मुग्लानी खबर- असोज २३
आज चिया दोकानमा प्रसंगवस दसैंको सन्दर्भमा कुरा चल्यो, चिया दोकानको Pabitra Dhamala बहिनीले बाल्यकालमा आफुले पहाड घरमा दसैं मनाएको मिठो स्मरण यसरी सुनाउन थालिन् ,गोरखा जिल्ला तत्कालीन घैरुङ गाउँ पञ्चायत ज्यामिरे स्वारा गाउँमा एकजना मुखिया मगर बा हुनुहुन्थ्यो हामी हात हातमा थालीमा फुल अक्षेता दही केरा चिउरा बोकेर सबै गाउँलेहरु संगै टीका थाप्न जान्थ्यौं, भन्दाभन्दै उनकी भाई बुहारीले पनि आफ्नो बाल्यकालको स्मरण सुनाउन थालिन् हामी पनि मुखिया बा को घरमा दसैंमा टीका थाप्न जान्थ्यौं भन्दै गोरखा जिल्लाको तारा नगर गाउँ पञ्चायत उनको माइतीघर रहेछ त्यहाँ पनि एकजना अर्को मगर मुखिया रहेछ, दसैंको दिन त्यसरी नै सबै गाउँलेहरु मुखियाको घरमा टीका थाप्न जाने चलन थियो रे, ऊनी पनि बाल्याअवस्थामा जान्थिन रे टीका लगाएर मुखिया बा ले दक्षिणा एक रुपैयाँ दिँदा कति ठूलो रकम पाएको जस्तो भएर साथीहरू संग रमाइलो मान्दै घरसम्म खुशी हुँदै आउथिन रे भन्दै हाँसिन… !
मेरो पहाड घर सिन्धुपाल्चोक जिल्लाको साबुखानी गाउँमा हजुरबुबा बुबाले दुवारे चलाएर बसेको थियो त्यहाँ धेरै संख्यामा नेवार क्षेत्री बिश्वकर्महरुको बसोबास भएको दुर्गम गाउँ हो त्यहाँ दसैंको दिन गाउँले सबैलाई दसैंमा मेरो बुबाले टीका लगाउनु हुन्थ्यो।
वरिष्ठ संस्कृतिविद डा. जगमान गुरुङ भन्नुहुन्छ
"संखुवासभाको खाँदबारीमा पाङवा भन्ने गाउँ छ । म २०४७ सालमा जाँदा त्यहाँ गंगाप्रसाद राई त्यस गाँउका मुखिया थिए । उनलाई ५२ पगरीको राई भनिन्थ्यो । किनकी त्यहाँ ५२ जातका मान्छे बस्थे । उनलाई गाउँलेले पैसा उठाएर दिने र उनले मालपोतमा गएर काम गर्ने गर्दथे । दशैंको समयमा बाहुन दहि र केरा बोकेर मुखिया मान्न पुग्थे, अन्यले बली दिएका कुरा लिएर जान्थे, बाहुन त जाँड रक्सी नखाने, मासु नखाने जात हो, तर बाहुनलाई बात लाग्दा जातबाट तल झर्ने हुन्थ्यो त्यतिबेला त्यसैले ती बात लागेका बाहुनहरुलाई गंगाप्रसादको आँगनमा बोलाईंन्थो, गोवरले लिपेर ठिक्क पारेको ठाउँमा ती बात लागेका तागाधारीलाई झिकाइन्थ्यो, अनि गंगाप्रसाद राई, जसले सुगुरको मासु खान्थे, काटमार गर्थे, उनले सुनपानी छर्केर तिनलाई झरेको जातबाट माथि उक्लेको घाषणा गर्थे, त्यहाँ उनले जे भन्यो त्यहि हुन्थ्यो।
त्यस्तै तनहुँको भिमादमा बिष्णुबीर आले अहिले पनि हुनुहुन्छ, उहाँले त्यस्ता जात खसेका बाहुनलाई सुनपानी छर्केर आफ्नो जातमा फर्कएको कुरा सुन्न अहिले पनि सकिन्छ, अनि हामी जनजातिले त्यो बेला कति धेरै पावर ‘इन्ज्वे’ गरेर बसेका रहेछौं त ? बरु त्यो भुलेर आज नचाहिँदो अफवाह फैलाउने काम गर्नु हुँदैन ।
पुराना यस्तै गाउँहरु अनगिन्ती छन् हेर्नुस है, पोखरामा एउटा मिया पाटन भन्ने ठाउँ छ, त्यो मुसलमानहरुको बस्ती भएको ठाउँ हो, त्यो टोल र अन्य टोल मिलेर एउटा गाउँ बनेको थियो, त्यहाँ रहिमद अली र महमोद मिया गाउँका मुखिया थिए, दशैंको बेला त्यहाँ वरिपरीका बाहुन, क्षेत्री, गुरुङ, दमाई सबै मुखिया मान्न जान्थे, त्यसैले दशैंको उच्च परम्परालाई जातजातिमा लगेर नचाहिँदो हल्ला फैलाएर, नराम्रो बनाउने अधिकार कसैलाई छैन, त्यसकारण दशैं विशिष्ट समन्वयकारी संस्कृति हो, यसले हरेक जातजातिको उच्च सम्मान गरेको छ।"
जय सनातन !!
मोहन लामा रुम्बाको फेसबुक वालबाट साभार....