मुग्लानी खबर- असोज १५
तमु प्ये ल्हु संघ कतारले आफ्नो चौथो वार्षिकोत्सबका साथै दोश्रो अधिबेशन गत सेप्टेम्बर २८ शुक्रबार दोहा स्थित ताजा रेस्टुरेन्टको सभाहलमा भब्यताका साथ सम्पन्न गरेको छ।
तमु प्ये ल्हु संघ शाखा कतारका अध्यक्ष संग्राम प्हच्यु तमुको सभापतित्व भएको उक्त कार्यक्रममा गैरआबासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, मानर्थ समिति सदस्य श्री नरेन्द्र भाटको प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा संघको पच्यु खेगी गुरु जिबन लहेंगे तमु तथा क्लहेप्री खेगी गुरु नबिन टु क्लहेप्री तमु गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद मानार्थ समिति सदस्य बिल बहादुर तमु, गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य बिमल सुबेदी, गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद कतारको प्रतिनिधि लगायत दोहामा स्थापित विभिन्न जातिय, सामाजिक, जिल्ला र वैचारिक संघ सस्थाहरुका प्रतिनिधीहरु अतिथीका रुपमा थिए ।
राष्ट्रिय गानसंगै तमु राष्ट्रिय गान र एक मिनेट मौनधारण पश्चात संघको प्रमुख सल्लाहकार अमर लहेंगे तमुले स्वागत मन्तब्य राखी उपस्थित सम्पूर्णलाई स्वागत गरे । सभापति, प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले संयुक्त रुपमा ब्यानर अनावरण गरी द्धिप प्रज्ज्वलन गरेर कार्यक्रमको उदघाटन गरेका थिए । संघको खेगी गुरुहरु, पच्यु गुरु, सभापति, प्रमुखअतिथि तथा बिशेष अतिथिहरुलाई तमु परम्परा अनुसार फेटा लगाएर सम्मान गरिए पश्चात दुवैजना खेगी गुरुले आशिमाला ,शुभकामना र आशिषको वचन वाचन गरेका थिए।
“शास्त्र हराए संस्कार हराउछ , संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे अर्थात उस्को अस्तित्वनै हराउछ” यो भनाई वास्तविक भएको मनन गर्दै तमु (गुरुङ) जातिको आफ्नो मौलिक भेषभुषा, भाषा, संस्कार, संस्कृति पहिचान एबं तमु प्ये ताँ ल्हु ताँ को संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन का साथै बिकासको निम्ति स्थापित तमु प्ये ल्हु संघ केन्द्रिय कार्यसमिति पोखराको मातहतमा तमु प्ये ल्हु संघ कतार साखा गठन भएको हो।
कार्यक्रममा तमु पोशाक लगाएर उपस्थित भएका दाजुभाई दिदीबहिनीहरु तथा सम्पूर्णले उभिएर प्ये ल्हु संघ स्वागत गित गाएर सम्मान गरेका थिए । संघको कावा सचिब रन्जित क्रोम्छें तमुबाट संघको बार्षिक प्रतिबेदन वाचन गरे का थिए भने तमु प्ये ल्हु संघ कतारका शाखाको संस्थापक निबर्तमान प्रमुख सल्लाहाकार चन्द्र प्रकाश ्हेगे तमुको सम्योजकत्वमा गठित प्रमुख सल्लाहकार श्री अमर ल्हेगे तमु, र सल्लाहकार सदस्य आश बहादुर योज्मे तमुरहेका ३ जनाको समितिले सर्वसम्मत रबिन्द्र प्लहे तमुको अध्यक्षतामा संघको तेस्रो कार्यकालको लागि नया कार्य समिति चयन गरयो । सो कार्य समितिमा १. अध्यक्ष – रबिन्द्र प्ल्हे तमु (लमजुङ), २. प्रथम उपाध्यक्ष – चन्द्र लहेंगे तमु (नवलपरासी) ३. दितिय उपाध्यक्ष–ईशा प्हच्यु तमुस्यो (स्याङ्जा), ४. तृतीय उपाध्यक्ष – शान्त फेवाली प्हच्यु तमु (लमजुङ) हाल चितवन, ५. सचिब –रन्जित क्रोम्छे तमु (ताप्लेजुङ), ६. कोषाध्यक्ष – केशु ल्हेंगे तमु (कास्की), ७. सह सचिब – देव च्हम्रु तमु (तनहुँ), ८. सह कोषाध्यक्ष – हुमा देवी लम् तमुस्यो (कास्की), ९. प्रचार प्रसार सचिब – पूर्ण कोह्ला तमु (गोरखा), १०. कार्यसमिति सदस्य – सारा लेम तमुस्यो (सुनसरी)– धरान, ११। कार्यसमिति सदस्य – श्रीमती सबिता लहेंगे तमुस्यो (कास्की), १२. कार्यसमिति सदस्य – श्रीमती सबिता लम् तमुस्यो (काठमाण्डौ), १३. कार्यसमिति सदस्य – श्री राम लहेंगे तमु (कास्की) १४. कार्यसमिति सदस्य – श्री आउत प्हच्यु तमु (लमजुङ), १५। कार्यसमिति सदस्य – श्री सोम प्र्हू तमु (गोरखा), १६. कार्यसमिति सदस्य – श्री राजेश टु क्ल्हेप्री तमु (लमजुङ), १७., कार्यसमिति सदस्य – श्री शिबराज च्हाक्ली तमु (स्याङ्गजा), १८. कार्यसमिति सदस्य – श्री फलेन्द्र थिज्मे तमु (लमजुङ), १९. कार्यसमिति सदस्य – श्री छेत्र बहादुर थिम्जे तमु (कास्की), २०. कार्यसमिति सदस्य – श्री हस्त ल्हेंगे तमु (कास्की), २१. कार्यसमिति सदस्य – श्री टक बहादुर भुच्चा तमु – सन्जु (तनहुँ), २२। कार्यसमिति सदस्य – श्री प्रितम ल्ेंगे तमु (तनहुँ), २३.कार्यसमिति सदस्य – श्री श्याम थिम्जे तमु (कास्की) रहेका छन् बाकी थप सदस्य, विभागीय प्रमुख तथा सल्लाहकार समितिहरु संघको तेश्रो कार्यकालको पहिलो मासिक बैठकले सर्बसहमतिमा निर्णय पारित गरी गठन गर्नेछ ।
बिभिन्न संघ सस्थाबाट उपस्थित ब्यक्तित्वहरु बाट नव निर्बाचित पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।
संघको हरेक क्रियाकलापहरुमा अतुलनीय योगदानको पुरयाएका सक्रिय सदस्यहरु सबिता लम् तमुस्यो, हुमा देवी लम् तमुस्यो र बिमला लामाले कार्यक्रमको सभापति संग्राम प्हच्यु तमुबाट क्रमु र प्रमुख अतिथिबाट सम्मानपत्र ग्रहण गरेका थिए ।
तमु प्ये ल्हु संघ कतारलाई सहयोग गर्ने विभिन्न जातिय, सामाजिक, जिल्ला, बैचारिक संघ संस्थाहरुलाई “चौथो वार्षिकोत्सब –२०१८” को अबसरमा स(धन्यवाद सहित कदर–पत्र प्रदान गरिएको थियो । कार्यक्रमलाई मनोरञ्जन पनि दिलाउनको निम्ति कलाकारहरु, सोनीका लम् तमुस्यो, भिम तमु, बिमला क्रोम्छें तमुस्यो, सन्तोष प्ल्हे तमु र अन्य कलाकारहरुको बेजोड नृत्य रहेको थियो । तमु समुदायको बाक्लो उपस्थिति विच कार्यक्रम सचिब रन्जित क्रोम्छें तमुले संचालन गरेका थिए ।