मुग्लानी खबर असोज २७
कतारमा स्थापित नेपाली साहित्यिक संस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारले संयुक्त आयोजनामा बिगत ८६ मैना देखि प्रत्यक मैनाको दोस्रो सुक्रबार संचालन गर्दै आएको अनेसास नवोदित साहित्यिक वाचन डबलिको ८६ औं शृङ्खला यहि १२ ओक्टुबर २०१८ का दिन दोहा स्थित टपफम रेस्टुरेन्टको सभाहलमा बिभिन्न रचनाहरु वाचन गर्दै नेपालिहरुको माहान चाड बडा दशै विशेष गरिएको थियो भने अनलाइन रेडियो रेडियो हिमालयबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
डबलिमा विशिष्ट श्रोता कतारमा रहेर नेपाली भाषा र साहित्यलाइ मायागर्नुहुने एक समाजसेवी ब्यक्तित्यो श्री सुरेश भट्टलाई बनाइएको थियो । दशै विशेष डबलिमा विशिष्ट श्रोताको आसन ग्रहण पछि सबैले यथा स्थानमा उठेर नेपाली राष्ट्रिय गान गाएर सभाहललाइनै मन्त्र मुघ्न बनाएका थिए । कतारमा रहेर विभिन्न बिधामा कलम चालाउनुहुने साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको डाबलिमा पुर्ब विशिष्ट श्रोता धिरज चाम्लिङ राई लगायत अन्य विशिष्ट श्रोताको पनि उपस्थिति रहेको थियो ।
नारायण भन्डारी निर्जलको गजल बाचनले डबलिको ढोका उघारेको थियो भने गजलकारहरु बुद्दराज राइ, अखिल अनुरागी, मदन चौहान, कमेन्द्र साही, खेमराज सुबेदी, राम आचार्य, अनिल बिस्ट, जय संघर्ष, चक्र कार्की, दिप मिलन, रुप रसाइली, सेखर वस्नेत, इस्वर राइ, यादब रेग्मी, सागर भन्डारी, सिताराम थापा, श्यामराज रानाभाट, टीका खड्का राष्ट्रप्रेमि,सन्तोष अधिकारी, दिलिप पराजुली, दिप प्रदिप कुमार, मणि पैडेल, लेख कार्की र प्रेम प्रसाद भट्टराईले दशै बिशेष माया प्रेमका देश प्रेमका प्रवासका पिडाहरुलाई समेटेर लेखिएका उत्कृष्ट गजलहरु कसैले वाचन गरेर कसैले लय बद्द तरिकाले गायर उपस्थित सम्पुर्ण साहित्यप्रेमी नेपाली दाजुभाइ तथा दिदिबैनिहरुलाइ भरपुर साहित्यिक मनोरञ्जन दिएका थिए ।
त्यसैगरी कवि ओम दुलाल र तपन जि एम ले एकदमै उत्कृष्ट कविता वाचन गरेका थिए भने कवि बेचेन महतोले मैथिली कविता वाचन गरेर सबैलाइ दशैको शुभकामना दिएका थिए । उक्त डबलिमा बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष प्रेम प्रसाद भट्टराईले देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बैनिहरुलाइ २०७५ सालको बडा दशै दिपावली र छट पर्बको अनेसास कतार र नवोदित कतारको तर्फबाट हार्दिक मंगल मय शुभकामना दिदै कार्यक्रममा उपस्थिति जनाएर डबलिलाइ सब्य र भब्य बनाइदिनुभएकोमा सम्पुर्ण उपस्थित साहित्यप्रेमि नेपाली दाजुभाइ तथा दिदिबैनिहरुलाइ मुरि मुरि धन्यवाद ब्याक्त गरेका थिए ।
अनेसास नवोदित ८६ औं वाचन डबली गजलकार दिप प्रदिप कुमारले एकदमै रमाइलो तरिकाले संचालन गरेका थिए । डबलिको अन्त्यमा विशिष्ट श्रोता सुरेश भट्टले प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै यस्तो अन्यकार्यक्रम भन्दा भिन्दै कार्यक्रम गरेर ८६ औ डबली सम्म आइपुग्न सफल भएकोमा खुसी ब्यक्त गर्दै अझै हजारौं हजार डबली चलिरहोस भन्ने कामना गर्दै यो डबलिलाइ केही आर्थिक सहयोग गर्ने वचन बद्दता गर्दै आफ्नु एउटा सामुहिक गजल वाचन गरेर वाचन डबलिको समापन गरेका थिए ।