मुग्लानी खबर असोज ३१
नेपाल तामाङ घेदुङ,इजरायलको चौथो बार्षिकोत्सव विविध कार्यक्रमको साथ आउँदो नोभेम्बर १६ तारिख (शुक्रबार) साँझ ७ बजे देखि तेलअविव स्थित लेवेन्सकी स्ट्रिट ९९ नयाँ भवनको आठौं तल्लामा भव्यताको साथ मनाउने भएको छ।
चौथो बार्षिकोत्सवको शुभअवसरमा शुभकामना आदानप्रदान , तामाङ व्हाइखा(कविता) वाचन, सांस्कृतिक कार्यक्रम (नाचगान) संगै तामाङ जातिको मौलिक भेषभुषालाई प्रवर्द्धन र संरक्षणको लागि तामाङ महिला भेषभुषा प्रतियोगिता गर्ने भएको छ ।
प्रतियोगितामा तामाङ तथा गैर तामाङ दिदीबहिनीहरुले भाग लिन सक्ने संस्थाका महासचिव अनिला मोक्तान तामाङले जानकारी दिनु भएको छ | प्रतियोगिताको लागि तामाङ ठेट पहिचान झल्कने भेषभुषामा हालसालै खिचेको फोटो चौबन्दी चोलो (हाङरे), तागी/कुलाकी, (टोपी) के (पटुका) फरिया वा लुङ्ङी (स्यामा) घलेक (गा) पहिरनको साथमा गरगहनालाई मान्यता दिने जनाएको छ ।
प्रतियोगितामा इजरायलवासी दिदीबहिनीहरुले मात्रा भाग लिन पाउने छन् | प्रतियोगितामा भाग लिन कुनै शुल्क लाग्ने छैन | प्रतियोगितामा उत्कृष्ट प्रतियोगीलाई नेपाली रु १०,०००/( दस हजार) नगद पुरुस्कार सहित सिल्बर फ्रेममा प्रतियोगिताको फोटो राखेर प्रदान गर्ने भएको छ | प्रतियोगितामा भाग लिन इच्छुकहरुले इजरायलवासी दिदीबहिनीहरुले यथाशिघ्र सम्पर्क गर्न आव्हान गरेको छ | सहभागी सबैलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ ।
सम्पर्क तामाङ मौलिक भेषभुषा प्रतियोगिता २०१८ का संयोजक:उर्मिला पाख्रीन तामाङ फोन नं -०५४८३७४५५१ , सदस्य बी बी लामा तामाङ फोन नं -०५८५५०२५३०,फोन नं – सदस्य : सुन्दरसिंह लामा तामाङ फोन न: ०५२५४६३३३२,सदस्य :कल्पना मोक्तान तामाङ फोन न:०५२२१६९३७३ ,सदस्य : माया मोक्तान तामाङ फोन न:०५४४३६४५२२ सम्पर्क वा संस्थाको इमेल :
[email protected] मार्फत फोटो पठाउन सकिने छ ।
हमाद गदेरमा भ्रमण कार्यक्रम चौथो चौथो बार्षिकोत्सवको अवसरमा छुट्टीलाई मध्यनजर गर्दै नोभेम्बर १७ तारीख (शनिबार)मा नेपाल तामाङ घेदुङ इजरायलको ऐतिहासिक पाँचौ भ्रमण कार्यक्रमको आयोजन हमाद गदेर (तातोपानी नुहाउने ) लाने भएको छ ।
भ्रमण कार्यक्रमको मुख्य उद्धेश्य तामाङ शैक्षिक कोष मजबुत बनाउन रहेको छ । यसपटकको भ्रमण कार्यक्रम इजरायली रेस्टुरेन्टमा लन्च (दिउँसोको खाना) सहितको व्यवस्था गरिएको छ साथै थप मनोरञ्जन होस भन्ने हेतुले भाग्यशाली चिट्ठा राखिएको छ । हमाद गदेरमा तातोपानीमा नुहाउदा चर्म रोग ,ढाड दुख्ने ,जोर्नी दुख्ने कम हुने बिश्वास गरिन्छ । भ्रमण कार्यक्रमको सुनौलो अबसर नगुमाउन संस्था देखि बाहिर रहेका सम्पूर्ण तामाङ ज्यो ज्यो ,आले, नाना आङ् , लगायत समस्त भ्रमण प्रेमि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सहभागी हुना हार्दिक अनुरोध गरेको छ।