मुग्लानी खबर- असोज २०
नेपाली हरुको महान पर्व सुभ बिजया दशमी तथा दिपावलीको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाको आयोजनामा विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
हाम्रो अभियान लोक सस्कृतिको सम्रक्षण,श्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्सान “भन्ने मूल नाराका साथ स्थापना भएको सस्थाले हिजो अक्टोबर ०५,तारिक शुक्रबारको दिनमा सनैया स्थित डल्ला ड्राइभिङ् एकेडेमीको हलमा भब्य रुपमा कार्यक्रम सफल पारेको हो ।
सस्थाका अध्यक्ष कृष्ण बरालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल बाट आएका आमन्त्रित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पङ्गेनि रहेका थिए ।
ब्यानर उत्घाटन दिप प्रज्वनल गर्दै सुरु भएको कार्यक्रममा संयोजक शक्ति क्षेत्रीले उपस्थित सम्पुर्ण लाई स्वागत मन्तब्य बाट र प्रतिष्ठान कतार शाखाका कलाकारले स्वागत गीतद्वारा स्वागत गरेका थिए।
मन्तब्यको क्रममा प्रमुख अतिथी पङ्गेनिले प्रवास साखा कतार बाट जुन सस्थाको उदेश्यको लागि गरेको कार्यप्रति प्रसंसा गर्दै प्रतिष्ठानको केन्द्रिय भवन निर्माण गर्नको लागि आफुहरु हर बखत लागिरहने बताए ।
बिदेशी भुमीमा रहेरपनि सहयोग गर्नुहुने सहयोगि दाता प्रति धन्यवाद टक्राउदै आफ्नो सस्थाले सहयोगी हरुको सधै उच्च मुल्यांकन गर्नेछ भन्दै हामिले हाम्रो लोक सस्कृतति लाई कहिले भुल्ने छैनौं,हाम्रा मौलिक लोक सस्कृती लाइ जोगाइ राख्ने बताउदै आउदै गरेको विजया दशमी तथा दिपावलिको सुभकामना टक्राए ।
त्यस्तै अन्य मन्तब्य राख्ने हरुमा नेपाली जन प्रगतिशील मन्च कतारका प्रतिनिधि राजु डुम्रे,अन्तरास्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराई,प्रवासी नेपाली मन्चका अध्यक्षक चानक पोखरेल,सस्थाका सल्लाहकार इश्वर पोखरेल,सस्थाकै प्रमुख सल्लाहकार दुर्गा पंगेनी ,पत्रकार महासङ्घ कतारका अध्यक्ष करिम बक्स मिया,नेपाली जनसम्पर्क समिती बाट मोहमद अजिद खान,नारायण खतिवडा,एनआरएनए icc सदस्य बिमल सुबेदि,एनआरएनए महासचिव,बुधवल गुरुङ, मध्यपुर्व सम्योजक आर के शर्मा लगायत सामाजिक ब्याक्तित्वले बोल्दै लोक तथा दोहोरी गीत लाई संरक्षण,सम्बर्द्धन जगेर्ना र बिकास गर्नुपर्छ,हाम्रा मौलिक लोक सस्कारहरु हाम्रा पहिचान हुन लोक सस्कृती,कलाको कुनै धर्म हुदैन संगीतले मानिसलाई उर्जा ल्याउने बताउदै आउदै गरेको विजया दसमी तथा दिपावलिको सुभकामना दिए ।
सांगीतिक कार्यक्रममा कलाकारहरु पुष्पा लिम्बु, सपना थापा, दिपेन्द्र सुनुवार,रित कुमार श्रेष्ठ लगायतका कलाकारले गायन सङै नृत्य प्रस्तुत गरे त्यस्तै हृदय बिदारक परदेसिएका नेपालीको सेरोफेरोमामा आधारित रहेर बनाइएको "बोल माया बोल "को गीतमा स्थानिय कलाकारले दुरुस्त अभिनय गर्दा दर्शक दीर्घमा केही छिन सन्नटा छायो,केही दर्सक हरुको आँखा रसाएको देखिए पनि उपस्थिति दर्सक हरुले खुव चासो पुर्वक हेरिरहेका देखिन्थे।
कार्यक्रममा नेपाल बाट आएका अतिथि कलाकार रोजि बस्नेतको नृत्य प्रस्तुतिबाट दर्सकले मनोरञ्जन लिए भने लोक दोहोरी गायिका तुलसी क्षेत्रीले ",पोखराको मिनि बस ,दाइ दाइ नभन मलाई जस्ता लोकप्रिय करिव आधा दर्जन गीतमा सुरिलो स्वर बाट गीत गाउदा दर्सकलाई नाच्न बाध्य पारिन ।
अर्का चर्चित गायक कार्यक्रमका आकर्षक ब्यक्तीत्व राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पङ्गेनिले "कान्छी ओए कान्छी,ससुरालीमा ख्याल ख्यालैमा दिल बस्यो कान्छी सालिमा" जस्ता नयाँ पुराना उन्कै चर्चित गीतमा गीत गाउदा प्राय दर्शक हरु स्टेजमा नाचिरहेका देखिन्थे भने पङ्गेनि र गायिका तुलसी क्षेत्रीको दोहोरी घमसानले झन कार्यक्रम आकर्षक बन्यो ।
त्येतै आयोजक सस्थाले कलाकारलाई पारिश्रमिक दिदै खादा र प्रमाण बाट सहयोगी संघ सस्था लाई पनि खादा सहित प्रमाणपत्र बाट सम्मान गरेको थियो ।
सभापती कृष्ण बरालले कार्यक्रममा उपस्थिति सम्पुर्णमा र सहयोगमा गर्ने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै आगामी दिनमा पनि सबैको साथ सहयोग लिएर अगाडि बढ्ने बताउदै कार्यक्रम सम्पन्न भएको बताए ।
महिला दिदिबहिनिको लागी निशुल्क रहेको कार्यक्रमको प्रवेश शुल्क पुरुषको लागि भने ४० कतारी रियल तोकिएको थियो ।उक्त औपचारिक कार्यक्रमको सहजीकरण कतार साखाका सचीव रित कुमार श्रेष्ठ र साङितिक कार्यक्रम तिलु सर्मा पौडेलले गरेका थिए ।