काठमाण्डौ,गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा निशुल्क स्वास्थ्य जाँच तथा औसधि बितरण कार्यक्रम वडा ५ को परिसरमा जेष्ठ ६ गते शनिबारका दिन सम्पन्न भएको छ।
गोकर्णेश्वर नगर वडा नं ५ को आयोजनामा भएको उक्त कार्यक्रममा गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसाल,वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रबक्ता नारायण बहादुर सुवेदी,वडा नं ६ का वडा अध्यक्ष नवराज लामा,वडा सदस्यहरु धर्म थिङ तामाङ,कमला नेपाली,श्री बहादुर योगी,लक्ष्मी पुडासैनी लगायत डक्टर ,नर्स, स्वास्थ्य कर्मी बुद्धिजीवी समाजसेवी पत्रकार स्थानीय दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्थानीय बिरामीहरुको उक्त रक्तचाप,मधुमेह,नाक कन्न घाँटी सम्बन्धी सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो।कार्यक्रमबाट दर्जनौ स्थानिय दाजुभाई तथा दिदीबहिनीहरुले सेवा लिएका थिए।
कार्यक्रममा बोल्दै वडा नं ६ का वडा अध्यक्ष नवराज लामाले वडा नं ५ ले जनताको स्वास्थ्य जस्तो संवेदनशील कुरामा चासो राखी निशुल्क स्वास्थ्य परिक्षण र औसधि वितरण कार्यक्रम आफैमा सह्रानीय रहेको बताउदै यो कार्यक्रममा सबै वडाको समेत सहभागी भएर सुविधा लिन सकिने बताएका थिए।
त्यसैगरि वडा अध्यक्ष तथा नगर प्रबक्ता नारायण बहादुर सुवेदीले स्वस्थ नगरबासी बनाउने नगरपालिकाको अभियानलाई यो कार्यक्रमले मद्धत पुग्ने अपेक्षा सहित यो वडाले आयोजना गरेको कार्यक्रम हो।यो नगरपालिका भित्र जनताको समस्या र समाधानका लागि अस्पताल,चेक जाँच निशुल्क औषधि बितरण लगायतलाई चुस्त दुरुस्त रुपमा बढाइरहेका छौ जसको उदेश्य नगरबासीलाई स्वस्थ बनाउने भएको बताएका थिए भने कार्यक्रमलाई सफल बनाउन उपस्थित डाक्टर,नर्स, स्वास्थ्यकर्मी,समाजसेवी बुद्धिजीवी जनप्रतिनिधि लगायत सम्पुर्णलाई धन्यबाद समेत ब्यक्त गरेका थिए।