मुग्लानी खबर डटकम
भाषा,धर्म,लिपि,संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान भन्ने नाराका साथ नेपाल प्रवासी तामाङ समाजको कतारको संरक्षकत्वमा स्थापना भएको म्हेन्दोमाया परिवार दोहा कतारको निकै रमणीय स्थान साहानिया स्थित अल दोसरी गार्डेनमा तेस्रो भेटघाट तथा बनभोज कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ । म्हेन्दोमाया परिवारका अध्यक्ष कान्छाराम तामाङको सभापतित्व तथा नेपाल प्रबासी तामाङ समाज कतारका प्रथम उपाध्यक्ष तिर्थ थिङ तामाङको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा बिशेष अथितिहरु संरक्षक शुक बहादुर तामाङ, सङ्खलाल तामाङ, जिबि तामाङ, माईला वाईबा तामाङ रहनुभएको थियो भने अतिथिहरु ओखलढुंगा सेवा समाज कतारका अध्यक्ष अशोक सिङदन, नेपाल प्रवासी तामाङ समाज कतारका पुर्व माहासचिव सुशिल तामाङ, सन्ध्याग्रुप अलखोर कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्बा, प्रकाश माम्वा तामाङ, पासि सेर्पा, लामा बिभाग प्रमुख ग्याम्जो लामा लगायत कतार स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुको आतिथ्य रहेको थियो ।
दुई चरण गरि सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथी तथा बिशिष्ट अतिथीद्वारा व्यानर अनावरण गरि उद्दघाटन गरेपछी राष्ट्रिय गान गाइएको थियो । संस्थाका प्रथम उपाध्यक्षले सो कार्यक्रम स्वागत र संयोजक गौतम तामाङ ले मन्तव्यद्वारा उपस्थितहरुलाई स्वागत गर्नु भएको थियो भने प्रमुख अतिथि तिर्थ थिङ तामाङले कार्यक्रम सभ्य र सफल रहोश भनि शुभकामना राख्नु भएको थियो । बिशेष आथिति अलदोशरी गार्डेनका प्रोप्राइटर महमद अब्दुल्लाले सम्पूर्ण बनभोज खान आएकासंगै आयोजकलाई शान्तिपूर्ण ढंगमा रमाइलो गरिरहेकोमा धन्यबाद स्वरूप शुभकामना दिएका थिए । शुकबहादुर तामङ्, बिरेन्द्र याख्थुम्बा लगायतले मन्तब्य राखेका थिए । महासचिव श्री पाख्रिङ तामाङद्वारा संचालन गरिएको पहिलो चरणको कार्यक्रमको समापन गर्दै सभापति म्येन्दोमायाँका अध्यक्ष कान्छाराम तामाङले यसका गतिबिधी र सो कार्यक्रमलाई सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिनुभयको थियो ।
म्येहेन्दोमायाँको ब्यानर सहित सजाइएको मञ्चमा पहिलो चरणको कार्यक्रमको समाप्तीसँगै शुरु भएको दोस्रो चरणको सांगीतिक कार्यक्रममा गायक सिशिर तामाङले म्येहेन्दोमायाँ गीत ल श्याउ श्याउ मने नम्सरि, र तामाङ सेलो गित गाउँदा दर्सक हरु नाच्दै मनोरन्जन लिएका थिए भने डान्सर सबिना लामा तामाङले तिहारको गितमा र मलाई पुगेन पुगेन त्यो बैँसले बोलको आर्कषक नृत्यले उपस्थित दर्सक लाई भरपुर मनोरन्जन दिएकि थिईन । गायक मैरोङ तामाङले गादे च्याले अयोप नम्सै छमेत र अर्का गायक सुर्य तामाङले फेवातालमा साईली, पाटोला म्येन्दोसर नेम होई जस्ता गीत गाउदाँ दर्सकहरु कुर्शी छाड्दै नाँच्न बाध्य बनाएका थिए तामाङ पहिरन मा सजिएर आएकि नव नृत्यकार सुनी तामाङको सेलो गीतको नाचले त झन दर्सक हरुमा हलचल नै ल्याएको थियो ।
तेस्तै गायक सीरचेन तामाङको म्येहेन्दोमाया गित पालाङ चरिपा रमे छरिपा गीतले पनि दर्सक हरुलाई थप मनोरन्जन मिलेको थियो । म्यान्दोमायाँ तामाङ कार्यक्रम भएतापनि उल्लेख्य रुपमा गैह्र तामाङहरुको उपस्थितीलाई मध्यनजर गर्दै केही नेपाली गीत तथा नृत्य समेत प्रश्तुत् गरिएको थियो । सोहि क्रममा पुर्व पस्छिम रेल गीतमा नृत्य गरेका बिरेन्द्र कुमार याक्थुम्बा र ईसा घतानीकोे यूगल नृत्यले दर्शकलाई कुर्सी छोडेर नाँच्न बाध्य बनाएको थियो । कार्यक्रम अत्यन्तै सौर्हादपूर्ण पारिवारिक वातावरणमा सम्पन्न भएको थियो । परिवार सहित उपस्थित भएका स्वदेशी तथा बिदेशी दर्शकहरुको साथै कतारमा कार्यरत नेपाली चेलीबेटीहरुको समेत अत्यधिक उपस्थीती रहेको थियो ।
सन्तोष के.सी
२०१६/अक्टोबर/२८ शुक्रबार