मुग्लानी खबर- २५ भदौ दाङ देउखुरी सेवा समाज दोहा कतारले जिल्लामा गरिब तथा जेहेन्दार विद्यार्थी को लागि छात्रवृत्ति कोष स्थापनार्थ गरिएको तिज बिशेष कार्यक्रम सफलताका साथ भब्य रुपमा गत शुक्रबार सनैया स्थित डल्ला ड्राईभिङ स्कुलको सभाहलमा सम्पन्न भएको छ। दाङ देउखुरी सेवा समाज कतार अध्यक्ष वसन्त राज पुरीको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथी भने गैर आवाशिय नेपाली संघ अन्तरास्ट्रिय परिषदका तथा गल्फ सम्योजक आर के शर्मा रहेका थिए भने वरिष्ठ सल्लाहकारहरुमा एन आर एन ए( एन सी सी) का मानार्थ सदस्य कमल मणि गुरागाई,गणेश प्रसाद बन्जाडे,महिला सम्योजक उषा परियार,सास्कृतिक बिभाग सम्योजक केशब बुढा मगर,सह सचिब मनिषा क्षेत्री रहेका थिए।बिभिन्न संघ सस्थाको प्रतिनिधित्व गरेर आउने वरिष्ठ ब्यक्तित्व सल्लाहकार बिशेष अतिथिहरु अतिथिहरु कलाकार पत्रकार दङाली तथा गैर दङ्गाली दाजुभाई तथा दिदिबहिनिहरुको बाक्लो उपस्थिती रहेको थियो। दुई चरणमा सम्पन्न भएको उक्त कार्यक्रम दिप प्रज्वलन तथा राष्ट्रिय गान बाट शुरु भएको हो भने स्वागत मन्तब्य द्वारा समाजका प्रथम उपाध्यक्ष होम बहादुर बस्नेतले उपस्थित सम्पुर्ण लाई स्वागत गरेका थिए। गल्फ संयोजक आर के शर्मा,प्रवासी नेपाली एकता मंचका अध्यक्ष चानक पोख्रेल, लोकदोहोरी प्रतिष्ठान शाखा कतारका अध्यक्ष कृष्ण बराल लगायतले शुभकामना समाजको उत्तरोत्तर प्रगती र कार्यक्रम सब्य तथा भब्य सफलताक शुभकामना मन्तब्य राखेका थिए। औपचारिक कार्यक्रमको सन्चालन समाजका महासचिव लिलाधर आचार्यले गरेका थिए। बिशेष गरि सास्कृतिक मनोरञ्जनात्मक तिज बिशेष कार्यक्रम भएकोले स्थानिय कलाकार तथा नेपालबाट आमन्त्रीत पछिल्लो समयमा मार्सी धान र रुपै मोहोनीबाट चर्चा कमाउन सफल सुरिलो स्वरकी धनी गायिका द्वय कामना ओली र अमृता लामिछानेको साङेतिक धमाका रहेको थियो।स्थानीय कलाकारहरुमा साजना स्वर्णकार, आरधना क्षेत्री,सुदिप पाठक,शान्ता थपलिया, सुदिप पुन,प्रशान्त परियार,भरत केसी, शरद पाण्डे, शिव सर्गम, रामबाबु बोहोरा,सन्तोष गिरी, स्याम भुसाल,शुरेश चन्द घायल लगाएत १ दर्जन भन्दा बढी कलाकारहरुले विभिन्न साङेतिक कोसेलीहरु गीत ,नृत्य तथा हास्यब्यङ्य प्रसुतितिले उपस्थित दर्शक श्रोताहरुलाई भरपुर मनोरञ्जन दिएका थिए।समाजको महिला विभाग अन्तरगतका कलाकाहरु रक्षा सेन, रेखा डागी, रसिला सिंह, सम्झना गुरुङले सामुहिक नृत्य प्रस्तुति दिएका थिए। दाङ देउखुरी सेवा समाजको निमन्त्रणामा नेपालबाट आमन्त्रित कलाकार चर्चित गायिका द्वय कामना वली र अमृता लामिछाने आफ्नै एल्बमका दर्जनौ गीतबाट बडो उत्साहप्रद दोहाबासी दिदिबहिनिहरु तथा दाजुभाईहरुलाई नचाईन।रातो सारी,छड्के तिलहरी मेहेन्दिमा सजिएकी दिसिबहिनी हरु मख्ख परेर नाचेको देख्दा वास्तविक तिज विशेष कार्यक्रमले महत्व बोकेको महसुस भएको थियो। त्यसै गरि दर ग्रहणमा खिर ,सेलरोटी अचार लगाएतका परिकारबाट सबैलाई भोजन गराईएको थियो।सबै कुरा सिस्टेमेटिक रहेको थियो कार्यक्रम का सम्योजक तथा समाजका द्वितीय उपाध्यक्ष छबिलाल बुढाथोकीले कुनै कुराको कमि भएको महसुस गर्न दिएनन। विभिन्न संघ सस्था,बुद्धिजीवी व्यापारी लगाएत आर्थिक सहयोग गर्ने मनकारी ब्यक्ती तथा सस्थालाई धेरै धन्यबाद ब्यक्त गरिएको थियो।सास्कृतिक कार्यक्रमको सन्चालन कुशलताका साथ सास्कृतिक विभागका सह संयोजक राजन चापागाई र समाजकी महिला विभागकी सचिब मन्जु सिंह कुशलता का साथ निर्बाह गरेका थिए। अन्त्यमा सभापति वसन्त राज पुरीले कार्यक्रम लाई सहयोग गर्ने विभिन्न संघसस्था,सहयोगी ब्याक्तित्व लगायत सम्पुर्णमा धन्यवाद ब्याक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।