मुग्लानी खबर असोज ३
श्रृजनाशिलता ,सकारात्मक सोच र सामाजिक भावना सहित असल सामाजिक व्यक्तित्व निर्माण गर्दै, समृद्ध समाज र राष्ट्र निमार्णको अभियानका लागि योगदान पुर्याउने उद्देश्यले, मानव सेवा आश्रम गोरखाको सहयोगार्थ गोर्खा सेवा समाज कतारले आयोजना गर्न लागेको "आमा सेमिनार "को तयारी करिब अन्तिम चरणमा पुगेको छ ।
सेप्टेम्बर २१ तारिख अर्थात यहि शुक्रबारका दिन बिहान ११:३० बजेबाट नज्माको सालिमर होटेलमा हुन लागेको उक्त कार्यक्रम करीब एक वर्ष अगाडिबाट संचालनमा आएको मानव सेवा आश्रम गोरखा शाखामा रहेका ५२ जना अनाथ नानीबाबुको सहयोगार्थ सम्पन हुन लागेको हो l
कतारमा रहेका अन्य सामाजिक सस्थाहरुले समाज सेवामा सहयोग गर्ने हेतुले बिभिन्न सास्कृतिक कार्यक्रम हरु गर्दै आइरहेका छन् l तर प्रवासी भुमी कतारमा पहिलो पटक गोर्खा सेबा समाज कतारले छुट्टै एउटा पृथक ज्ञानबर्दक कार्यक्रम गर्न लागेको हो ।
समाजका प्रथम उपाध्यक्ष रामजी खत्रीको सयोजनमा हुन गैरहेको आमा सेमिनार तथा तनाव व्यवस्थापनको लागि सकारात्मक सोच प्रवर्द्धन कला एवम् खुशी एक कला कार्यक्रम मानव सेवा आश्रम नेपालका अध्यक्ष एवम् प्रमुख प्रशिक्षक रामजी अधिकारीको सहजीकरण तथा प्रशिक्षणमा हुन लागेको हो ।
कतारी रियल ७५ शुल्क तोकिएको कार्यक्रममा सहभागीहरुलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिने छ । कार्यक्रम हुनलाई २ दिन मात्र बाकी रहेको हुदाँ दोहा स्थित सामाजिक संघसंस्था, समाजसेवि, ब्यबसायी, बुद्धिजिवि,दाजु भाई तथा दिदि बहिनी लगाएतलाइ आफ्नो सिट सुरक्षित गरि सामाजिक कार्यमा हातेमालो साथै प्रवासमा ज्ञान हासिल गर्नेको लागि सुनौलो अवसर सुरक्षित् गर्न आयोजक सस्था गोर्खा सेवा समाज कतारले सम्पुर्णमा अनुरोध गरेको छ ।