मुग्लानी खबर-भदौ ३०
नेपाली चेलीहरुको महान पर्व हरितालिका तीज पर्वको सुभ अवसर पारेर गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतारमा स्थापित करिब ७७ संघ संस्थाहरुको संयुक्त आयोजनामा भब्यरुपमा तीज कार्यक्रम सम्पन्न भएको छ ।
नेपालबाट आमन्त्रित चर्चित कलाकार शिलु भट्टराईको साथमा कतारका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति सहित तीज कार्यक्रम सम्पन्न भएको हो ।
हिजो शुक्रबारको दिन दोहा स्थित गल्फ प्याराडाईज होटलको सभाहलमा सस्थाका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा र नेपाली दूतावास कतारका राजदुत रमेस प्रसाद कोइरालाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा कतारमा स्थापित संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्दिजिबि, पत्रकार लगायतका अतिथि रहेका थिए ।
उपस्थित ब्यक्तित्वहरु तथा अतिथि हरुबाट ब्यानर उट्घाटन सहित दिप प्रज्वनल गर्दै सुरुभएको औपचारिक कार्यक्रममा मन्तव्य दिने हरुमा सम्पुर्ण आयोजक सस्थाको तर्फबाट नेपाली महिला समाजकि दिर्तिय उपाध्यक्ष जानुका बस्नेत,प्रदेस समन्य समितीका महासचिव टिएन बराल,एनआरएनए कतारका सल्लाहकार गुरु नारायण रानाभाट,एनआर एनए icc मानार्थ सदस्य नरेन्द्र भाट लगायतले परदेशमा गएका चेलीहरुलाइ माइत गएको अनुभव हुने साथै वैदेशिक रोजगारीमा आउदा भोगेका पिडा जति भएपनी बर्ष दिनमा आउने महिला हरुको महान पर्व तीजले पिडालाइ भुलाउन सहयोग पुग्ने भन्दै कार्यक्रम सफलताको सुभकामना दिए ।
त्यस्तै प्रमुख अतिथी कोइरालाले तीज पर्व कुनै धर्मको मात्रै भनेर मान्नुभन्दा पनि यो सम्पुर्ण नेपाली महिला हरुको हकहितको निम्ति बुलन्द पार्ने चाड हो,जहाँ जुनसुकै देशमा रहेपनी बर्षमा एकचोटि आउने तीज पर्वले महिला हरुलाई भेटघाट सङै मेलमिलाप बढाउने भन्दै परदेश आएर पनि यसरी सयुक्त रुपमा विभिन्न संघसस्था मिलेर चाड पर्व मनाउदा आफुलाइ नि खुशी तुल्याको बताए । साथै कतारमा कुनै नेपालीलाई समस्या परि दूतावास लाई खबर गरेको खन्डमा आफू हरबखत हाजिर हुने भन्दै कार्यक्रम सफलताको सुभकामना दिए ।
प्रवासमा रहेता पनि नेपाली महिला दिदिबहिनीहरुले मौलिक सस्कार झल्काउने रातो साडी हरियो चुरा पोते मेहेन्दिमा झल्किदा नेपालको कुनै तीज कार्यक्रम मा पुगेको महसुस हुन्थ्यो भने कुनै तीज गीत बज्दा खुशी हुँदै छमछमी नाचीरहेका भेटिन्थे ।
त्यस्तैगरी सस्थाले उपस्थिति सबैलाई दरमा सेल रोटी खिर अचारका परिकारहरु खुवाएको थियो ।
तेस्तै साङितिक कार्यक्रममा सल्मा तामाङ,सबिना लोप्चन,मन्जु श्रेष्ठ,पुजा लामाको ग्रुपिङ नृत्य तिजको रहर आयो बरिलै बोल्को गीत,त्येस्तै रित कुमार श्रेष्ठ,निनल गुरुङ,जिना पुलामी मगर,जेनिफल कुइकेल,जनम मगर,गीता भुजेल,बिन्दा लिम्बू लगायतका स्थानिय कलाकार हरुले तीजको गीत,लोकदोहोरो गीत,रोधी गीत लगायतमा ग्रुपिङ नृत्य र गायनले उपस्थिति सम्पुर्ण दर्सकलाई नाच्न बाध्य बनाउदै कार्यक्रमलाई आकर्षक तुल्याए ।
समाजको निमन्त्रणा नेपाल देखि आएकि राष्ट्रिय कलाकार सिलु भट्टराईले करिपन १ दर्जन गित प्रस्तुत गरेर दर्शक श्रोतालाई छम छम नाच्न बाध्य तुलाइन । सबै महिला दर्सक हरु स्टेजमा नाचीरहेका देखिन्थे भने पुरुषहरु पनि स्टेजको नजिक तल खाली ठाउमा नाचेर भरपुर मनोरञ्जन लिएका देखिन्थे ।
उक्त साङितिक कार्यक्रमको सहजीकरण भने
आसा मगरले गरेकी थिइन ।
कार्यक्रमको अन्त्यमा सभापति नवीन पोखरेलले कार्यक्रमको दौराहनमा बिभिन्न समयमा आर्थिक भौतिक नैतिक रुपमा सहयोग गर्ने आयोजक सम्पूर्ण संघ संस्था तथा दाताहरुलाई बिशेष धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरे ।
उक्त औपचारिक कार्यक्रमको सहजीकरण महासचिव बुधबल गुरुङ र स्वागत मन्तब्य महिला बिभाग संयोजक सरिता गुरुङले राखेकि थिइन ।
कार्यक्रममा आयोजक संघ सस्थाहरु
१. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद,कतार
२. प्रबासी नेपाली मन्च,कतार – सहयोगी संस्था
३. जन सम्पर्क समिति कतार– सहयोगी संस्था
४. जनप्रगतिशील मन्च,कतार – सहयोगी संस्था
५. तराई मधेश प्रवासी मंच कतार - सहयोगी संस्था
६. नेपाली संघिय समाज कतार – सहयोगी संस्था
७. अन्तर्राष्ट्रिय नेपाली समाज, कतार (नयाँ शक्ति) – सहयोगी संस्था
८. बिबेकशिल साझा,कतार – सहयोगी संस्था
९. नेपाल प्रवासी आदिवासी जनजाति महासंघ,
१०. नेपाली महिला समाज, दोहा-कतार
११. खस क्षेत्री सेवा समाज,कतार
१२. दलित एकता सञ्जाल,राष्ट्रिय समन्वय समिति,कतार
१३. अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज ,कतार
१४. नेपाली मुस्लिम समाज कतार
प्रदेश नं १ अन्तर्गतका संस्थाहरु
१५. खोटाङ्ग सेवा समाज, कतार
१६. मोरङ्गसुनसरी सेवा समाज, कतार
१७. ओखलढुंगा सेवा समाज, कतार
१८. पाथीभरा सेवा समाज ताप्लेजुङ ,कतार
१९. झापाली समाज, कतार
२०. धनकुटा प्रवासी सेवा समाज, कतार
२१. उदयपुर प्रवासी सेवा समाज, कतार
२२. सुनसरी श्रृजनशिल परिवार, कतार
२३. पाँचथर सेवा समाज ,कतार
२४. भोजपुर सेवा समाज, कतार
२५. इलाम सेवा समाज, कतार
२६. तेह्रथुम सेवा समाज, कतार
२७. संखुवासभा समाज, कतार
२८. लालभित्ती युवा समुह दोहा, कतार
२९. धराने आउट अफ धरान, कतार
३०. बेलबारी सरोकार समाज कतार
प्रदेश नं २ अन्तर्गतका संस्था
३१. सिराहा सेवा समिति, कतार
३२. सर्लाही प्रबासी सेबा समाज दोहा कतार
प्रदेश नं ३ अन्तर्गतका संस्थाहरु
३३. चितवन युवा समूह, कतार
३४. काभ्रेपलाञ्चोक सेवा समाज, कतार
३५. मकवानपुर मिलन केन्द्र ,कतार
गण्डकी प्रदेश अन्तर्गतका संस्थाहरु
३६. म्याग्दी प्रवासी नपाली संघ –(मोना कतार)
३७. गोरखा सेवा समाज, कतार
३८. पर्वत युवा सेवा समाज, कतार
३९. तनहुँ सेवा समाज, कतार
४०. लमजुङ सेवा समाज, कतार
४१. स्याङ्जा सहयोग समाज, कतार
४२. बागलुङ सेवा समाज, कतार
प्रदेश नं ५ अन्तर्गतका संस्थाहरु
४३. गुल्मी सेवा समाज, कतार
४४. अर्घाखाँची सेवा समाज, कतार
४५. पाल्पाली सेवा समाज, कतार
४६. समाज सेवा अभियान रुपन्देही,कतार
४७. दाङ देउखुरी सेवासमाज कतार
४८. बुद्धभुमि कपिलवस्तु सेवासमाज कतार
४९. प्यूठान सेवा समाज कतार
५०. रोल्पा जलजला सेवा समाज दोहा कतार
५१. बाँके प्रवासी सेवा समाज कतार
५२. बराहक्षेत्र संरक्षण समिति बडाचौर रोल्पा,कतार
कर्णाली प्रदेश र प्रसेश नं. ७ अन्तर्गतका संस्थाहरु
५३. सुदुर पश्चिमेली नेपाली समाज, कतार
-----------------------------------------------------------------
५४. नेपाल प्रवासी तामाङ समाज कतार
५५. तमू (गुरुङ ) समाज कतार, महिला बिभाग
५६. नेपाल मगर संघ , शाखा कतार
५७. किराँत राई यायोक्खा शाखा दोहा,कतार
५८. नेपाली धानुक समाज कतार
५९. प्रवासी भुजेल समाज कतार
६०. थारु कलयाणकारिणि सभा कतार च्यापटर
६१. नेवा पुच कतार
६२. किराँत याक्थुङ चुम्लुङ कतार
६३. माझी सेवा समाज कतार
६४. प्रवासी कटुवाल सेवा समाज कतार
६५. राष्ट्रीय लोकदोहोरी गित प्रतिष्ठान शाखा कतार
६६. मितेरी समाज शाखा कतार
६७. “सन्ध्याग्रुप अल्खोर कतार "
६८. हिमालयन युवा समाज कतार
६९. नेपाल तामाङ कलाकार संघ, दोहा-कतार
७०. कपिलवस्तु मुस्लिम सेवा समाज,कतार
७१. अन्तर्राष्ट्रिय मैथिली कला संस्कृति समाज,कतार
७२. परियार मित्रता समाज,कतार
७३. बिश्वकर्मा समाज कतार
७४. ठकुरी सहयोग सञ्जाल कतार
७५. एभरेष्ट नेपाल युवा संघ,कतार
७६. दशनामी समाज कतार
७७. अमर ज्योती युवा समूह,कतार