मुग्लानी खबर- भदौ ३१
प्रदेश नम्बर ३ समन्वय परिषद कतारले प्रथम साधारणसभा गरि उक्त सभाबाट अध्यक्ष मा सर्ब सम्मतिले समीर केसीलाई निर्बाचित भएका छन साथै केसीको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिती चयन गरेको छ।
प्रदेश नम्बर ३ समन्वय परिषद कतारको तदर्थ समिति सम्योजक नन्द प्र. ढुङ्गानाको सभापतितब तथा नेपाली समुदायकाे अभिवावक, नेपाली समाजकाे पहिलाे संस्था नेपाल सहयाेग समाज कतारको संस्थापक अध्यक्ष , एन आर एन ए ( आई सि सि का ) सस्थापक उपाध्यक्ष डा. देवकाजि डङ्गोलको प्रमुख आतिथ्यमा भएको थियो गत मिति १४ सेप्टेम्बर २०१८ शुक्रबारको दिन नज्मा स्थित शालिमार रेस्टुरेन्ट दोहामा भएको थियो।
कार्यक्रमको शुरूवातमै अतिथि र आमन्त्रित हरु सबैलाई लन्चको साथ स्वागत गर्दै कार्यक्रमको औपचारिक शुरूवात दिनको १:०० बजेबाट आशन ग्रहण शुरुवात गरिएको उक्त कार्यक्रममा दोहाको इतिहासमै पहिलोपटक विदेशी समुदायलाई उपस्थित गराइएको थियो। कार्यक्रमको आकर्षणमा भारतीय समुदायका प्रतिनिधि व्यवसाय तथा सामाजिक ब्यक्तित्व एम. एस. भुकारी रहेका थिए।अन्य बिदेशी प्रतिनिधिहरुमा पाकिस्तान,बङ्गलादेश,श्रीलंका,फिलिपिन्स लगाएत देशका सामाजिक समुदायका प्रमुख व्यक्तित्वहरुकाे उपस्थिती रहेकाे थियो। यस्तै गरि विभिन्न सामाजिक,वैचारिक,जातिगत र प्रादेशिक सस्थाहरुबाट पाल्नु भएका प्रमुख वा प्रतिनिधिहरुलाई विशेष अतिथि र अतिथी रहेका थिए।
कार्यक्रममा प्रदेश नम्बर ३ अन्तरगतका १३ जिल्ला सस्थाहरु आयोजकको भूमिकामा रहेको उक्त कार्यक्रममा आशन ग्रहण पश्चात् पानसमा बत्ती बालेर ब्यानरलाइ अनावरण गरि मातृभुमीको समान स्वरुप नेपाली रास्ट्रीय गीत साथै कर्मभुमी कतारको सम्मान गर्दै कतारको रास्ट्रीय गीत बजाएर औपचारिक कार्यक्रमको सुभारम्भ गरिएको थियो।कार्यक्रममा उपस्थित सम्पुर्णलाई आयोजक सस्था नुवाकोट सेवा समाज कतारका संरक्षक हरिकृष्ण रिमालले स्वागत मन्तब्यले स्वागत गर्नुका साथै नृत्य प्रस्तुति समेत राखेर स्वागत गरिएको थियो।
दोहामा हुने गरेका कार्यक्रम भन्दा फरक र पृथक रहेको उक्त कार्यक्रममा अतिथिहरुलाइ मन्तव्य राख्न सहजताको लागि बिषय वस्तु र समय समेत निर्धारण गरिएको थियो।बिचबिचमा साङ्गीतिक प्रस्तुतिका साथ कार्यक्रमलाई अत्यन्तै मनोरञ्जनात्मक रुपमा संचालित उक्त कार्यक्रमका मुख्य आकर्षण भारतिय समुदायका बिशिस्ट ब्यक्तित्वले आफ्नो बक्तब्य राख्दै भारतिय कम्युनिटीबाट नेपाली समुदायका लागि हरेक समस्यामा साथ सहयोग को लागी सदैब अगाडि रहने प्रतिबद्धता ब्यक्त गर्दै कतारमा रहेको एसियन कम्युनिटीलाई एकै ठाउमा गोलबद्ध गराई मजबुत रुपमा सार्क कम्युनिटी गठन गर्न पहल गर्ने बताउदै नव निर्बाचित प्रदेस नम्बर ३ समन्वय समितिलाई सुभकामना दिएका थिए।त्यस्तै गरि अन्य देशका बिशिस्ट ब्यक्तित्वहरुले पनि नेपाली सोसाइटीका लागि हरेक सहयोगमा साथ रहने बताउदै शुभकामना ब्यक्त गरेका थिए। सास्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको लागि भने नेपाल प्रबासी तामाङ समाज कतारले सहयोग गरेको थियो।
नेपाली समुदायका अगुवा समाजसेबी तथा बुद्धिजीवी सागर नेपालले कार्यक्रममा आफ्नो मन्तब्य राख्दै तत्कालै सबैजना एकजुट हुँदै सबै सङ भाईचारा सम्बन्ध कायम गर्दै कतारमा २०२२ मा हुन गैरहेको बिस्वकप फुटबल खेलमा नेपालीहरुले पनि स्वतन्त्र रुपमा स्वयंसेवकको भुमिका निर्बाह गर्ने बाताबरण निर्माण गर्दै सार्क कम्युनिटीको अवधारणा सहित अगाडि बढ्नुपर्ने बताएका थिए।खुल्ला शत्र कार्यक्रमको समापन गर्दै कार्यक्रम सम्योजक तथा सभापति नन्द ढुङ्गानाले कार्यक्रम लाई सफल बनाईदिन आगन्तुक सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै सस्थाले भोलिका दिनमा सस्थाले सामाजिक गतिविधिमा कृयाशिल भएर काम गर्ने प्रतिवद्धता जनाएका थिए। कार्यक्रम सम्पन्न गर्न साथ र सहयोग गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात ब्यतित्वहरुलाई धन्यबाद ब्यक्त गर्दै खुल्ला सत्र कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
कार्यक्रम बन्दसत्र शुरु भैइसके पछि सदस्य सचिब प्रकाश बोहोराले उपस्थित सबैलाइ विधान पढेर सुनाएपछी उक्त बिधानलाई सर्वसम्मतले पास गरिएको थियो।आर्थिक प्रतिबेदन भने कमल घिमिरेले प्रस्तुत गरेका थिए।यसको साथै नयाँ बन्ने कार्यसमितिको लागि सर्वसम्मत उम्मेदवार बन्दसत्रमा आउदा निर्वाचन मन्डलीलाइ कार्यसमिती गठन गर्न सहज भएकाे थियाे।तिन सदस्यीय गठित निर्बाचन मन्डली मा सम्योजक सागर नेपाल थिए भने सदस्यहरु राम हरि गैरे र प्रकाश बोहोरा रहेका थिए।उक्त मन्डलीले नवगठित कार्यसमितिमा अध्यक्ष १,उपाध्यक्ष ३(१ महिला अनिवार्य ),महासचिव १,सचीव १,कोषाध्यक्ष १,सह-कोषाध्यक्ष १, खुल्ला सदस्य ५,१३ जिल्ला सस्था बाट १/१ जनाको दरले मनोनीत सदस्य १३र निर्वाचित कार्यसमिति बाट मनोनयन हुने ३(१ जना महिला अनिवार्य) हुने गरि २९ सदस्यीय कार्यसमितिको सर्वसम्मत निर्विरोध चयन गर्ने निर्णय गरेको थियो। जसानुसार :
अध्यक्ष - समीर के सि,उपाध्यक्ष - बिष्णु भण्डारी र रमेश तिवारी ,महासचिव - कविन्द्र कंडेल ,सचीव -श्री बहादुर तामाङ , कोषाध्यक्ष -गौरव राज अधिकारी,सह-कोषाध्यक्ष -भक्तराम श्रेष्ठ,
खुल्ला सदस्यहरुमा - नेत्र कुमार वाइवा,पुष्पा मोक्तान तामाङ,गणेश अधिकारी,नन्दराम सुवेदी,निकास तामाङ रहेका छन त्यसैगरी१३ जिल्ला सस्थाहरुबाट मनोनीत पदनिय सदस्यहरुमा:
१) केशरी प्रसाद डल्लाकोटी (धादिङ ),२) धन बहादुर भुजेल (सिन्धुली ),३) अनिल लोप्चन तामाङ (नुवाकोट ),४)रामहरि तिवारी (काभ्रेपलान्चोक),५) रुद्र बहादुर भुजेल (सिन्धुपाल्चोक ) ६) सुरज सुवेदी (दोलखा ),७) कृष्ण राज तिमिल्सिना (ललितपुर),
८) राजेन्द्र देवकोटा (चितवन ) रहेका छन भने ९) काठमाडौ,१०) भक्तपुर ,११) मकवानपुर ,१२) रसुवा,१३) रामेछाप गरि पाच वटा जिल्लाबाट सदस्य मनोनित गर्न बाकी रहेको छ।
अन्तमा कार्यक्रममा उपस्थित सबैलाइ धन्यवाद ज्ञापन गर्नु हुँदै कार्यक्रमलाइ सफल बनाउन अहोरात्र सहयोग गर्नुहुने प्रती आभार प्रकट गर्दै आफुलाइ योग्य ठानी सस्थाको अध्यक्षमा चयन गर्न सहयाेग गर्नुहुने सबैमा कृतज्ञता प्रकट गरि सामाजिक कार्य निरन्तरता लाग्न साथ सहयोग सल्लाहाको निरन्तर अपेक्षा गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए।कार्यक्रम को सन्चालन नवनिर्बाचित महासचिव कविन्द्र कडेल र बिष्णु भन्डारीले गरेका थिए।