बागमती प्रदेश धादिङको खनियाबास गाउँपालिका-४ घाम्सा,सल्लेरी दार्खा धादिङ राष्ट्रिय पर्व मञ्जुश्री संम्बत २८५९ सोनाम ल्होछार ह्योई ल्हो बिरालो बर्गको अबसरमा सोनाम ल्होछार वृहत म्हेन्दोमाया सांस्कृतिक कार्यक्रम हुने भएको छ।
रङ्ज्युङ तेन्पा बोद्ध गुम्बाको आयोजना तथा रङ्ज्युङ युवा समाज सह आयोजक खनियाबास गाउँपालिका प्रमुख राना बहादुर तामाङको प्रमुख आतिथ्यमा हुन लागिएको उक्त कार्यक्रममा गरिमामय उपस्थितिको लागि सम्पूर्ण ल्होछार प्रेमि आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक निमन्त्रणा अध्यक्ष दिल बहादुर तामाङले गर्नु भएका छन ।
कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनका लागि ख्यातिप्राप्त चर्चित कलाकारहरु युबि मोङ्रेसा, रमला पाख्रिन, सन्दीप स्याम्चेन,दिल कुमार,बिकाल तामाङ,सृष्टि थोकार,मोहन सिंह,निसा तामाङ लगाएत कलाकार संघका कलाकारहरु उपस्थिति रहने आयोजकले जनाएको छ ।