ९ गते देखि आगामी चैत्र १८ गते सम्म लकडाउन घोषणा गरिएको छ।
अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन सरकारले बताएको छ।"लकडाउन" जारी गरे सङ्गै कतिपयलाई कर्फ्यु जस्तो लाग्न सक्छ तर लकडाउन र कर्फ्यु उस्ता उस्तै लागेपनी यी फरक हुन।
गृह मन्त्रालयका अधिकारीहरुले सुरक्षा चुनौती देखिएमा कर्फ्यू लगाउँछन् भने सुरक्षा बाहेकका अन्य कारणले मानिसहरुलाई आउ-जाउ गर्न नदिन लकडाउन गरिन्छ । लकडाउन संक्रामक रोग ऐन-२०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कर्फ्यू स्थानीय प्रशासन ऐनअनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले लगाउन सक्छ ।
लकडाउन कर्फ्यु जस्तो कडा हुँदैन । तर, लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ सय रूपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।
स्वास्थ्य र सुरक्षाका सवारी साधन सञ्चालन हुन पाउँछन् । यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट छ ।