
इन्डो-प्यासिफिक क्षेत्रमा चीनको "आक्रामक कार्यहरू" बारे जारी चिन्ताको बीचमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार बेइजिङ विरुद्ध गठबन्धनलाई बलियो बनाउन "नियममा आधारित आदेशको रक्षा गर्नु" पर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो देशहरूलाई "आफ्नो बाटो रोज्ने" अधिकार हुनुपर्छ।
इन्डो-प्यासिफिक क्षेत्रमा अमेरिकाको रणनीतिको रूपरेखा प्रस्तुत गर्दै इन्डोनेसियाको दुई दिने भ्रमणमा रहनुभएका ब्लिन्केनले भन्नुभयो, "हामी हाम्रा सहयोगी र साझेदारहरूसँग मिलेर दशकौंदेखि मिलेर बनाएका नियमहरूमा आधारित व्यवस्थाको रक्षा गर्न काम गर्नेछौं र ती क्षेत्र खुला र पहुँचयोग्य रहनेछन्।"
"नियममा आधारित आदेशको रक्षा गर्ने लक्ष्य कुनै पनि देशलाई तल राख्नु होइन बरु बलजफती र धम्कीबाट मुक्त सबै देशहरूको आफ्नो बाटो रोज्ने अधिकारको सुनिश्चितता गर्नु हो," अल जजीराले ब्लिन्केनले जकार्ताको विश्वविद्यालयमा दिनुभएको उक्त भाषणलाई उल्लेख गरेको छ।
अल जजीराका अनुसार ब्लिन्केनले वाशिंगटनले देशहरूलाई अमेरिका र चीनको बीचमा छनोट गर्न वा चीनसँग द्वन्द्व खोज्न बाध्य पार्ने प्रयास नगरेको बताउँनु भएको छ। तर उहाँले "उत्तरपूर्वी एसियादेखि दक्षिणपूर्वी एसिया र मेकोङ नदीदेखि प्रशान्त टापुहरूसम्म" बेइजिङको आक्रामक कारबाहीबारे गुनासो भने पोख्नु भएको थियो। रासस-एएनआई