मुग्लानी खबर-भाद्र २४
सन्ध्या ग्रुप अल्खोर कतार उपसस्था तथा साहित्य्क बिभाग मुग्लानी सौगातको नियमित हुँदै आएको ६२औ बाचन शृङ्खला गत शुक्रबार सन्ध्या ग्रुपको सभाहलमा सम्पन्न भएको छ।
सन्ध्या ग्रुप अल्खोर कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुङ्बा को सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथी अने सास कतार च्यापटरका प्रथम उपाध्यक्ष प्रेम प्रसाद भट्टराई रहेका थिए भने बिशेष अतिथिहरुमा सन्ध्या फिलिम्स एन्ड मिडिया प्रालिका चेयर मेन थर्च लामा,सन्ध्या ग्रुप अलखोर कतारका सस्थापक अध्यक्ष तथा फिल्म निर्देशक सुरज तामाङ, ट्राग्स युथ ग्रुपका प्रमुख सल्लाहकार सुर्य गुरुङ,नबोदित साहित्य वाचनालय कतारका द्वितीय उपाध्यक्ष चक्र कार्की,नेपाली प्रबासी मन्च अलखोर कतारका अध्यक्ष खेमराज सुवेदी लगाएत अतिथीहरुमा आर एम खबरका प्रतिनिधि अर्जुन पौडेल ,बेलवारी सेवा समाज कतारका अध्यक्ष रोशन तामाङ,लगाएत बिभिन्न संघ सस्थाका प्रतिनिधीहरु साथै साहित्यप्रेमी मित्रहरुको बाक्लो उपस्थिति रहेको थियो।
दीप प्रज्वलन तथा राष्ट्रिय गीतबाट शुरु भएको कार्यक्रममा थुप्रै साहित्यप्रेमी मित्रहरुका गीत गजल,मुक्तक,कबिता तथा हास्य व्यंग्य चुट्किलाबाट हल तातिएको थियो।त्यसै गरि आफू उपस्थिति हुन नसके पनि झापा कमल गाउपालिका बाट बिजय अधिकारीले "मच्छड र विद्यार्थी "शीर्षक को कबिता,बिराटनगर मोरङ बाट नानी भारद्वाजले कर सम्बन्धिको र्याप कबिता त्यसैगरी साउदी अरेबिया बाट सिनामे राजेश रेगिस्तानले बलात्कारी सम्बन्धी पठाईएको गजल गणेश क्षेत्रीद्वारा बाचन गरिएका थिए।
नयाँ तथा पुराना सर्जक तथा श्रस्टाहरुको उल्लेख्य रचनाहरु रहेका थिए जसमा सन्जिब खाती,राजु खड्का,राजु रुजाल,खेमराज सुवेदी,चक्र कार्की,सन्तोष कुवर,प्रेम प्रसाद भट्टराई ,थर्च लामा,गणेश क्षेत्री,नव आगन्तुक साहित्यप्रेमी राम आचार्यका रचनाहरु बाचन गरिएका थिए।त्यसै गरि सस्थाका प्रतिनिधिहरुले मन्तब्य तथा शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथी प्रेम प्रसाद भट्टराईले प्रकाश बन्जारा" बिहानी" ले दुबईबाट पठाएको गजल बाचन गरेका थिए भने त्यसै गरि आफ्ना केही मिठा गजल तथा रचनाहरु लय बद्ध रुपमा बाचन गरेर मन्त्रमुग्ध बनाए।
कारर्यक्रमका अन्त्यमा सभापति बिरेन्द्र कुमार याक्थुन्बाले कार्यक्रम अत्यन्तै सौहार्द्धपुर्ण बाताबरण मा सम्पन्न हुनुका साथै उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै ६२ औ डबली कार्यक्रमको समापन गरेका थिए।कार्यक्रमको सन्चालन प्रेम घिसिङ तामाङले गरेका थिए।