काठमाडौं, मनमैजुमा राष्ट्रिय पर्व मञ्जुश्री संम्बत २८५९ सोनाम ल्होछार ह्योई ल्हो (तवार,बिरालो) बर्गको अबसरमा शुभकामना आदान-प्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ।
कार्यक्रम माघ १४ गते शनिबार श्री मानंसिङ धर्म माध्यमिक बिद्यालय प्रङन,मनमैजु,काठमाडौंमा तामाङ जातिको महान चाड तथा नयाँ वर्षको रुपमा मानाईने सोनाम ल्होछारलाई भब्य रुपमा मनाउनको लागि म्हेन्दोमाया कलाकार संघ नेपाल पालिका कार्यसमिती रुबि भ्यालीले कार्यक्रमको तयारी गरिएको छ।
म्हेन्दोमाया कलाकार संघ नेपाल पालिका कार्यसमिती रुबि भ्यालीको आयोजनामा तामाङ समुदायको महान राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा “मौलिक संस्कार,संस्कृतिको संरक्षण गरौं, २८५९ औं सोनाम ल्होछार भब्यताका साथ मानाऔ” भन्ने मुल नाराका साथ आफ्नो मौलिक पहिरनमा सजिएर “शुभकामना आदान-प्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम २०७९ काठमाडौमा भब्य रुपमा मनाइने भएको छ ।
मेन्दोमाया कलाकार संघ रुबीभ्याली कार्यसमितिको आयोजनामा पुर्बगृहमन्त्री मा.बुद्धिमान तामाङको प्रमुख आतिथ्य एबं प्रतिनिधि सभा सदस्य बिना लामा र प्रदेश सदस्य डम्बर तामाङको विशेष आतिथ्यमा हुन लागिएको उक्त कार्यक्रममा गरिमामय उपस्थितिको लागि सम्पूर्ण ल्होछार प्रेमि आमा बुवा दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक निमन्त्रणा संघका अध्यक्ष जयबिर तामाङले गर्नु भएका छन ।
कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनका लागि ख्यातिप्राप्त चर्चित कलाकारहरु हेम वाइबा,राम गोम्जा, रोशन फ्युबा,मर्नेन वाइब,आरम्भ तामाङ लगाएत कलाकार संघका कलाकारहरु उपस्थिति रहने आयोजकले जनाएको छ ।