मुग्लानी खबर- असोज २३
नेपालीहरुको लोक प्रिय संस्थाका रुपमा स्थापीत संघीय लिम्बुवान सामाजिक मञ्च केन्द्रिय कार्यसमिति कतार अन्तरगतको “खेलकुद विभाग”ले नेपालीहरुको महान चाडपर्व दशैं, तिहार, बलिहाङ तङनाम, म्हःपुजा तथा छटको पावन अवशरमा मैत्रिपुर्ण खुल्ला नकआउट फुटबल प्रतियोगिताको आयोजना गराउने भएको छ।
यहि आउदो अक्टोबर १२ तारिख शुक्रबारका दिउँसो ३ बजे देखि शुरु हुने उक्त खेलमा अक्टोबर ११ तारिख सम्म खेल खेल्न इच्छुक टिमले आफ्नो नाम दर्ता गराईसक्नु पर्ने आयोजकले बताएको छ।टिम दर्ता गराउनलाई कतारी रियाल ३५१ लाग्नेछ भने खेल दर्ता सम्बन्धी वा अन्य जानकारीका लागि निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्न सकिने छ जसमा दिपेन कुरुम्भङ 77950695 , अलकोर, सिमसिमा, रस्लाफलन,मेघराज राज इजम , 50697594 उसलाल अलि, उमसलाल मोहमद,अमृत कुरुम्बाङ, ३१४१९४५७, सहानिया, अल रयान, खगेन नेम्बाङ, ३१४१७१७८, सनाइया, लेवर सिटी, दोहा रहेका छ्न।
बरुवा लेबर सिटी सनैयामा समूह चरण र प्री- क्वाटर फाइनलका खेलहरु खेलाइने र वर्कर स्पोर्ट्स कम्प्लेक्स अल्खोरमा समुत्घाटन समारोह, क्वाटर फाइनल, सेमी फाइनल र फाइनल खेल खेलाइने समेत आयोजकले बताएको छ।त्यसै गरि खेल आयोजकले खेल अनुशासशीत मर्यादापुर्ण र मनोरञ्जन पुर्ण रहोस भनी खेल अबधिभरका पन्ध्र बुदे नियमहरु समेत सार्बजनिक गरेको छ ।
नियमहरु...
१) मादक पदार्थ सेवन गरेका खेलाडी तथा दर्शकलाई खेल मैदानमा प्रवेश गर्न दिइने छैन ।
२) खेल सुरुहुनु भन्दा १५ मिनेट अगाबै टिम संयोजक र टिम क्याप्टेन आयोजकको सम्पर्कमा आउनु पर्ने छ ।
३) तोकिएको समयमा टिम उपस्थित हुन नसकेको खण्डमा सम्बन्धित टिम स्वतह खेलबाट बाहिरीने छ ।
४) खेल अवधिभर खेलाडीले रेफ्री वा विपक्ष खेलाडी माथि हातपात तथा अपचशब्द प्रयोग गरेमा आवश्यक कार्वाही प्रकृया अघि बडाइनेछ ।
५) टिम दर्ता संगै प्रत्येक खेलाडिको परिचय पत्र अनिवार्य पेश गर्नु पर्ने ।
६) गैर नेपाली नागरिकलाई खेलमा समावेश गराइने छैन ।
७) ड्रेस, जुत्ता र प्याड नलगाइएका खेलाडीले खेलमा सहभागी हुन पाउन छैन ।
८) खेलाडी टिमको ड्रेस जुध्न गएमा आयोजकले गोला प्रथामा राखेको अलग पहिचानको ड्रेसलाई स्वीकार्नु पर्नेछ ।
९) खेलबाट बाहिरिएको खेलाडीलाई अर्को टिमबाट खेल्न दिइने छैन, यदी स–प्रमाण उज्जुरी भए निजको प्रयासमा भएका उपलब्धीलाई सोतह खारेज गरि निजलाई खेलमा पुन समाबेश गराइने छैन ।
१०) खेलमा कुनैपनि खेलाडिले पहेलो कार्ड पाएमा कतारी रियल २० र रातो कार्ड पाएमा कतारी रियल ३० जरिमाना लाग्नेछ । सो रकम जरिमाना वापत राखिएको धरौटी रकमबाट कटाइनेछ ।
११) जरिमाना वापत राखिएको धरौटी रकम खेलअवधि भित्र शेष भएमा पुन रकम थप गरेर मात्र खेल खेल्न पाइनेछ ।
१२) कारणबस प्रतियोगि टिमको समय वा विपक्ष टिम फेरबदल गर्नु पर्ने अवस्था सृजना भएमा पुर्व जानकारी गरिने छ ।
१३) खेल अवधिभर कुनै खाले दुरघट्ना भएमा आयोजको तर्फबाट प्राथामिक उपचार ९ँष्चकत बष्म० बाहेकका उपचार गराइने छैन ।
१४) खेल साइज ७–९ को हुनेछ ।
१५) कारणबस बिबादले चरम रुप लिएमा आयोजक समितिको निणर्यनै, अन्तिम निणर्य हुने छ । त्यसै गरि बिजेता खेलाडीहरुलाई निम्न अनुसारका पुरस्कारले सम्मान गरिने छ।
उपहारहरु......
– प्रथम उपहारः २५०० सय कतारी रियल नगद, ट्रफी, मेडल र प्रमाण पत्र । दोस्रो उपहारः १५०० सय कतारी रियल नगद, ट्रफी, मेडल र प्रमाण पत्र । तेस्रो उपहारः ट्रफी र प्रमाण पत्र ।उत्कृष्ट एक खेलाडी लाई ट्रफी , मेडल र प्रमाण पत्र । उत्कृष्ट गोल किपर लाई ट्रफी, मेडल र प्रमाण पत्र । मेन अफ द म्याच लाई ट्रफी । हाइ स्कोर लाई ट्रफी,मेडल र प्रमाण पत्र अनुशासीत टिमलाई अनुशासनको प्रमाण पत्र । अत्यन्तै सभ्य भब्य रुपमा सम्मपन्न हुन गैइरहेको खेलमा सम्पुर्ण खेलप्रेमी तथा नेपाली दाजुभाई दिदिबहिनिहरु विभिन्न संघ सस्थाका ब्यक्तिहरु उपस्थित कार्यक्रम सफल बनाईदिन समेत अनुरोध गरेको छ।