मुग्लानी खबर- भदौ १६
३१ अगष्ट २०१८ का दिन सलिसाम केन्द्रिय समिती कतारका कार्यवाहक अध्यक्ष रेखा राइको प्रमुख आतिथ्य, महासचिव डम्बर लिबाङ, केन्द्रिय सदस्यहरु सुजन पराहाङ,मोहन योहाङ, बिमला मादेन को बिशेष आतिथ्यमा छत्र बहादुर कुरुम्भङ को अध्यक्षतामा १५ सदस्यीय क्षेत्रीय समिती गठन भएको हो।
कुरुम्भङ को अध्यक्षतामा नव गठित क्षेत्रीय समितिमा उपाध्यक्ष सन्च कुमार चेम्जोङ, सचिब दिपेन कुरुम्भङ, सहसचिव सरोज मगर, अर्थसचिब नवराज मगर,सहअर्थसचिब नगिन्द्र कुमार धामी, सदस्यहरु क्रमशः नवीन याख्खा ,संगम लिम्बू,जगत माझी,महेश कुमार दुनुवार, राजेन्द्र याख्खा,जितेन कुमार दुनुवार,युगेन चेम्जोङ , फागुराज चेम्जोङ र सुमन तुम्सा रहेका छन।
कार्यक्रममा केन्द्रीय सदस्य पराहाङले सिङ्गो सङठनको तर्फबाट बधाई तथा शुभकामना मन्तब्य राखेका थिए भने; लिम्बुवान ईतिहास, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ,लिम्बुवान मञ्च नेपाल र सलिसाम कतार को उद्देश्य साथै वर्तमान देशको राजनितिक अवस्था प्रती प्रवासी युवाहरुको भुमिका बारे महासचिव लिबाङले प्रकाश पारेका थिए। यसैगरि संघीय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्ष नेपाल अन्तर्गत पहिचानको आधारमा १० प्रान्त , एक विशेष प्रान्त र विशेष स्वायत्त क्षेत्रहरुको व्यवस्था संबिधानमा उल्लेख भएपछी मात्र देशमा शान्ती, स्थिरता र उन्नती हासिल हुने भएकोले उक्त महान लक्ष प्राप्तीका लागि मञ्च को निति, निर्णय, विधान र गोपनियता प्रती इमान्दार रहदै र कतारको निति, नियमलाई समेत सम्मान गर्दै देशमा पहिचान, समान अधिकारका लागि देश विदेशका युवाहरु निरन्तर अघि बढिर रहनु पर्ने बताउदै प्रमुख अतिथी राइले नव गठित समितिलाई संगठानिक सपथग्रहण गराएकी थियिन ।