मुग्लानी खबर १५ असोज
राजेश प्रसाईं `बिद्रोही´
समय परिवर्तनशिल छ | राम्रो कर्म गर्नेको सायद भविष्यमाथि दैवले पनि कुदृष्टि लगाउन सक्दैनन | हरेक मान्छेका अाफ्नै सपनाहरू हुन्छन् | इच्छा,अाकाङ्छाहरू पनि सत्य सत्यतामै रहन्छ | सेवामा परिश्रमको फल त साँच्चै नै मिठै हुन्छ | पीडा,दुःख र कष्ट त जिवनमा अाई नपर्ने होइन अाउँछ नै जे सोचेको हुन्छ विपरित भई दिन्छ | धेरै मिहिनेत पश्चात थोरै अानन्दमा रमाउनु पर्ने वाध्यता सबै कै हुन्छ त्यसमा पनि समयलाई चिनेर सफलता प्राप्त गर्ने भने थोरै हुन्छन् जस् मध्ये अाज म एक संघर्षशिल महिला कविता सोराली मगरलाई भन्न रूचाउछु जस्ले यहुदीहरूको देश इजरायलमा ८ वर्ष अाफ्नो श्रम शोषण गराएर पनि स्वदेशमा केही गर्ने लक्ष पूरा गरेकी छिन।आफ्नै संघर्षले प्राकृतिक चिकित्सा बनेर ४ जनालाई रोजगारी दिन समेत सफल भएकी छिन।
पुर्वी उत्तरी भेगमा पर्ने इलाम जिल्लाको चिसापानीमा बुबा बहादुर मगर,अामा चमेली मगर कि सुपुत्री कविता सोराली मगर तिन दिदी बहिनी मध्येकी कान्छी हुन भने माइती चार जना छन् | सानै उमेरमा बिबाह भएको उनले सुनाइन | दुई सन्तान कि अामा बनी सकेकि कविता सानै उमेरबाट नै समाज प्रति अाकर्षित बनेर सेवा गरि रहिन|सर्व प्रथम अामा समुहबाट समाजमा परिचित मगर आमा मिलन केन्द्र झापाबाट सिलाई कटाई तालिम सिकेको जानकारी दिइन र पछि तेहि सस्थामा कार्यरत रहि धेरै दाजुभाई तथा दिदिबहिनिहरुलाई थुप्रै सहयोग समेत गरिन| अामा मिलन केन्द्र मार्फत सिलाई,कटाई सम्बन्धी तालिम पनि नदिएको भने होइन थुप्रैलाई स्वरोजगारमा दक्ष बनाइन् | त्यहि केन्द्रबाट प्रौढ शिक्षा पढाइन | त्यसै शिलशिलामा INGOको RIBVI मार्फत नि:शुल्क रूपमा स्यंम् सेविकाको काम गर्ने छनौंटमा नाम अायो उनले बताइन् |महिलाहरुको सिङ्गार बिउटी पार्लर कोर्स डिप्लोमा सम्म गरिसकेकी छिन।
निःशुल्क १८ महिना काम गरि सके पछि दुई समूह गठन भयो जसको नाम लाली गुराँस र प्रभात तर काम भने दुइटैको एउटै थियो अपाङ्ग,निम्न महिला र कुपोषणबाट बालबालिका बचाउने अभियान ससक्त रूपमा अभियान चलेकै बेला सक्रिय सदस्य ५० जनाको टिम मिलेर सहकारी सस्था प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी सस्था गठन भयो | दोस्रो साधारण सभा पश्चात् तत्काल २०६० सालमा रोजगारीको शिलशिलामा इजरायल प्रवेश गरेको बताउदै देशमा नै केही गर्नु पर्छ भन्ने विचार मनभरि पालेर फर्किएको कविता अाज साँच्चैनै एक साहसी महिलाको रूपमा परिचित बनेर अाफ्नै गाउँ सनिश्चरे झापामा ४ महिनाबाट प्राकृतिक चिकित्साको नामबाट परिचित छिन।
२०६८ सालमा डा.रूप कुमार राईबाट प्रेरणा पाएर प्राकृतिक चिकित्सा बन्ने मनसायले प्राध्यापक डा.सुर्य बहादुर केसिको नेचर कियर रिसर्च टिचिङ्ग अस्पताल म्हैपिबाट प्राकृतिक चिकित्सामा दक्ष बन्दै सिटिईभिटिको प्रमाण पत्र हासील गरि घुम्ति टोली लिएर अाय अार्जन गरेकी कविता अाज अाफ्नै गाउँमा सेवा पुर्याउन फर्किएको खुसीका साथ हंसिलो मुहारमा अानन्दित बनिन् | प्राकृतिक उपचार भन्ने बितिक्कै के बुझ्न जरूरी छ भने प्रकृतिमा पाइने हावा, पानी ,प्रकाश ,माटो, र आकाश यिनै पञ्चमहाभुत तत्वहरुको माध्यमबाट गरिने उपचार हो |
यसमा प्रयोग हुने उपकरणहरू स्टिम बाथ , एनिमा,जलनेती ,कटि स्नान,कुन्जल, सिरोधारा, रबर नेति, योग,लेजर थेरापीले रक्त सन्चालन गराउछ,साथै अकुलाइफद्वारा सम्पुर्ण शरिरको जाच गराईन्छ। मसाज मेसिन द्वारा रगत सचालनमा ल्याउन मद्धत गरिन्छ। थर्मल मेसिनले सम्पुर्ण सरिरको चिसो पना हटाइ तातो पना ल्याइ दुखाइ पिडा र नसा सम्बन्धि सुधार ल्याउदछ साथमा मसाज गर्ने सामाग्रीहरू समेत छ जसलाई आयुर्वेदिक ,थाइ , सुइडिस, ट्रेकर ,डिप्टिसिउज ,पोट्ली ,हट स्टोन, इत्यादि रहेको छ | चार जना कर्मचारी साथमा लिएर संचालन शुरू गरेको प्राकृतिक स्वास्थ्य उपचार केन्द्रमा अरुना मगर ,दिक्षा दहाल , बर्सा मगर , सोनु तामाङ्गले साथ दिएका छन् |