सन्तोष कुवंर , अलखोर कतार
“साहित्य जिवन र जगतको दर्पण हो” भन्ने मुल नारालाई लिएर अगाडि बडेको सन्ध्याग्रुप कतारको उपसमिति साहित्य बिधा मुग्लानी सौगातले साहित्यिक सर्जकहरु माझ ४१ औँ वाचन श्रृङखला गत बिहिवार ११अगस्त २०१६ का दिन अलखोर स्थित आफनै कार्यलयमा सम्पन्न गरेको छ ।
सभापति संस्थाका अध्यक्ष बिरेन्द्र कु थाक्थुम्बा रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी प्रबासी तामाङ समाज कतारका अध्यक्ष तथा सन्ध्याग्रुप कतारका प्रमुख सल्लाहकार थर्चा लामा, बिशेष अतिथी अन्तरास्ट्रिय साहित्य समाज कतार च्याप्टरका द्वितीय उपाध्क्ष प्रेम प्रसाद भट्टराई, अतिथि हरु नवोदित साहित्यक वाचनलय कतारका सचिव राजन लामा, गणेश क्षेत्री, आईवोश अलखोर ईन्चार्ज राजु रुजाल, सन्ध्याग्रुप खेलकुद परिषदका पुर्व अध्यक्ष विष्णु मरासनी, भविलाल शुनार, राम पाण्डे लगायतका अतीथि गणको उपस्थिति रहेको उक्त वाचन श्रृङखलामा बिक्की गमाल, भविलाल शुनार, भुवन बि.क, सन्तोष कुंवर, विष्णु मरासिनी , गणेश क्षेत्री, राजन लामा, लगायतका साहित्यिक सर्जकहरुले आ आफना गजल कविता गीतहरु प्रश्तुत गरेका थिऐ । उक्त कार्यक्रमा बिषेश अतिथी अन्तराट्रिय साहित्य समाज कतार च्याप्टरका उपाध्क्ष प्रेम प्रकास भट्टराईले उपस्थित साहित्यिक अनुरागीहरुलाई गजल लेखेंबारे प्रस्ट पार्दै आफनो रचना वाचना गर्नुभएको थियो तेसै गरि प्रमुख अतिथि तामाङ समाज कतारका अध्यक्ष तथा सन्ध्याग्रुप कतारका प्रमुख सल्लाहकार थर्चा लामाले मुग्लानी सौगातले गर्दे आएको वाचन श्रृङखला लाई निरन्तरताको कामना गर्दे दोहा देखि टाढा अलखोरमा रहेर पनि यसरि साहित्यिक वाचन श्रृङखला कार्यक्रम गर्नपाउनु खुसिको कुरा भएको बताउनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष बिरेन्द्र कु याक्थुम्वा ले साहित्यको दायरा विशिष्ट भएकोले गीत संगीत साधना गर्दा पनी साहित्य लेखन बाटै सोच्नुपर्ने हुन्छ भने मानसिको दु:ख पिडा र मनका भावना र उमंगहरुको बिसाउने चौतारी पनी साहित्य नै हो चाहे त्यो कविता, गजल मुक्त, या गीत नै किन नहोस , भन्दै उपस्थिति सबैलाई धन्यबाद कार्यक्रम समापन घोषणा गरेका थिए । कार्यक्रमको संचालन सदस्य श्री तामाङ र स्वागत मन्तब्य महासचिव उमेश बस्नेत ले राखेका थिए ।