मुग्लानी खबर-असोज २७
नेपालीहरुको महान चाड बडादशैँ, तिहार, बलिहाङ ताङनाम ,म्ह:पुजा तथा छठको पावन अवशरमा खुल्ला नकाउट फुटबल प्रतियोगिता-२०१८ को उद्घाटन समारोह हिजो शुक्रबार साझँ ५:३० मा कतारको अलखोर स्थित बरुवा स्टेडियम कम्प्लेक्समा भव्यताका साथ भएको छ ।
कतारमा नेपालीहरुको लोकप्रिय संस्थाका रुपमा स्थापित सस्था संघीय लिम्बुवान सामाजिक मञ्च केन्द्रिय कार्यसमिति कतार अन्तरगतको “खेलकुद विभाग”ले आयोजना गरेको मैत्रिपुर्ण खुल्ला नकआउट फुटबल प्रतियोगिता को उद्घाटन सभापति प्रमुख अथिति र बिशेष अथितिहरु द्वारा ब्यानर अनावरण, र दिप प्रजलनसंगै राष्ट्रियगान गाएर औपचारिक उद्घाटन समारोह गरेका थिए ।
एतिहासिक पहिलो खेल लाई खेलकुद बिभागको संम्योजक खगेन्द्र नेम्बाङ लिम्बुको अध्यक्षता भएको सो कार्यक्रममा सलिसाम कतार कावा.अध्यक्ष रेखा राईको प्रमुख आतिथ्य, तराई मधेस लोकतान्त्रिक मन्चका अध्यक्ष हुसेन खान, नेपालि मुस्लिम समाजका अध्यक्ष मोहम्मद मुक्तदा, अन्तर्राष्ट्रिय पत्रकार महासंघ कतारका अध्यक्ष करिम्बस मिया, समाज सेवी बिष्णु जगं कार्की, नेपाल तामाङ घेदुङ संघका पुर्ब केद्रीय सदस्य समाज सेवी राम तामाङ सन्ध्या ग्रुप अध्यक्ष बिरेन्द्र याख्थुङबा/सुबाश, ट्याग्श युथ ग्रुप अध्यक्ष प्रविन घिमिरे, समाज सेवी रोशन तामाङ, सन्ध्या ग्रुप खेलकुद अध्यक्ष राज रुचाल, समाजसेवी खगेन्द्र राई रहेका थिए।
सलिसाम कतारका उपाध्यक्ष जगदीश ढुंगेल, महासचिव ड्म्बर लिबाङ, सलिसाम कतारका उप महासचीव सुमन सहयात्री योङ्हाङ लिम्बू, सलिसाम कतारका अर्थात सचिब कुमार यङहा सह-सचिब राज सिसाम लिम्बू ,सलिसाम कतारका के.स.तथा महिला बिभाग का सदस्य बिमला राई, सलिसाम कतार अन्तर्गत लेबर सिटि क्षेत्रका अध्यक्ष लोकेन्द लिम्बु, शहेलिया क्षेत्र का अध्यक्ष सुरेश नेम्वाङ लिम्बू, क्षेत्र हुमसलाका अध्यक्ष तेज बहादुर थेबे, योगेन्द्र चेम्जोङ्ग, महिला अथितिहरु सपना जबेगु, किरात याक्थुङ चुम्लुङ लगायत अथितिहरुको बाक्लो उपस्थिति रहेको थियो भने साँझ ६ बजे नेपाली राष्ट्रिय खेल-संगीतको चर्को धुनसंनगै मैदानमा प्रमुख अथिति रेखा राई र विशेष अथिति बिष्णु जुङ्ग कार्की द्वारा रिबन काटी खेल उद्घाटन संग संगै प्रमुख अथिति रेखा राईले पोष्टमा खुट्टाले हानेको बल अथिति बिनिता राईले छेक्दै खेल शुरुवात गरिएको थियो ।
जम्मा २८ टीमले दर्ता रहेको खेलमा सो-पहिलो दिन ३ ओटा खेल मा ६ टिमले खेलेका छन् ।सो टिमहरु क्रमश: पहिलो खेल आयोजक vs के वाई सि.अलखोर त्यस्मा आयोजकको तर्फबाट ४ गोल भएको थियो।पहिलो गोल किसान याखा जर्सी नम्बर १०ले खेल शुरु भएको पाचौं मिनेटमा गोल गरेका थिए।दोश्रो हाफमा प्रकाश गुरुङ्ले दुई र मनोज राईले एकगरि जम्मा जिरोका बिरुद्द ४ को अन्तरले आयोजक संघीय लिम्बुवान समाज बिजय भएको थियो।
दोश्रो खेल सिएफसि रातो VS ट्रयाग्श युथ ग्रुप (ए ),ट्रयाग्श "ए"लाई १ को बिरुद्ध २ गोल गरि CFC रातो बिजय भएको थियो।पहिलो गोल ट्रयाग्श को तर्फबाट जर्सी नम्बर ९ रुपन राईले गरेको थियो भने CFC रातो को तर्फबाट दुबै गोल जर्सी नम्बर १२ राजकुमार चौधरीले गरेका थिए।
तेश्रो खेल ओ.टी. यस Vs अलखोर एफ़्टि भएको थियो। ओ .टी .यसले दुईका बिरुद्द ४ को अन्तरले गोल गरी ओ .टी. यस अलखोर बिजय भएको थियो।जस्मा अलखोर एफ़्टिको तर्फबाट मेन डिफेन्डर कर्मा घलेले १ गोल र धनबहादुर घिसिङले १ गोल गरेका थिए भने ओ.टी .यसको तर्फबाट आशिष् गुरुङ १ गोल केशब बिस्ट २ गोल र एकगोल चाहिँअलखोर एफ़्टिले आफै आत्माघाती गोल खान पुगेका थिए।
आयोजक टिमको क्याप्टेन मनि नेम्बाङ,KYC fc को क्याप्टेन राजकुमार दनुवार,CFC रातो को क्याप्टेन बिष्णु राई,टिम कोच देव चौधरी र निशम राई। ट्रयाग्श टिमका क्याप्टेन मानबहादुर लिम्बु टिमकोच कुलबहादुर वनेम,OTS al khor को क्याप्टेन माने तामाङ टिमकोच नारायण गुरुङ र अलखोर एफ़्टि को टिम क्याप्टेन सोम थोकर रहेका थिए ।
औपचारिक कार्यक्रमको बोल्ने क्रममा प्रमुख अथिति बिशेष अथितिहरु बाट एतिहासिक पहिलो चोटी गर्दै गरेको खेल आयोजकप्रति अति लोकप्रिय र चुनौतिपूर्ण खेल संघिय लिम्बुवान सामाजिक मचं कतार अन्तर्गत खेलखुद विभागले आयोजना गरेकोप्रति उच्च प्रससां गर्दै नेपालीहरुको महान चाड दशै दिपावली छठपर्ब र बलिहाङ ताङनाम को शुभकामना सहित खेल सफलताको शुभ-इच्छा प्रकट गरेका थिए ।
खेलका बाकी प्रसंगमा बरुवा लेबर सिटी सनैयामा समूह चरण र प्री- क्वाटर फाइनलका खेलहरु खेलाइने र वर्कर स्पोर्ट्स कम्प्लेक्स अल्खोरमा क्वाटर फाइनल, सेमी फाइनल र फाइनल खेल खेलाइने समेत आयोजक सलिसाम खेलकुद बिभाग सयोजक खगेन्द्र नेम्बाङ र फुटबल खेल(कार्यक्रम-2018) संम्योजक छत्र कुरूङबाङले बताएका थिए ।
स्वागत मन्तब्य छत्र बहादुर कुरूङबाङले गरेका थिए औपचारिक कार्यक्रम सञ्चालन क्षेत्रीय समिति लेवर सिटीका सचिव देबी आङदेम्बे ले गरेका थिए भने खेल उद्घोषण जगदीश डुङगेल ले गरेका थिए ।