मुग्लानि खबर असोज ४
धर्मनिर्पेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भनिए पनि २०७२ मा जारी संविधान भित्र सो ब्याबस्था नभएको, एकात्मक शैलिमा एउटै मात्र जाती, धर्म, बर्ग, क्षेत्र र लिङ्गको पक्षपोषण गर्ने गरिको संविधान जारी भएको , संविधान जनभावना अनुरुपको हुनु नसकेको, संविधानले नेपालको विविधता लाई समेट्न नसकेको, संविधानमा पुर्ण संघीयता ब्याबस्था नभएको, संविधानका अनगिन्ती असहमतिका दफा, उपदफाहरुलाई पुर्ण संसोधन तथा पुनर लेखन गरेर सम्भावित सबै खाले घट्नाहरुलाई समयमै समाधान गर्न गराउन बर्तमान सरकारलाई दबाव सृजना गर्न संघीय लिम्बुवान सामाजिक मञ्च कतारले बिरोध सभा गरेको हो।
सलिसाम केन्द्रिय समितिले एसियन टाउन स्थित एक रेष्टुरेन्टमा आयोजना गरेको विरोध सभा कार्यवाहक अध्यक्ष रेखा राइको अध्यक्षतामा सम्पन्न भएको थियो, भने क्षेत्रीय समितिहरु उमसलाल अलि, साइलिया, लेबर सिटि, अलखोर लगायत क्षेत्रहरुले आ-आफ्नो क्षेत्रबाट प्रतिगामी संविधान २०७२ को बिरोध जनाएका थिए।
बिरोध सभालाई सम्बोधन गर्दै कावा राइले भनिन, जारी संविधान प्रतिगामी भएको, यो संविधान निर्माण हुँदै गर्दा मस्यौदा समितिमा रहेका ७३ जना सभासदमध्ये ६४ जना सभासदले यो संविधान ठिक छैन, यो संविधानले देशमा ठूलो दुर्घट्ना निम्त्याउछ भनेर असहमति जनाउदा जनाउदै दल, बल र शक्तिको आधारमा बन्दुकिय नालले लेखिएको संविधान देश र जनताका अहितमा भएको, १०४ वर्षे जहानिय परिवार को शासन काल र निरंकुश पन्चायती शाहीकालिन व्यवस्था भन्दा डरलाग्दो भएको।
धर्मनिर्पेक्ष, संघीय लोकतान्त्रिक गणतन्त्र, पहिचान र संघीयताको अपबेख्या, अपमान गरेको हुनाले पनि संविधानका असहमतिका बुदाहरु पुर्णरुपमा सम्सोधन तथा पुनरलेखन कार्य नभए सम्म संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , लिम्बुवान मञ्च नेपाल सहितका १०+१ प्रान्त र प्रवास समितिहरुले बिरोध गरि रहनेछ बतायीन।
साइलिया समिती द्वारा गरिएको बिरोध सभाको झलक
क्षेत्रीय समिती अलखोर द्वारा सम्पन्न बिरोध सभा