
जम्बुलिङ फिल्मस प्रा. लि. ले गत चैत्र २६ गते शनिवारका दिन काठमाडौंको गंगबु स्थित रहेको बिजिबाङक्येटमा बृहत् सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।
हाम्रो कला हाम्रो शान, हाम्रो सांस्कृति हाम्रो पहिचान भन्ने नाराको साथ १० औं वार्षिक उत्सव को अवसरमा नव वर्ष २०७९ को शुभकामाना अदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रम र जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को घोषणा कार्यक्रमलाई प्रमुख अतिथि पुर्व पर्यटन, संस्कृति तथा नागरिक उड्यान राज्य मन्त्रि परशुराम तामाङ र वरिष्ठ समाजसेवी एवं रा.ज.पा. को शसत्त युवा नेता बिषेश अतिथि डा. भिमलाल तामाङले दिपप्रज्वलन गरि कार्यक्रमको उद्बघाटन गरेको थियो ।
कला सांस्कृतिको संरक्षण र सम्बर्द्वनका लागि प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्ने एक दर्जन भन्दा धेरै कलाकार हरुलाई कार्यक्रमबिच आयोजक संस्थाले प्रमुख अतिथिको हातबाट दोसल्ला र सम्मान पत्रले सम्मान गरेको थियो ।
श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ प्रा. लि.ले जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ आगामी साउन महिनाभित्रमा गर्ने भएको छ । ४८ वटा विधामा रहेको अवार्ड गत चैत्र २६ गतेदेखि यहि बैशख ३० गते सम्म आवेदन खुल्ला रहेको छ भने जेठमा नोमिनेशन हुने छ । आजैबाट जम्बुलिङको कार्यलयमा सम्पर्क गरि गीत संगीतमा अबध्द कलाकार हरुले आ आफ्नो बिधामा फारम भर्न सकिने छ ।
म्हेन्दोमाया किङ गायक सागर एस. वाईबाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम गायक आशिस गोङ्बो तामाङले सन्चलान गरेको थियो ।
दर्शकले भरिएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधित्वहरु विभिन्न राजनितिक तह र तप्कामा रहेका राजनितिक प्रतिनिधित्वहरु, पत्रकारहरु उपस्थित रहेको थियो भने प्रमुख अतिथि परशुराम तामाङ र विशिष्ठ अतिथि डा. भिमलाल तामाङ लगायतले शुभकामना मन्तव्य रखेका थिए | उपस्थित अतिथि तथा दर्शकहरुलाई कार्यक्रमको बिच बिचमा एक दर्जन भन्दा धेरै चर्चित कलाकार हरुले भर्पुर मनोरञ्जन दिएको थियो |
अन्त्यमा प्रमुख अतिथि, बिषेश अतिथि ,अतिथि , विभिन्न संघसंस्थाका प्रतिनिधिहरु , विभिन्न राजनितिक तह र तप्कामा रहेका राजनितिक प्रतिनिधिहरु, पत्रकार, कलाकार, देश देखि विदेश सम्मका सहयोगी हातहरु र कार्यक्रम सफल पार्न अनवरत रुपमा खटिएका ब्यक्तिहरु र उपस्थिति जनाई कार्यक्रम सफल पारिएकोमा सम्पुर्णलाई जम्बुलिङ फिल्मसका प्रबन्ध निर्देशक तथा कार्यक्रमका सभापति राज किङ वाईबाले मन्तव्य मार्फत धन्यवाद ब्यक्त गरेको थियो ।