मुग्लानी खबर असोज २३
सिवराज गौतम
आइओएस प्राप्त कतारको एक प्रतिष्ठित कम्पनी नासर अल अली इन्टरप्राइसेसमा कार्यरत साठीजना कामदारहरुलाई कम्पनी मालिक आसर अल अलीले ५÷५ ग्रामका दरले ३०० ग्राम सुनको सिक्का पुरस्कार स्वरुप प्रदान गरेकाछन् ।
कम्पनी मालिक अलीले उत्कृष्ट, मेहनती र इमान्दार कामदारहरुलाई सो सुनको सिक्का हालै प्रदान गरेका हुन् । सुनको सिक्का पाएर खुशीले दङग भएका कामदारहरुले आफुले पाएको यो सुनको सिक्का पुरस्कार घरमा श्रीमतिलाई पठाउने बताए ।
यसैगरी १ देखि ६ वर्षसम्म निरन्तररुपमा सोही कम्पनीमा काम गरिरहेका कामदारहरुलाई पनि कम्पनी मालिकअलीले प्रमाणपत्र प्रदान गरेका थिए । सुनको सिक्का पाउने मध्येका एक कामदारले आफु २००८ मा यस कम्पनीमा हेल्परको रुपमा आएको र पछि ट्रेड वर्कर (मेसन) मा पदोन्नती भएको बताउदै सो कम्पनीमा काम गरेर आफनो आर्थिक स्थितिमा समेत आफुले सुधार गर्न सकेको बताए ।
सुनका सिक्का पुरस्कार पाउने कामदारहरुका अनुसार नासर अल अली इन्टरप्राइसेस आफैमा राम्रो कम्पनी भएको र कम्पनी मालिक नासर अल अली असाध्यै सहयोगी हृदयको भएकोले उनले कामदारहरु सवैसंग मालिक जस्तो व्यवहार नगरेर अविभावकको व्यवहार गर्ने भएकोले सवै कामदारहरुका लागी उनी मालिक नभएर अविभावक हुन् ।
आफनो घर परिवारमा आर्थिक समस्या परेको वेलामा समेत आर्थिक सहयोग उपलब्ध गराएर समस्या टारिदिने गरेका कम्पनी मालिक नासर अल अलीले कामदारहरुलाई कहिले नहप्काउने तर सवैलाई मित्रवत व्यवहार गर्ने गरेको अनुभव त्यस कम्पनीमा कार्यरत् सवै कामदारहरुको रहेको छ ।
आफनो कार्यालयको ढोका कामदारहरुका लागि सधै खुला रहेको र आफना कामदारहरुलाई कुनैपनि समस्या भए सिधै आफनो कार्यालयमा आएर आफनो समस्या बताउन सक्ने बताउदै कम्पनी मालिक नासर अल अलीले आफुले मालिकको भन्दा पनि अविभावकको रुपमा व्यवहार गर्ने गरेको हुनाले कामदारहरुको कुनै समस्या भए अविभावकको रुपमै आफु समाधान गर्न सघाउने गरेको बताए ।
समय समयमा कामदारहरुलाई प्रोत्साहन स्वरुप सुनको सिक्का, नगद इनाम, प्रमाणपत्र आदि इत्यादी पुरस्कार स्वरुप दिएर कम्पनी मालिक नासर अल अलीले आफना कम्पनीको कामदारहरुको हौसला र मनोवल बढाउदै आइराखेको छ ।