प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार दिल्ली-मुम्बई एक्सप्रेसवेको पहिलो चरणको उद्घाटन गर्नु भएको छ ।
उत्तरी भारतको राजस्थान राज्यमा दिल्ली-मुम्बई एक्सप्रेसवेको २४६ किलोमिटर लामो दिल्ली-दौसा-लालसोट स्ट्रेचको शिलान्यास गरिएको थियो । सो एक्सप्रेसवेले नयाँ दिल्लीदेखि राजस्थानको राजधानी जयपुरसम्मको यात्रा समय पाँच घण्टाबाट घटाएर करिब साढे तीन घण्टामा झार्ने बताइएको छ ।
प्रधानमन्त्री मोदीले एक्सप्रेसवेले यस क्षेत्रमा आर्थिक गतिविधिलाई थप बढावा दिने अपेक्षा गरिएको बताउनु भएको छ । दिल्ली-मुम्बई एक्सप्रेसवे (१,३८६ किलोमिटर) भारतको सबैभन्दा एक्सप्रेसवे हुनेछ।