मुग्लानी खबर-भदौ ३०
सन्तोष के सी
प्रस्तोता
प्रदेश न:३ समन्वय परिषद कतार
नेपालको संविधान २०७२ जारी भएसँगै मुलुक एकात्मक राज्य ब्यवस्थाबाट संघीय गणराज्यमा रुपान्तरीत भएको छ । संविधनले तीन तहको सरकारको ब्यवस्था गरेको छ ।२०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिएको छ । प्रदेशहरु पहिलेकै जिल्लाहरूलाई समुह बनाएर बनाईएको छ । तैपनि दुई जिल्लाहरू ( नवलपरासी र रूकुम ) भने टुक्रयाएर दुई प्रदेशमा पारिएको छ । संविधानको धारा २९५ (ख) बमोजिम प्रदेशहरुको नामाकरण सम्वन्धित प्रदेशको संसदको दुई तिहाईले गर्ने प्रावधान छ ।
प्रदेश नं. ३ नेपालको संविधान २०७२ ले विसं २०७२ असोज ३ मा राज्य विभाजन गरी बनेका ७ प्रदेशहरू मध्ये एक हो
प्रशासनिक विभाजन
# |
प्रदेश |
अस्थायी
राजधानी |
प्रदेश प्रमुख |
मुख्यमन्त्री |
जिल्ला |
क्षेत्रफल
(किमी२) |
जनसङ्ख्या
(२०११) |
जनघनत्व
(व्यक्ति/किमी२) |
|
प्रदेश नं. ३ |
हेटौडा |
अनुराधा कोइराला |
डोरमणी पौडेल |
१३ |
२०३०० वर्ग किमि |
५५,२९,४५२ |
२७२ |
महानगरपालिका -३ (काठमाडौं , ललितपुर र भरतपुर )
नगरपालिका -४०
गाउपालिक -७४
निर्बाचन क्षेत्र
प्रतिनिधि सभा -३३
प्रदेस सभा -६६
सिमाना
पुर्ब : प्रदेश नम्बर एक
पश्चिम् : प्रदेश नम्बर चार
उत्तर : चिनको स्वसासित क्षेत्र तिब्बत (दोलखा , सिन्धुपाल्चोक र रसुवा)
दक्षिण : प्रदेस नम्बर दुई र भारत
नेपालको संविधान २०७२ ले प्रदेश नं. ३ मा निम्न उल्लेखित जिल्लाहरू रहने व्यवस्था गरेको छ।
भौगोलिक बनावट
नेपालको विशिष्टता हिमाल पहाड र तराई क्षेत्र मिलाएर बनाईएको छ। हिमाली जिल्ला दोलखा र रसुवा पहाडी जिल्ला रामेछाप ,काभ्रे,सिन्धुपाल्चोक ,नुवाकोट ,धादिंग ,मकवानपुर उपत्यका काठमाडौँ , ललितपुर,भक्तपुर र तराइको समथर भूभाग मा रहेको चितवन जिल्ला यस प्रदेशमा रहेका छन्।
महाभारत पर्वत श्रृङ्खला ले समेत यस प्रदेसलाइ छोएको छ नेपालको प्रामाणिक समय निर्धारण गरिएको गौरीशंकर हिमाल नदि नाला ताल तलैयाले बन जंगलले भरिएको प्राकृतिक रुपले धनि प्रदेश हो ।
जातजाति, भाषा तथा धर्म
यस प्रदेसका विभिन्न जिल्लाहरुमा विभिन्न जातजाति र भाषाभाषीको बाँस स्थान भएको प्रदेस हो।सास्कृतिक तथा भेषभुषामा धनी रहेको यो प्रदेसमा ब्राह्मण , क्षेत्री , तामाङ , मगर, गुरुङ, कामी, दमाई, सार्की, जिरेल, थामी, माझी , दनुवार, सुनुवार , नेवार, शेर्पा र लोपोन्मुख जाती सुरेलको बसोबास रहेको पाइएको छ। यश प्रदेसमा हिन्दु, बौद्ध , इस्लाम, सिख र इसाई धर्म मान्नेहरु बसोबास गर्दछन।
धार्मिक तथा पर्यटकीय स्थल
पर्यटकीय हिसाबले प्रदेश नम्बर ३ धनि प्रदेशको रुपमा प्रर्दछ । यो प्रदेश केन्द्रीय राजधानी रहेको प्रदेश हो । जसको क्षेत्रफल २० हजार ३ सय वर्ग किमि छ । जुन कुल भू–भागको १३.७९ प्रतिशत जमिन हुन्छ । यस प्रदेशमा राजधानीसमेत भएको हुँदा धेरै हिसाबले यो प्रदेश सम्पन्न देखिन्छ । जनसंख्याका हिसाबले पनि यो प्रदेश अगाडि छ । यहाँको जनसंख्या ५५ लाख २९ हजार ४ सय ५२ छ । सडकका हिसाबले पनि यो प्रदेश अन्य प्रदेशभन्दा सम्पन्न छ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रसमेत रहेको प्रदेश नम्बर ३ मा चितवन, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली जिल्ला रहेका छन् । यो प्रदेशको मुख्य पर्यटकीय स्थलका रुपमा काठमाडौं, भक्तपुर तथा ललितपुरका ऐतिहासिक धरोहरहरू पर्यटकको आकर्षक गन्तव्यको रूपमा रहेका छन् । त्यसैगरी गौरीशंकर हिमालदेखि चितवन राष्ट्रिय निकुञ्जसमेत यो प्रदेशमा रहेका छन् ।
कुनै पनि राष्ट्रको विकासमा धार्मिक पर्यटनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पशुपतिनाथको मन्दिर लगायतका मन्दिर,मठ, गुम्वा, दरवार आदिका कारण काठमाडौ उपत्यकामा भारत लगायत विश्वकै देशहरुबाट पर्यटकहरुको आगमन तथाआन्तरिक पर्यटकको आगमनले यस क्षेत्रको सामाजिक-आर्थिक विकासमा ठूलो परिवर्तन ल्याएको छ। त्यसैगरी यस जिल्लामा रहेका धार्मिक स्थलहरुको प्रर्वधन गर्न सकेमा उल्लेख आन्तरिक तथा वाहृय पर्यटकहरुको लागि गन्तव्य स्थल हुन सक्दछ । यस प्रदेश मा रहेका मुख्य(मुख्य धार्मिक स्थलहरुको चिनारी, उल्लेख गरिएको छ ।
चितवन
चितवन जिल्लाका प्रमुख पर्यटकिय स्थलहरु चितवन राष्ट्रिय निकुञ्ज,सौराहा हुन। यसका अलवा विश्वबाट लोप हुने अवस्थामा पुगेका दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा, पाटे बाघ मगर गोहि घडियाल गोहि लगायत अनेकौं जंगली जनावर, जलचर, चरा र वनस्पतिहरूसँग सजिलै साक्षात्कार हुन सक्ने अवसर यहाँ देख्न सकिन्छ ।यसका साथै नन्द भाउजु ताल र हजारी ताल पनि यहाका प्रसिद्ध पर्यटकहरू का लागि आकर्षक गन्तब्य स्तल हुन।
मकवानपुर
यो जिल्लामा धेरै ऐतिहासिक, पुरातातत्वीक, धार्मिक र पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण स्थानहरु रहेका छन् । जिल्लाको समथर तराई क्षेत्रमा रहेको पर्सा वन्यजन्तु आरक्ष, भित्री मधेशमा पर्ने चितवन राष्ट्रिय निकुञ्ज र उच्च पहाडी क्षेत्रमा अवस्थित दामन–सिमभञ्ज्याङ्ग क्षेत्र महत्वपूर्ण पर्यटकिय क्षेत्रहरुमा पर्दछन्। त्यस्तै जिल्लामा ऐतिहासिक र धार्मिक महत्वका सम्पदाहरु धेरै रहेका छन् । जिल्लामा विद्यमान ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रहरु
अशोककालिन चैत्य मकवानपुर गढी, चिसापानी गढी, भिमसेन , वटुकभैरव मन्दिर, मनकामना मन्दिर, चुरियामाई मन्दीरतथा त्रिभुवन राजपथको सुरुग,
काठमाडौं
यो प्रदेशको केन्द्रीय राजधानी रहेको जिल्ला हो काठमाडौँ । यहाँ पर्यटकीय तथा धार्मिक स्थलहरु धेरै रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय ठाउँहरुमा पशुपतिनाथ मन्दिर, कीर्तिपुर रहेका मन्दिरहरु, स्वयम्भु, नारायण थान, स्यम्भु नाथ, बौद्ध नाथ, जामे मस्जिद आदि ।
ललितपुर
ललितपुर पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण जिल्लाको रुपमा रहेको छ । भौगोलिक तथा जैविक विविधता, सांस्कृतिक र कलामा धनी यो जिल्ला अन्तर्रा्ष्ट्रियस्तरमा समेत पर्यटकीय स्थलको रुपमा परिचित छ । गोदावरीको फुलचोकी, देवीचौरको सुन्तोलीडाँडा र देउराली, भट्टेडाँडाको सातकन्या, बुखेलको बिमिरे, महाभारतीय रेञ्जको रमिते र गुफाडाँडा, इकुडोलको माझखण्ड, चन्दनपुरको ससिपाभञ्ज्याङ, नल्लुडाँडा, डुकुछापको कटवालदह र लामाटारको लाँकुरीभञ्ज्याङ आदि पर्यटकीय ठाउँ हुन् ।
भक्तपुर
पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण जिल्लाको रुपमा रहेको छ भक्तपुर । यस जिल्लामा भक्तपुर दरबार क्षेत्र, नगरकोट, चाँगुनारायण मन्दिर, सूर्य्विनायक मन्दिर, ठिमी भक्तपुर दरवार क्षेत्रको पानोरोमिक दृष्य पर्यटकीय क्षेत्र हुन । यसका अलवा भुपतिन्द्र मल्लको सालिक, सुनको ढोका, ठूलो घण्टा, च्यासिङ देगल, न्यातापोल मन्दिर, पचपन्नझ्याले दरवार, च्यासिङ देगल, भैरवनाथ मन्दिर पनि पर्यटकीय क्षेत्र हुन् ।
धादिङ
उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्लामा पर्यटकीय क्षेत्रको रुपमा सिद्धलेक, गुप्तेश्वरीगुफा,गंगा जमुना,त्रिपूरा सुन्दरी मन्दिर, मण्डली माई खर्के डाँडा, मण्डली माई, ज्वालामुखी, चमेरे गुफा, यस लगायत रहेका छन् । यस बाहेक धादिङ जिल्लामा खड्का देवी मन्दिर मैदी, तातोपानी मूल झार्लाङ,रुबि भ्याली,कालो दाहा सेलो दाहा,भैरवी मन्दिर सुनौलाबजार, खाल्टेको बाहुन बाजा, सलाङको मगर नाच पर्यटकलाई लोभ्याउने कला संस्कृतिले भरि पूर्ण छ ।
नुवाकोट
नुवाकोट जिल्लामा पर्यटकीय क्षेत्रको रुपमा नुवाकोट दरबार प्रमुख हो । यस बाहेक यहाँ बाट विभिन्न हिमालहरुको दृश्यहरुको अवलोकन गर्न सकिन्छ । यस जिल्लामा तादी र त्रिशुली नदीको संगम देविघाट र नुवाकोट ७ तले दरवार जस्ता ऐतिहासिक महत्त्वका ठाउँहरू समावेश छन्। प्रशिद्ध धार्मिक क्षेत्र गोसाईकुण्ड र मनोरम पर्यटकीय हिमाली भेग लाङटाङ क्षेत्र जाने प्रमुख पर्यटकीय मार्ग रहेको नुवाकोट जिल्ला मल्लकालीन समयमा पश्चिम नेपालको मूल ढोका, नेपाल भोट (तिब्बत) वाणिज्य व्यापारको परम्परागत मुलद्धार पनि रहेको थियो ।
रसुवा
यो जिल्लामा चिनीयाँ पर्यटकहरुको प्रमुख आगमन हुने गर्दछ । यहाँ बाट चिन सँग नाका जोडिएकाले यस क्षेत्रको महत्व झनै बढेको छ । तामाङ जाति र वौद्ध धर्मको प्रधानता रहेको यस जिल्लामा धार्मिक स्थलको हकमा धेरैजसो स्थानहरूमा गुम्वाहरू निर्माण गरिएको पाइन्छ। गोसाँइकुण्ड कालिका माइको मन्दिर उत्तरगया आदि यहाँका प्रशिद्ध तिर्थस्थलहरू हुन। जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित हिमाली श्रृङ्खला आन्तरिक तथा वाह्य पर्यटनको दृष्टिकोणले निकै महत्वपूर्ण स्थान मानिन्छ। गोसाँइकुण्ड क्यान्जिन भ्याली सूर्य कुण्ड पार्वतिकुण्ड तातोपानी घोडातवेला लाङटाङ चन्दनवारी धुन्चे स्याप्रु आदि मुख्य पर्यटकीय क्षेत्रहरू हुन्। केही महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको परिचयत ल उल्लेख गरिएको छ।
काभ्रे
काभ्रे जिल्लाको पर्यटकीय रुपमा गगनचुम्बी हिमालहरूमध्ये मनास्लू, लमजुङ्ग, गणेश हिमाल, गौरीशंकर हिमाल, लामटाङ, रोल्वालिङ, महालंगूर र कुम्भकर्ण हिमालयहरू देखिन्छन् । यसका अतिरिक्त अग्ला चुचुरा चढ्ने पर्वतारोहीहरूले मात्र साधारणतया देख्न पाउने हिमनदी धुलिखेलको देवीस्थान डाँडाबाट सजिलै देख्न पाउने भएकोले पनि यो ठाउँ आकर्षणको केन्द्रबिन्दू बन्दै गएको छ । उपत्यकाको पूर्वमा रहेको नेवार बस्ती भएता पनि काठमाडौं र पाटनका नेवारहरूको भन्दा यहाँका नेवारहरूको संस्कृति र रीतिरिवाज धेरै अर्थमा बेग्लै र आफ्नै ढंगको छ ।
सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्ला प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले राष्ट्रको उत्कृष्ट जिल्लाहरुको दांजोमा आउँदछ । यस जिल्लाको प्रमुख प्राकृतिक सम्पदाहरुमा जलस्रोत, जङ्गल, र हिमाली टाकुराहरु हुन् । भोटेकोशी, सुनकोशी, ईन्द्रावति, ब्रम्हायणि र मेलम्ची जस्ता प्रमुख नदी हरु तथा पांचपोखरी, भैरवकुण्ड र सुर्यकुण्ड नामक तीन प्रसिद्ध कुण्ड र संधैभरी तातोपानि आईरहने तातोपानी धारा, बञ्जीजम्प स्थल ,हेलम्बु तथा जिल्लाको उत्तरी भागमा १,१५,००० हेक्टर क्षेत्रफल ओगटेको लाम्टाङ बन्यजन्तु आरक्ष, उत्तरी भागमा ६,५३५ मिटर उचाईको जुगल हिमाल र अन्य हिमाल पर्यटकीय क्षेत्रका रुपमा रहेका छन् । छन् भने ईन्द्रावति नदीको फांट, जलबिरे खोलाको फांट र सुनकोशी नदीको वरीपरी जस्ता सुबिख्यात पर्यटकिय स्थलहरु हुन ।
दोलखा
दोलखा नेपालको पर्यटकिय नगरि मध्येकै एक पर्यटकिय नगरि हो करिब ३९ सय मिटर उचाईमा रहेको कालिञ्चोक भगवति माईको मन्दिर, दोलखा भिमसेनको मन्दिर
शैलुङ्गेश्वर महादेव,
टसी गुम्बा,
देउलाङ्गेश्वर महादेव,
रोलवालिङ्ग उपत्यका, च्छोरोल्पा हिमताल
, जिरी उपत्यका,
जटापोखरी तथा गौरिशंकर हिमाल यस क्षेत्रको पर्यटकीय स्थल हुन् ।
रामेछाप
पर्यटन रामेछापका लागि राम्रो अवसर हो । तर, साधन र श्रोतको उचित परिचालन हुन नसक्दा पर्यटन रामेछापका लागि परिचित हुन सकेको छैन । विश्वको सर्वोच्च शिखर सगरमाथा प्रवेश रामेछाप क्रस गरेपछि मात्र हुन्छ । लिखु, सुनकोसी, खिम्ती, तामाकोसीजस्ता नदीहरूमा ¥याफ्टिङ्ग सञ्चालन, ६९५८ मिटर अग्लो नुम्बुर हिमश्रृङ्खला, ३१०६ मिटर अग्लो तामेजस्ता क्षेत्र, पाँचपोखरी, जटापोखरी जस्ता क्षेत्र पर्यटकीय स्थलहरु हुन् ।
सिन्धुली
पर्यटकीय दृष्टिकोणबाट अत्यन्त सुन्दर सिन्धुली जिल्लाको धार्मिक एवम् ऐतिहासिक महत्व पनि उच्च छ । कुशेश्वर महादेव, सिद्धबाबा, कालिकामाई तथा कमलामाई यहाँका मुख्य मन्दिर हुन् । नगरपालिका हुँदै बग्ने कमला नदी देशभर प्रसिद्ध छ । नगरपालिकास्थित रानीचुरी डाँडो जिल्लाकै ऐतिहासिक पर्यटकीय स्थल हो
प्रदेस नम्बर ३ को आर्थिक सम्भाव्यता
मुलुक सङ्घीयतामा प्रवेश गरेपछि प्रदेशहरूको आर्थिक स्रोतमा सबलता र स्वावलम्बनका विषय उठ्न लागेका छन् ।तुलनात्मक रूपमा प्रदेश ३ अन्य प्रदेशभन्दा स्रोत र साधनमा बलियो देखिएको छ । जलस्रोत, उद्योग, कृषि, पशुपालन तथा धार्मिक पर्यटन प्रदेश ३ का प्रमुख आधार स्रोत मानिएको छ । केन्द्रीय राजधानी पनि प्रदेश ३ मा परेकाले यस प्रदेशलाई थप सहजता थपिएको छ ।
मानव विकास प्रतिवेदन २०१४ अनुसार मुलुकको कुल गार्हस्थ उत्पादनमा प्रदेश ३ को ३२ प्रतिशत योगदान रहेको छ ।कृषि तथा पशुमा चितवनको योगदान नेपालमा सबैभन्दा बढी छ ।पशुमा चितवनसँगै काभे्रको उल्लेखनीय योगदान रहेको छ । प्रदेश ३ मा पशुपालनमा योगदान २६ प्रतिशत रहेको छ । देशको करिब दुई तिहाई उद्योग प्रदेश ३ मा रहेका छन् । रामेछाप र दोलखा जलविद्युतका लागि प्रचुर सम्भावना रहेका जिल्लाहरू छन् । नेपालको सबैभन्दा बढी आर्थिक सम्भाव्यता रहेको प्रदेशको रूपमा ३ नम्बर प्रदेशलाई चिनिएको छ ।
आर्थिक सम्भाव्यता
जलविद्युत, कृषि, उद्योग र धार्मिक पर्यटनमा विकास तथा सुधार गर्न सकेको अवस्थामा प्रदेश ३ ले अर्थ व्यवस्थामा परिवर्तन ल्याउने सम्भावना छ ।
जलविद्युत
जलविद्युतका ठूलाठूला आयोजनाहरू प्रदेश ३ मा निर्माण भइरहेका छन् । माथिल्लो तामाकोशी ४५६ मेघावाट दोलखामा, रसुवामा १११ मेघावाट क्षमताको रसुवागढी आयोजना निर्माणधीन छन् ।
धार्मिक पर्यटन
विश्व सम्पदा सूचीमा सूचीकृत धरोहरहरूको सङ्ख्या प्रदेश ३ मा बढी छन् । पशुपतिनाथ, चाँगुनारायण मन्दिर, भक्तपुर दरबार क्षेत्र, स्वयम्भुनाथ स्तूप, पाटन दरबार क्षेत्र र हनुमान ढोका दरबार क्षेत्र यस प्रदेशमा पर्छन् ।
आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि प्रदेश ३ गन्तव्य बनेको छ ।
कृषि र पशुपालन को राजधानी
चितवनलाई पशुपालन र कृषिका लागि सबैभन्दा अनुकूल जिल्लाका रूपमा चिनिएको छ । गतवर्ष तथ्याङ्क विभागले गरेको सर्वेक्षणमा चितवन कुखुरा र अण्डा उत्पादनमा पहिलो नम्बरमा आएको थियो । ६४ जिल्लामा गरिएको सर्वेक्षणमा चितवनमा व्यावसायिक रूपमा ८१ करोड १९ लाख अण्डा उत्पादन भएको थियो । कुखुराजन्य कुल कारोबार भएको ३४ अर्बमध्ये करिब २१ अर्बको कारोवार चितवनमा मात्रै भएको थियो । कुखुरापालनका लागि चितवन उत्कृष्ट जिल्लाका रूपमा चिनिएको छ । चितवन र काभ्रेले देशमा पशुपालनको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका छन् ।
उद्योगहरूमा अग्रस्थान
विगतमा सरकारी निर्णयबाट सुरु गरिएका औद्योगिक क्षेत्रहरूमा सबैभन्दा बढी प्रदेश ३ मा परेका छन् । २०१९ मा बालाजु औद्योगिक क्षेत्र सुरु गरिएको थियो । बालाजुमा १०८ वटा उद्योगहरू सञ्चालनमा छन् । पाटन, हेटौँडा र भक्तपुर औद्योगिक क्षेत्र पनि प्रदेश ३ मा परेका छन् ।
सरकारको औद्योगिक क्षेत्र विस्तार गर्ने नीतिअन्तर्गत चितवन र हेटौँडामा थप औद्योगिक क्षेत्र खुल्दैछन् । चितवनको शक्तिखोर र मकवानपुरको मयूरधापमा नयाँ औद्योगिक क्षेत्र विस्तार हुँदैछन् ।
प्रदेश ३ को भूभाग तराईदेखि हिमालसम्म जोडिएको छ । औद्योगिक नगरीको रूपमा विकास गर्न सकिने स्थानहरू पनि भएकाले प्रदेश ३ सम्भावनाको क्षेत्र रहेको छ ।
रामेछापमा फलाम खानीको सम्भावना रहेको बताइएको छ । राणाकालमा ठोसेमा उत्पादन भएको फलाम खानीका कारण जङ्गल नासिएको भन्दै उत्खनन बन्द गरिएको थियो । चुनढुङ्गाका लागि पनि प्रदेश ३ उपयुक्त प्रदेशका रूपमा चिनिएको छ । सिंधुपाल्चोक र दोलखा को सिमाना मा रहेको म्याग्नेसाइट खरीढुंगाको प्रसोधन गरि स्लेट भाडाकुडा टायल तथा मार्बल उत्पादन गरि आयात कम गर्न सकिन्छ ।
विभिन्न बस्तुका लागि प्रसिद्ध ठाउँ
- जुनार : रामेछाप र सिन्धुली
- सुन्तला: धादिङ र चितवन
- लप्सी : दोलखा
- आलु: सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक
- किवि: काभ्रेपलाञ्चोक र मकवानपुर
- केरा: चितवन
- जुजु धौ: भक्तपुर